Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
विदुर कटुवाल
विदुर कटुवाल मंगलबार, जेठ २०, २०८२

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ४ मा रहेको नमुना त्रिवेणी माध्यमिक विद्यालय (१–१२) कृषिमा विद्यार्थीलाई आत्मनिर्भर बनाउने अभियानमा छ । त्यही अभियानअन्तर्गत अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई व्यावसायिक सामूहिक तरकारी खेतीमा आबद्ध गराएको छ ।

विद्यालयको प्राविधिकधारतर्फ बालीविज्ञान अध्ययन गरी एसइई दिएर बसेका विद्यार्थीलाई व्यावसायिक तरकारी खेतीमा लगाएर आत्मनिर्भर बनाउने काममा छ । उक्त विद्यालयमा बालीविज्ञान अध्ययन गरी जम्मा ४० जना विद्यार्थीले एसइई दिएका थिए। तिनै विद्यार्थीलाई विद्यालयको झन्डै २५ कट्ठा जग्गामा व्यावसायिक तरकारी खेतीमा जोडिएको छ । 

विद्यालयका प्रधानध्यापक बालकृष्ण कार्कीले बालीविज्ञान विषय अध्ययन गरी एसइईको रिजल्टको प्रतीक्षमा बसेको विद्यार्थीलाई कृषि ज्ञान केन्द्र उदयपुर र विद्यालयको सहयोगमा व्यावसायिक तरकारी खेतीमा लगाइएको बताए । उनले भने, ‘दुई तरिका प्रयोग गरेर विद्यार्थीलाई व्यावसायिक तरकारी खेतीमा लगाइएका छौँ । जसमा कृषि ज्ञान केन्द्रको बिउ, मल सहयोग लिएर १५ कट्ठामा र विद्यालयको बिउपुँजी सहयोगमा १० कट्ठामा तरकारी खेतीमा लगाइएको छ ।’

उनका अनुसार ज्ञान केन्द्रको सहयोगमा गरिएको १५ कट्ठाको तरकारी खेतीबाट विद्यार्थीले आम्दानी बाँडेर लिनेछन् भने विद्यालयको बिउपुँजी सहयोगमा गरिएको १० कट्ठाको तरकारी खेतीबाट सय प्रतिशतमा ३० प्रतिशत प्रशिक्षक शिक्षकले र ७० प्रतिशत विद्यार्थीले पाउनेछन् । एसइई दिएर बसेका ४० जनासँगै तरकारी खेतीमा सघाउने अहिले प्राविधिक धारतर्फका बालीविज्ञान विषयका कक्षा ९–१२ मा अध्यनरत विद्यार्थी पनि सहयोगी बनेका छन् । 

उनी भन्छन्, ‘०७० सालदेखि हामीले विद्यार्थीलाई विद्यालयले बिउपुँजी सहयोग गरेर ५० प्रतिशत दिएर खेतीमा लगाउँदा विद्यार्थीले धेरथोर आफ्नाे लागि खर्च निकाल्ने र व्यावसायिक खेती सिक्ने अवसर पाएका देख्यौँ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहाल उर्फ बादलले विद्यार्थीलाई भोलिका दिनमा आत्मनिर्भर बन्न स्वरोजगार हुने अवसर दिँदै आएको बताए । उनले भने, ‘यस्ता कार्यक्रमले बालीविज्ञानमा सिकेका ज्ञानको पुनर्ताजकी गर्न र व्यावसायिक तरकारी खेतीमा सिकेका प्राविधिक ज्ञान प्रयोग गर्न अवसर मिल्ने रहेछ ।’

विद्यालयले यसभन्दा अघि च्याउखेती र फूलखेती गरेको थियो । त्यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि यसपटक कृषि ज्ञान केन्द्रको सहयोग तरकारी खेती गरिएको दाहालको भनाइ छ । यसपटक विद्यार्थीले विद्यालयको हाताभित्र रहेको जग्गामा भिन्डी, काँक्रा, बोडी, तितेकरेला, लौकालगायतका तरकारी फलाएका छन् । 

प्राविधिक धारका सहायक प्रशिक्षक दीपेश थापा भन्छन्, ‘भर्खर उत्पादन हुन लागेको छ । बजारको भन्दा केही सस्तो बेच्ने लक्ष्य लिएका छौँ । विद्यार्थीको मिहिनेत राम्रो छ ।’ यसपालि अलि ठुलो परिमाणमा तरकारी उत्पादन भएकाले कटारी, दुधौली र घुर्मीलगायतका बजारसम्म पुग्ने बताइएको छ ।


एसइई दिएर घरमै बसेका विद्यार्थी नवदीप राईले उक्त तरकारी खेतीले पढेको कुरा व्यवहारमा सिक्न पाएकाले खुसी भएको बताए । उनले भने, ‘मेरो क्षेत्र कृषि हो । जागिर पनि कृषिमै खानुपर्छ पाउँदा । नत्र तरकारी खेती गरेर पनि जीवन चलाउन सकिने सिप सिकेको छु।’ 

विद्यालयका अनुसार विद्यार्थीले २५ कठ्ठा तरकारी खेतीमा समूह बनाएर सामूहिक रूपमा काम गर्ने गरेका छन् । विद्यालय प्रशासनका अनुसार विद्यालयमा ०७० सालदेखि प्राविधिकधारतर्फ बालीविज्ञान पढाइ हुन थालेको हो । 

हाल ४० जना एसइई दिएर बसेका छन् भने कक्षा ९– मा ४८ जना, १० मा ४८ जना, ११ मा १९ र कक्षा १२ मा २७ जना विद्यार्थी अध्ययनरत छन् । उक्त सामुदायिक विद्यालयमा जम्मा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । साभार नयाँ पत्रिकाबाट

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्