काठमाडाैं । प्रतिनिधिसभाको बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ ।
‘विशेष कारण’ले निर्धारित समयमा आज बैठक बस्न नसकेकाले भोलि दिउँसो १ बजेलाई तोकिएको संसद् सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीको आ–आफ्नो अडानबिच प्रमुख सचेतकहरूको बैठक विनानिष्कर्ष सकिएपछि आज प्रतिनिधिसभा बैठक बस्न नसकेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०८२ १७:१२