काठमाडौं । योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) को नेतृत्व चयनमा सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने भएको छ ।
युवा सङ्गठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाईसीएल अध्यक्ष सुबोध शेर्पालीले सहमतिबाट नै नेतृत्व छनोट गर्ने प्रयास असफल भएपछि सहमतिका लागि नेताहरू दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका थिए ।
तर खुमलटारमा बैठकमा समेत सहमति नभएको संयोजक तथा पार्टी उपमहासचिव बस्नेतले जानकारी दिए । उनका अनुसार बिहीबार निर्वाचन प्रक्रियामा जाने बताए । अध्यक्षका लागि केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, नवराज ऐर लगायत रहेका छन् । अहिले बन्द सत्र सुरु भएको पुष्प ओलीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०८२ १७:२३