Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ २९, २०८२

काठमाडौं । यतिबेला सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)आफैँभित्रको विवादले किचिन थालेको छ । विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतासँगै एमालेभित्र विवादको अवस्था निर्माण भएको छ ।

पार्टी नेताकै हैसियतमा भएको चीन भ्रमण र त्यसयता भण्डारीले पूर्वी नेपालका जिल्लाहरू झापा र मोरङमा कार्यक्रम गरेकी छिन् । कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनको उद्घाटनको नाममा झापा पुगेर नेताहरूसँग भेटघाट गरेकी भण्डारीले मोरङमा पनि केही दिन भेटघाट कार्यक्रम गरिन् ।

पार्टीको आधिकारिक निर्णयभन्दा बाहिर भण्डारी सक्रिय भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली निकै असन्तुष्ट बनेका हुन् । उनले पार्टीको एक कार्यक्रमलाई सम्बोधनका क्रममा भण्डारीलाई लक्षित गर्दै ‘पार्टी बिगार्ने दुष्प्रयास सह्य नहुने’ चेतावनी दिएका थिए । “अर्को खेल हुन खोज्या छ यहाँ । अब फलाना आउने अरे यहाँ, फलाना आउने रे”, गत आइतबार अनेरास्ववियुको महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले भनेका थिए, “पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष ।”

उनले महाधिवेशन मिति घोषणा भई नसक्दै कतिपय नसुहाउँदो तयारी लागेको भन्दै विरोध जनाएका छन् । “महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन, अनि यो बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने, यस्ता दुष्प्रयासलाई तपाईँहरू सोझै जवाफ दिनुस्”, ओलीले भनेका छन् ।

तर, ओलीका निम्ति विडम्बना नै मान्नुपर्छ, उनी निकटस्थ मानिने नेताहरू नै भण्डारीको पक्षमा खुल्दै गएका छन् । भण्डारी शनिवार झापा पुग्दा त्यहाँ एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं, पार्टी उपाध्यक्ष शिव ढुंगेलललगायतले भण्डारीलाई स्वागत गर्न पुगेका थिए । जहाँ आगामी नेतृत्वको रूपमा भण्डारीलाई देख्न चाहेको कुरा नेताहरूले सुनाएका थिए ।

यता, विराटनगरबाट झापा जाने क्रममा पनि भण्डारीसँग एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राई, सचिव राजकुमार भण्डारी र सहसचिव देवान राईसँगै थिए ।

उठ्यो उमेर हद र कार्यकालको एजेन्डा

सतहमा भण्डारी सक्रिय हुँदै गर्दा एमालेमा ७० वर्षे उमेर हद र कार्यकालको एजेन्डा उठेको छ । जसमा केही नेताहरूले खुलारुपमा आफ्नो धारणा राखेका छन् ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा हालै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमार्फत उमेर हद र कार्यकालको विषय स्पष्ट पार्नुपर्ने बताएका थिए । उनले पार्टीभित्र शुद्धीकरणका निम्ति पनि उमेर हद आवश्यक रहेको बताएका थिए ।

“विगत महाधिवेशनले नेतृत्वका सन्दर्भमा दुई वटा कुरा तय गरेको छ। पहिलो, ७० वर्ष उमेर सीमा। दोस्रो, कार्यकारी पदमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नपाउने, कार्यकालबिच अन्तराल हुनुपर्ने प्रावधान”, उनले भनेका छन्, “यी कुराहरू लामै छलफल गरेर तय गरेको विषय थियो, त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म चाहिँ ।”

उनको यो प्रस्ताव ओली आक्रोशित छन् । उनी निकटस्थसँगै उनी आफूले पनि यसबारे सार्वजनिक मञ्चबाटै अभिव्यक्ति दिएका छन् ।

“७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर”, आफू विरुद्ध लक्षित गरी आएका अभिव्यक्तिमा ओलीले भनेका छन्, “स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुई पटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो । सि जिङ पिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगाउनुभएको, अहिले ७२ पुगिसक्नु भयो, सि जिङ पिङ ।”

हुन पनि, यदि ७० वर्ष उमेर सीमा र दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान कायम भएमा ओली अध्यक्ष र प्रधानमन्त्रीका दोहोरिन पाउँदैनन् ।

२०७८ मंसिरमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा पनि ओलीकै निम्ति पार्टी विधान–२०४९, लाई संशोधन गरिएको थियो । ‘महाधिवेशन हुँदा ७० वर्ष ननाघेको’ भन्ने व्याख्या गरेर ओली अध्यक्षमा दोहोरिएका थिए । ११ फागुन २०७८ मा ओली ७० वर्ष पूरा हुने भएकाले मंसिरमै महाधिवेशन गरिएको थियो । तर, ७० वर्षे उमेर सीमाकै कारण अन्य नेताहरूले भने बिदा लिएका थिए ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी २०–२२ भदौमा तोकिएको छ । यदि विधान महाधिवेशनबाट उमेर हदको व्यवस्था कायमै राख्ने निर्णय भयो भने ओलीले पार्टी नेतृत्व छोड्नुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्