Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा 
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा  त्रिवि सिनेट बैठक स्थगितप्रति कांग्रेसकाे गम्भिर आपत्ति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार २२, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले असन्तुष्टि जनाएको छ।

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद विषय नभएको नेता नैनसिंह महरले बताएको हो।

"१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ। यस वेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोक्किनु स्वभनीय विषय होइन" कांग्रेस केन्द्रीय समिति बैठक बाहिर केन्द्रीय कार्यालय परिसरमा  नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार समेत रहेका नेता महरले भनेका छन्।

विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनु पर्ने उनको धारणा छ। यसले नेपालको शिक्षाप्रति सरकार उदाशिन रहेको सन्देश जान सक्ने नेता महरले औंल्याए। 

"विद्यालय शिक्षा ऐन लामो समयदेखि वहसमा छ। १५ असारभित्रै शिक्षा ऐन ल्याउने सरकारको प्रतिवद्धता पूरा भएको छैन। सरकार र संसदले कानुन बनाउने काममा खासै सफता हात पार्न सकेको छैन। यसले जनतामा सरकारप्रतिको विश्वास थप खस्किने र निराशा बढ्ने छ," महरले भने।

त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त ९० हजार विद्यार्थीको सूची (ग्रेस लिस्ट) पारित गर्न डाकिएको बैठक कुलपतिकै निर्देशनपछि रोकिनु राम्रो नभएको उनको धारणा छ।

"प्रधानमन्त्रीले सुधारको बाटो जानु आवश्यक छ। प्राज्ञिक थलोलाई सोही अनुसार अगाडि बढाउनुपर्छ। परीक्षा, भर्नालगायतका सम्पूर्ण गतिविधि पनि वार्षिक क्यालेन्डर अनुसार नै अगाडि बढाइनुपर्छ," उनले भने।

त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ। प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार)मा हुनुपर्ने बैठक आइतबारका लागि तय भए पनि फेरी प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएको हो।

त्रिविले योजना परिषद्, कार्यकारी परिषद्बाट बजेट पारित गर्दै सभामा पेस गर्ने तयार गरेको थियो। सभाबाट पारित भएपछि मात्र बजेट लागू हुन्छ। सभामा सहभागी हुन उपत्यकाबाहिरका प्राध्यापक सदस्यसमेत काठमाडौं आइसकेका थिए।

प्रधानमन्त्री ओली भने त्रिविको सिनेट बैठक स्थगित गरेर आइतबार पुल उद्घाटन गर्न हुम्ला जाने भएका छन्। यसले त्रिविका सबै कार्यक्रम प्रभावित हुने देखिएको छ।
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १४:२६
##nainshingmahar #nepalicongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ शुक्रबार, मंसिर २७, २०८२
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली शुक्रबार, मंसिर २७, २०८२
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? मंगलबार, मंसिर २४, २०८२
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका बुधबार, मंसिर १८, २०८२
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु सोमबार, मंसिर १६, २०८२
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक
एमाले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्बजनिक आइतबार, मंसिर १५, २०८२
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण
अध्यक्ष यादवले दिए जनकपुरमा कार्यकर्तालाई प्रशिक्षण शनिबार, मंसिर १४, २०८२
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं"
नेकपा संयोजक 'प्रचण्ड'ले भने, "उमेरको हिसाबले उत्तरार्धमा छिरिसके पनि कुनै जेनजीभन्दा कम छैनौं" बिहीबार, मंसिर १२, २०८२
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?"
कांग्रेस नेता गुरुराज घिमिरेले भने, "जीवनभर सत्ताको चास्नीमा डुब्ने ?" बुधबार, मंसिर ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्