Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार २५, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा फर्किने घोषणाले एमालेभित्र मात्रै होइन, संसद्को ठुलो दल कांग्रेसमा पनि हलचल मच्चिएको छ । भण्डारीलाई रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एउटै मोर्चामा उभिएका छन् ।

भण्डारीले डेढ साताअघि पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमाले अध्यक्ष ओलीसहित संस्थापन पक्षका नेताहरू असन्तुष्ट देखिएका छन् । यही वेला एमाले नेताहरूकै जस्तै असन्तुष्टि कांग्रेस सभापति देउवाले पनि प्रकट गरेका छन् । भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन नहुने देउवाको मत छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको ओलीसँगको भेटवार्तामा देउवाले भण्डारीको सक्रियताप्रति असन्तुष्टि व्यक्त गरेका हुन । पूर्वराष्ट्रपतिले पुन: सक्रिय राजनीतिमा फर्किनु लोकतान्त्रिक गणतन्त्र र वर्तमान राजनीतिक प्रणालीका लागि हितकर नहुने देउवाको भनाइ थियो ।

निकट विश्वासपात्र नेताहरू उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई साथमा राखेर देउवाले पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले एमालेको आन्तरिक राजनीति र देशकै राजनीतिक प्रणालीमाथि पार्ने नकारात्मक प्रभावबारे ओलीको धारणा बुझ्ने प्रयास गरेका हुन् । विश्वासपात्र नेताहरू महासचिव शंकर पोखरेल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई साथमै राखेर छलफल गरेका ओलीले देउवाको मतमा सहमति जनाएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार ओलीले पार्टीभित्र संस्थागत निर्णय गरेरै भण्डारीको सक्रियतालाई लगाम लगाउन सकिने संकेत गरेका छन् । भण्डारीको घोषणालाई ‘निजी इच्छा’को रूपमा लिँदै ओलीले पार्टीभित्र औपचारिक छलफल हुन बाँकी रहेको बताएका थिए ।

छलफलमा सहभागी कांग्रेस एक नेताका अनुसार उनीहरूबिच कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय, प्रधानमन्त्रीको स्पेन भ्रमण र प्राकृतिक विपत्तिले रसुवालगायत देशभर पुर्‍याएको क्षतिसहितका मुख्य तीन विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटलगत्तै, सभापति देउवाले कांग्रेस बैठकले गरेको निर्णयको सार सुनाएका थिए ।

उनले पार्टीभित्र सरकारको काम प्रभावकारी हुन नसकेको विषय उठे पनि अहिलेको गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहने निर्णय भएको जानकारी गराएका थिए । उनले बाहिर जेजस्ता हल्ला चलाइए पनि आफू सातबुँदे सहमतिअनुसार बनेको गठबन्धनप्रति प्रतिबद्ध रहेको पनि बताएका थिए ।

कांग्रेसका ती नेताका अनुसार भेटमा देउवाले भनेका थिए, ‘विद्याजी फर्किएर एमालेभित्र दुई गुट बन्दा, फुट्दा वा कमजोर हुँदा प्रतिस्पर्धी भएकाले कांग्रेसलाई फाइदा त होला । तर, देशलाई फाइदा गर्दैन । नेपाली सेनाको परमसेनाधिपति भइसकेको व्यक्तिको व्यक्तित्व त इन्स्टिच्युसनल मेमोरी हुन्छ । राजनीतिभन्दा माथि देशको संरक्षक भएकैले राष्ट्रपतिको सम्पूर्ण सुरक्षाका लागि सेना खटाइएको हुन्छ । त्यस्तो इन्स्टिच्युसनल मेमोरी त कहिल्यै डिलिट हुँदैन । भोलि रामवरणजी या अहिलेका राष्ट्रपति रामचन्द्रजीले पनि रिटायर्ड भएपछि त्यस्तै इच्छा गरे के गर्ने ?’ 

सभापति देउवाले पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा लोकतान्त्रिक गणतन्त्रको अहिलेको राजनीतिक प्रणाली नै संकटमा पर्न सक्ने खतरा औँल्याउँदै ओलीको ध्यानाकर्षणसमेत गराए । ‘पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा अहिलेको राजनीतिक प्रणालीप्रति अविश्वास पैदा हुन्छ, व्यवस्था कमजोर हुन्छ । त्यसकारण हामीले राजनीतिक प्रणालीलाई कमजोर हुन दिनु हुँदैन,’ देउवाको भनाइ थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले पनि देउवाको भनाइमा सहमति जनाएको स्रोत बताउँछ । पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किने निर्णय व्यक्तिगत इच्छाको मात्र विषय भएकाले एमालेले संस्थागत निर्णय गरेर धारणा बनाउने ओलीले बताएका थिए । 

‘उहाँको निजी इच्छामाथि प्रश्न उठाइहाल्न मिलेन । राष्ट्रपति भइसकेको व्यक्तित्वको व्यक्तिगत निर्णयमाथि टिप्पणी गर्दै हिँड्ने कुरा पनि भएन । त्यसबारे पार्टीमा कुनै छलफल भएको पनि छैन, धारणा बनेको पनि छैन । पूर्वराष्ट्रपति राजनीतिमा मुछिनु भनेको अहिलेका राष्ट्रपति पनि मुछिनु हो,’ ओलीको भनाइ थियो, ‘तपाईंको जस्तै हाम्रो पनि प्रश्न हो, प्रणालीमाथि प्रश्न उठ्नुहुँदैन भन्ने एमालेको पनि चिन्ता हो । त्यसैले जसरी तपाईंहरूले सोच्नुभयो, त्यसैगरी, हामी(एमाले) पनि प्रणालीप्रतिको विश्वास र रक्षाको पक्षमा सोच्नेछौँ ।’ ओलीले आफ्नो स्पेन भ्रमणको उपलब्धिबारे पनि ब्रिफिङ गरेका थिए ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि भण्डारीको कमब्याकप्रति असहमति राखेका थिए । कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वउपसभापति विमलेन्द्र निधि, डा. गोविन्दराज पोखरेललगायतले भण्डारीको पुनरागमन प्रणालीकै लागि खतरा हुन सक्ने र कम्युनिस्टहरू फेरि मिल्न सक्नेप्रति नोटिस गर्नुपर्ने धारणा राखेका थिए । गत १४ असारमा मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको कमब्याकको विरोधमा देउवा र ओलीको एउटै धारणा बन्नुमा दुवैको स्वार्थ मिलेको हुन सक्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । देउवाले प्रधानमन्त्री बन्ने सहमति अलपत्र पर्न सक्ने र ०७४ मा जस्तै कम्युनिस्ट मिल्न सक्ने भयले विरोध प्रकट गरको र ओलीले पनि आफू विस्थापित हुन सक्ने भयकै कारण दुवैले एकैठाउँबाट विरोधको सन्देश दिएको हुन सक्ने राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए । उक्त समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०७:४८
##kpoli #bidhyabhandari #bidyabhandari
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ असनको गल्लीदेखि अमेरिकासम्म: साहित्य र कला सिर्जनाको अविरल यात्रामा हृदय तुलाधर
  • नंः ५ नामी साप्ताहिक
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्