Top Navigation
Main Navigation
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला 
केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटाे खुला  एमाले पोलिटब्युरो बैठक आज
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन २, २०८२

काठमाडौं । नेकपा एमालेको विधानबाट ७० वर्षको उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सर्त हटाउने निर्णय पार्टीको केन्द्रीय सचिवालय बैठकले गरेको छ । 

यससँगै केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने मार्ग खुला भएको छ । बुधवार पार्टी मुख्यालय च्यासलमा करिब १० घण्टासम्म चलेको सचिवालय बैठकले यो सहमति जुटाएको हो । सचिवालयले पार्टी पदाधिकारीको संख्या १५ जनामा सीमित गर्ने सहमति पनि गरेको छ ।

त्यस्तै, अब सचिवालय संरचना हटाएर पदाधिकारीहरूलाई नै स्थायी कमिटीको रूपमा व्यवस्थित गर्ने प्रस्ताव अघि सारिएको छ । केन्द्रीय कमिटीको संरचना पनि परिवर्तन गर्दै २५१ सदस्यीय बनाउने प्रस्ताव पेश भएको छ ।

विधान संशोधन कार्यदलका संयोजक उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्ताव संशोधनसहित पारित भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । अब सचिवालय बैठकबाट अघि बढाइएको यो मसौदा शुक्रबार बस्ने पोलिट्ब्युरो बैठकमा प्रस्तुत गरिनेछ । त्यसपछि केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरी भदौमा तय गरिएको विधान महाधिवेशनमा पेस गरिनेछ ।

पार्टी विधानमा रहेको उमेर सीमा र कार्यकाल सिमाका विषयमा यसअघि तीव्र मतभेद देखिएको थियो । तर पछिल्लो सहमतिले पार्टी नेतृत्वमा निरन्तरता दिन चाहनेहरूलाई सहज भएको छ ।

एमाले पोलिटब्युरो बैठक आज

नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा पार्टी विधान संशोधन सम्बन्धी प्रस्तावमाथि गहन छलफल हुने एमाले सचिव योगेश भट्टराईले बताए ।

यसअघि बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले विधानमा उल्लेखित ७० वर्षे उमेर सीमा र कार्यकारी पदमा दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अघि सारेको थियो ।
विधान संशोधनको प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले पेस गरेका थिए। प्रारम्भिक प्रस्तावमा पदाधिकारी संख्या ११ रहेको भए पनि छलफलको क्रममा संख्या बढाएर १५ जनामा सीमित गर्ने सहमति जुटेको भट्टराईले बताए ।

साथै, केन्द्रीय संरचना र पदाधिकारी व्यवस्थापनमा परिवर्तन गर्नेसम्बन्धी प्रस्तावहरू पनि पोलिटब्युरोमा प्रस्तुत गरिने बताइएको छ । पोलिटब्युरोबाट पारित भएपछिको चरणमा संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरेर भदौमा तय गरिएको विधान महाधिवेशनमा अनुमोदनको लागि लगिनेछ। एमालको केन्द्रीय कमिटी बैठक ५ गते बस्दैछ। 

 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्