Top Navigation
Main Navigation
बिहीबार, माघ ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, माघ ९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना
अर्थमन्त्री पौडेलद्वारा अडानले वित्तीय अनुशासन र आर्थिक विकासमा गरेकाे कार्यपद्धती र भूमिकाको सराहना नेपाल अडिटर्स एशोसिएशन (अडान) मनायो २०औं स्थापना दिवस
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन २२, २०८२

काठमाडौ । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले २०औं स्थापना दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

देशभर “अडान डे” सप्ताहव्यापी रूपमा मनाइँदै, राज्यको आर्थिक क्षेत्रमा देखा परेका समस्या र चुनौतीहरू तथा लेखाव्यवसायीले सामना गर्नुपरेका मुद्दाहरूमा केन्द्रित गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग तथा सहकार्य लगायतका कार्यक्रमहरू गरेर २०औं स्थापना दिवस सम्पन्न गरेको हो ।

सोही अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजित मुख्य कार्यक्रममा पहिलो सत्रमा दुईवटा कार्यपत्र प्रस्तुत गरिँदै सेसन सञ्चालन गरिएको थियो ।

दोस्रो सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता, महालेखापरीक्षक माननीय तोयम रायाूको विशिष्ट आतिथ्यता, साथै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष निल बहादुर सारुमगर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसादढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मलहोत्रा, अडानका निवर्तमान अध्यक्ष केदारनाथ पौडेल, अडानका पूर्वअध्यक्ष मोहनराज रेग्मी, अडानका संस्थापक अध्यक्ष कमल खरेल, एक्यानका अध्यक्ष अरुण राउत, नेपाल लेखामान बोर्डका अध्यक्ष सुनिरकुमार ढुङ्गेल, लेखापरीक्षणमान बोर्डका अध्यक्ष जग्गनाथ उपाध्याय निरौला, पूर्वनायव महालेखापरीक्षक रामबाबु नेपाललगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता तथा उपस्थिति रहेको थियो ।

1-1-1754555263.jpg

अडानका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षता र महासचिव तिलकबाहादुर अधिकारीबाट सञ्चालित यस कार्यक्रममा झण्डै ९ सयको संख्यामा रहेका लेखापरीक्षक, लेखा व्यवसायीहरु, कर्पोरेट लेखापाल र व्यावसायिक लेखापालहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा “नेपालको वित्तीय प्रतिवेदनमान तथा कर सम्बन्धी कानुनहरूले वित्तीय प्रतिवेदन प्रणालीमा पार्ने प्रभाव र त्यसको समाधानको बाटो” र “कर कानुन र सहकारी ऐनका परिवर्तनले लेखा प्रणालीमा पारेका प्रभाव र भावी चुनौतीहरू” शीर्षकमा दुईवटा सत्रहरू सञ्चालन गरिएका थिए ।

अडानका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो सेसनको अध्यक्षता नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष निलबहादुर सारुमगरले र दोस्रो सेसनको अध्यक्षता आन्तरिक राजस्व विभागका महानिर्देशक मदन
दाहालले गरेको थियो ।

कार्यक्रममा “नेपालको वित्तीय प्रतिवेदनमान तथा कर सम्बन्धी कानुनहरूले वित्तीय प्रतिवेदन प्रणालीमा पार्ने प्रभाव र त्यसको समाधानको बाटो” विषयमा सिए रोशन सापकोटा र “कर कानुन र सहकारी ऐनका परिवर्तनले लेखा प्रणालीमा पारेका प्रभाव र भावी चुनौतीहरू” विषयमा सिए प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेको थियो भने कार्यपत्रहरूमा नेपाल लेखामान बोर्डका अध्यक्ष सिए सुनिर कुमार ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य बाबुकाजी कार्की, पूर्व कार्यबाहक महालेखापरीक्षक बामदेव शर्मा अधिकारी, सिए प्रविण राज काफ्ले, एक्यानका अध्यक्ष सिए अरुण राउत, अडानका द्वितीय उपाध्यक्ष आरए पोषराज नेपाल, राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिए बद्रीकुमार गुरागाई, र नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य पर्शुराम दाहालले टिप्पणी गरेका थिए ।

२०औं अडान स्थापना दिवसको उद्घाटन सत्रमा अडानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले वित्तीय सुशासन र आर्थिक समृद्धिमा लेखापरीक्षकको योगदान तथा संस्थाले हालसम्म गरेका उपलब्धिहरूको उल्लेख गर्दै स्वागत मन्तव्य राखेका थिएका थिए।

त्यस्तै, शुभकामना मन्तव्यको क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय अनुशासन र आर्थिक विकासमा लेखापरीक्षकको जिम्मेवारी र दायित्वको सन्दर्भमा अडानले खेलेको भूमिका सदैव सराहनीय रहँदै आएको भन्दै उनले ज्ञान, सीप र क्षमताको सदुपयोगमार्फत राज्यको उत्पादन, उत्पादकत्व वृद्धि र आर्थिक विकासमा थप योगदान दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

2-1754555392.jpg

महालेखापरीक्षक तोयम रायाले दस्तावेज र प्रमाणमा आधारित बृहत लेखापरीक्षण र आईटी तथा वातावरण आधारित अडिटको आवश्यकता रहेको धारणा राख्दै अडानको सफलताको शुभकामना दिए ।

आइक्यान अध्यक्ष निल बहादुर सारुमगरले अडानले मेची-महाकालीसम्म लेखापरीक्षणमा पुर्‍याएको योगदान र अडान आइक्यान सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन, लेखा पारदर्शिता र वित्तीय जवाफदेहितामा अडानको योगदान उल्लेखनीय रहेको उल्लेख गरेका थिए।

नेपाल उद्योग परिसंघ अध्यक्ष विरेन्द्र राज पाण्डेले निर्यात प्रवद्र्धन र आयात घटाउने आवश्यकतालाई जोड दिँदै निजी क्षेत्रलाई आत्मविश्वास दिलाउने वातावरण आवश्यक रहेको बताएका थिए भने नेपाल चेम्बर अफ कमर्स वरिष्ठ उपाध्यक्ष दीपककुमार मलहोत्राले लेखापरीक्षणले उद्योगी व्यापारीका गतिविधिको मूल्यांकन मात्र नभई मानवीय कमजोरीलाई समयमै समाधान गर्न सहयोग पुर्‍याउने भएकाले अडानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए।

एक्यान अध्यक्ष अरुण राउतले अडान एक्यानबीच संस्थागत हकहितका लागि सशक्त समन्वय र सहकार्यको आवश्यकतामा जोड दिएका थिए भने अडानका निवर्तमान अध्यक्ष केदारनाथ पौडेलले यथार्थ लेखापरीक्षणमार्फत आर्थिक पारदर्शिता र सदस्य क्षमतावृद्धिमा अडानको निरन्तर प्रतिबद्धता रहेको उल्लेख गरेका थिए ।

यसै अवसरमा आइक्यानका नवनिर्वाचित अध्यक्ष निलबहादुर सारुमगर र उपाध्यक्ष आनन्दराज शर्मा वाग्लेलाई सफल कार्यकालको बधाई, सम्मान तथा शुभकामना प्रदान गरिएको थियो ।

त्यसैगरी, लेखापरीक्षकहरूको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याका पूर्वनायव महालेखापरीक्षक रामबाबु नेपाललाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा अडान उपत्यका प्रदेश कार्यसमितिद्वारा 'अडान डे' को अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको विजेता उपत्यका प्रदेश टिमलाई पदक प्रदान गरिएको थियो । साथै, अडान काठमाडौं जिल्ला कार्यसमितिद्वारा प्रकाशित “अडान अर्थमाला” पुस्तकको विमोचन समेत गरिएको थियो ।

यसैगरी, २०औं अडान दिवसको अवसरमा अडान उपत्यका प्रदेशले आयोजना गरेको रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । साथै, मुलुकभरका जिल्ला तथा प्रदेश कार्यसमितिहरूबाट सप्ताहव्यापी रूपमा अन्तक्र्रिया, सेमिनार र गोष्ठीका साथै सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृद्धाश्रममा खाना वितरण, फलफूल वितरण, वृक्षारोपण, दीप प्रज्वलन, असहायलाई नगद वितरण लगायतका कार्यक्रमहरू सम्पन्न गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा अडानका वरिष्ठ उपाध्यक्ष डा.डोलप्रसाद दाहालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुको साथै अडानको जन्मदिनको अवसरमा बिशष्ट अतिथि र संस्थाका अध्यक्ष लगायतले केक काटी खुशी साटासाट गर्दै अडानले २०औं स्थापना दिवस “अडान डे” सम्पन्न गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १४:०६
##audan #auditorsassociatinofnepal
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात
पूर्वीनाकाबाट सात अर्बको अलैँची निर्यात सोमबार, माघ ६, २०८२
आज विदेशी मुद्राकाे विनिमय दर कति ?
आज विदेशी मुद्राकाे विनिमय दर कति ? सोमबार, माघ ६, २०८२
आज अमेरिकी डलरको मूल्य उच्च 
आज अमेरिकी डलरको मूल्य उच्च  शनिबार, माघ ४, २०८२
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित बुधबार, माघ १, २०८२
किन बढ्दै छ सुनकाे मूल्य
किन बढ्दै छ सुनकाे मूल्य मंगलबार, पुस २९, २०८२
आज कुन मुद्राको विनिमयदर कति ताेकियाे  ?
आज कुन मुद्राको विनिमयदर कति ताेकियाे ? मंगलबार, पुस २९, २०८२
कुन विदेशी मुद्राकाे खरिब/बिक्रीदर आज कति ?
कुन विदेशी मुद्राकाे खरिब/बिक्रीदर आज कति ? आइतबार, पुस २७, २०८२
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले मंगलबार, पुस २२, २०८२
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ?
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ? मंगलबार, पुस २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः २ यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
  • नंः ३ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्