काठमाडौं । काठमाडौँमा बिहान साढे ८ बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो।
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदीको पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ ०८:५५