Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ १७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, पुस १९, २०८२

संसारको सृष्टि र संसारमा जन्मेका सम्पूर्ण प्राणीहरूको पालनपोषण र संसारको संहार यी तीनवटै कुराहरूको सूत्रपात तन्त्रका माध्यमबाट भयो र हुन्छ भन्ने सनातन हिन्दु धर्मको मान्यता रहेको पाइन्छ। यद्यपि यी मान्यताहरू प्रमाणित भने भइसकेका छैनन्। तर यी मान्यताहरूलाई प्रमाणित गर्ने आधारहरू भने प्रशस्त भेटिन्छन् ।

प्रकृति प्रदत्त कुराहरू र संसारका सम्पूर्ण प्राणीहरूलाई नभई नहुने साथमा मानव सभ्यताको विकासमा आवश्यकीय मानवीय अवयवहरूको पनि सूत्रपात तन्त्रकै माध्यमबाट भएको आधारहरू पनि हिन्दु शास्त्रहरू पल्टाउँदा धेरै भेटिन्छ।

त्यस्तै मानिसले एकअर्कालाई बोधगम्यता गर्दा अत्यावश्यक पर्ने भाषिक व्याकरण र मानिसलाई जीवनमा रस भर्न अत्यावश्यक पर्ने संगीत जस्ता अनेकौं मानवीय र सामाजिकआवश्यकताहरूको सूत्रपात पनि तन्त्रकै माध्यमबाट भएको आधारहरू पनि हामीले सनातन हिन्दू दर्शनको अध्ययन गर्दा धेरै भेट्टाउँछौं । 

तन्त्रले मानवहित विपरीत कुनै पनि कार्य गर्ने अधिकार कसैलाई पनि दिँदैन। हामीले वैदिक कालदेखि भएका र गरिएका घटनाक्रमहरुलाई हेर्ने हो भने तन्त्र सधैं मानवकल्याणमा नै सक्रिय भएको भेट्टाउँछौं। तन्त्रले सत्यको जितका लागि कसैलाई तोड्ने होइन सबैलाई जोड्ने शक्तिको नेतृत्व गरेकै कारण सत्ययुगदेखि नै यो सबैका लागि फलदायी भएर रहेको पाइन्छ ।

हिन्दू मान्यता अनुसार भगवान श्री कृष्णले सुदर्शन चक्रको तन्त्रका माध्यमबाट उत्पत्ति गराएर एउटा विशाल सभामा सिशुपालमाथि उनको दुर्वचनका कारण प्रहार गरिएको दृष्टान्तले माथिको पंक्तिलाई शतप्रतिशत पुष्टि गर्दछ। यस्तो उदाहरणहरू सनातन हिन्दू धर्मका ग्रन्थहरूमा प्रशस्तै भेटिन्छ।

देवादीदेव महादेवलाई पनि ब्रह्माण्डकै सबैभन्दा ठूलो तन्त्रज्ञ मानिन्छ । सनातन हिन्दू शास्त्रहरूमा देवादिदेव महादेवले राक्षसहरूलाई वध गर्ने क्रमहरूमा सदुपयोग गरिएका शक्तिहरू सबै तन्त्रकै माध्यमबाट सक्रिय भएको हो।

राक्षसहरूले लोकलाई धेरै दुःख र कष्ट दिएपछि तिनीहरूलाई महादेवले तन्त्र शक्तिको प्रयोग गरी  नष्ट गर्नुभएको थियो। तर आफ्नो भक्ति गर्ने बित्तिकै खुशी भएर वरदान दिने भोलेनाथ महादेवबाट केही राक्षसहरूले शक्तिहरू हातपारी दुरुपयोग गरे। 

जसले गर्दा लोकहितमा समर्पित गर्ने उद्देश्यका साथ पवित्र शक्तिबाट सूत्रपात भएको तन्त्र दुरुपयोग हुन थाल्यो। राक्षसहरुबाट सुरु भएको यो क्रमले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । जसको फलस्वरूप समाजमा मानव हित विपरीत विभिन्न नकारात्मक घटनाहरु घटिरहेको छ।

आज संसारभरि तन्त्र र तान्त्रिकहरु बदनाम हुनुको मूल कारण पनि यही हो।नकारात्मक कार्य गरेका कारण तन्त्र र तान्त्रिकहरू बदनाम भएपनि हामीले एउटा कुरा के बुझ्नैपर्छ भने जसरी एउटा कलमले एउटा राम्रो र सुन्दर कविता लेख्न सकिन्छ।

त्यसरी नै त्यही कलमले कसैको पनि आँखामा घोचेर घाइते बनाउन पनि सकिन्छ। मैले भन्न खोजेको कुरा के हो भने कलम आफैमा कुनै पनि खराब हुँदैन मूलभूत प्रश्न चाहिँ यसको प्रयोग कसरी गर्ने भन्ने हो।

त्यस्तै यदि हामीले तन्त्रको पनि सदुपयोग गरेर सकारात्मक कार्यमा यसको प्रयोग गरेमा त्यसले मानव कल्याण गरी सार्थक र सकारात्मक परिणाम दिन्छ भने दुरुपयोग गरेमा यसले  घाती र विध्वंसकारी भूमिका पनि निर्वाह गर्न सक्दछ।

शिव सत्य हुनुहुन्छ सुन्दर हुनुहुन्छ त्यसैले सत्यम शिवम  सुन्दरम भनिने गरिन्छ। यसको अर्थ शिव भनेकै सत्य हो। र सत्य भनेकै शिव हो। भन्ने बुझ्नु पर्छ। यस्तो ब्रह्माण्डकै सबैभन्दा ठूलो सत्य शक्तिले प्रादुरभाव गरेको पवित्र तन्त्रशक्तिको दुरुपयोग हुनु आज हामी संसारका सबै हिन्दूहरूका लागि ज्यादै नै दुःखको कुरो हो । तर पवित्र हिन्दू ग्रन्थहरूमा तन्त्रको दुरुपयोग गर्नेहरूको पतन पूर्ण रूपले हुने उल्लेख भएको पाइन्छ।

विगतमा हाम्रै समाजमा रहेका कतिपय तान्त्रिकहरूले आफ्नो अनुकूलतामा अस्वभाविक र नाजायज कार्यहरू तन्त्रशक्तिद्वारा निहित स्वार्थका लागि गरेका र पछि तिनीहरू पतन भएका दृष्टान्तहरू विशेषगरी भारत र नेपालमा प्रशस्तै भेटिन्छ।

तसर्थ महादेव जस्तो सत्यको संरक्षक द्वारा निर्मित तन्त्रशक्ति केही समय लागे पनि जसरी पनि सत्यकै पक्षमा रहन्छ भन्ने कुरा यसको दुरुपयोग गर्नेहरूले पछि भोग्नै पर्ने पीडाले साबित गर्दछ।त्यस्तै सनातन हिन्दू धर्मले एउटा मूलभूत कुराको ग्यारेन्टी के गरेको छ भने भगवानको अर्को रूप र नाम सत्य भएकोले उहाँको शरणमा परेका शरणार्थीहरूले तन्त्र विद्या नजाने पनि यदि उनीहरु सत्य पथमा छन् भने तिनका पक्षमा तन्त्रशक्ति आपसेआप र स्वतः सक्रिय हुन्छ ।

किनकि सनातन हिन्दू धर्म सधैं सत्यकै पक्षमा अडिक रहने भएकोले र वैदिक कालदेखि घटेका विविध घटनाक्रमहरूले सत्यकै जित गराउँदै आएकोले सत्य आफैमा एउटा ठूलो तन्त्र हो भन्ने मान्यतालाई हामी सबैले आत्मसाथ गर्नैपर्छ।

नामी साप्ताहिक
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १२:४४
##krishna #sudarshanchakra ##shreekrishna
प्रतिक्रिया दिनुहोस्
थप विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व शनिबार, साउन २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
  • नंः ५ महाविपत्तिमा एकता अपरिहार्य
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्