Top Navigation
Main Navigation
सोमबार, माघ ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, माघ ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भगिनी सम्बन्ध स्थापनाका लागि थप दुई नगरपालिकासँग समझदारी
भगिनी सम्बन्ध स्थापनाका लागि थप दुई नगरपालिकासँग समझदारी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन २७, २०७८

काठमाडौ । काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो।

समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेको हो। 

सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनानुसार यसअघि कामपाले कर्णालीको चन्दननाथ, वाग्मतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ।

मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरबीच भगिनी सम्बन्ध स्थापनाको गरिएको कामपा प्रमुख शाक्यको भनाइ छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानूनी व्यवस्थाबमोजिम सङ्घीय राजधानी काठमाडौँमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका विषयमा कामपाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको हो। 

कामपाले भगिनी सम्बन्ध स्थापनासँगै नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ उद्यान निर्माण गर्न १ करोड ५० लाख सहयोग गर्ने भएको छ।

त्यसैगरी अमरगढी नगरपालिकाको वडा नं २ र ५ मा अवस्थित अमरगढी उद्यान निर्माणका लागि १ करोड ५० लाख सहयोग गरेको छ भने कामपाले अन्तर्राष्ट्रियतर्फ चीन, जापान, अमेरिका, बेलायतलगायत पाँच देशका १६ शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १०:४०
##KathmanduMetropolitanCity
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै
आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै सोमबार, माघ ६, २०८२
चिसोले सुनसान छ खुम्बु क्षेत्र
चिसोले सुनसान छ खुम्बु क्षेत्र सोमबार, माघ ६, २०८२
गाई–भैँसी पालनबाट मासिक डेढ लाख आम्दानी
गाई–भैँसी पालनबाट मासिक डेढ लाख आम्दानी सोमबार, माघ ६, २०८२
मुस्ताङमा हिउँचितुवाको आतङ्क
मुस्ताङमा हिउँचितुवाको आतङ्क शनिबार, माघ ४, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना शनिबार, माघ ४, २०८२
कालीकोटमा नदीमा जिप खस्दा तीन जनाको मृत्यु
कालीकोटमा नदीमा जिप खस्दा तीन जनाको मृत्यु शनिबार, माघ ४, २०८२
उदयपुरमा आगलागीबाट ११ लाख ५७ हजार क्षति
उदयपुरमा आगलागीबाट ११ लाख ५७ हजार क्षति शुक्रबार, माघ ३, २०८२
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ? शुक्रबार, माघ ३, २०८२
आज कस्तो रहला देशभरकाे माैसम ?
आज कस्तो रहला देशभरकाे माैसम ? शुक्रबार, माघ ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः २ यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
  • नंः ३ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्