Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’ एक्स्पाेमा कुन कलाकारकाे प्रस्तुती कतिबेला ?
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, माघ २३, २०८२

उदयपुर । आर्थिक मन्दीको चपेटामा परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित ‘उदयपुर एक्स्पो-२०८२’ सुरु भएको छ। 

कृषि, पर्यटन, उद्योग, व्यापार र संस्कृतिको समन्वयमार्फत उदयपुरको सम्भावना उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको एक्स्पो माघ २३ गतेदेखि फागुन ८ गतेसम्म चल्ने हित ‘उदयपुर एक्स्पो-२०८२’ आज शुक्रबारदेखि सुरु भएको हो।

त्रियुगा नगरपालिका-३ स्थित त्रियुगा नदीकिनारको बसपार्कमा सञ्चालन हुने एक्स्पोको उद्घाटन  प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका छन्।

उनले उद्घाटन समारोहमा बोल्दै अहिलेको कमजोर अर्थतन्त्रलाई उकास्न यस्ता एक्स्पो तथा औद्योगिक महोत्सवहरू अपरिहार्य भएको बताएका छन्। ‘अहिले देश आर्थिक दबाबमा छ,’ मन्त्री पराजुलीले भने, ‘अर्थतन्त्रलाई गतिशील बनाउन संघ, प्रदेश र स्थानीय–तीनै तहका सरकारले औद्योगिक मेला, एक्स्पो र महोत्सवलाई प्राथमिकतामा राखेर सहकार्य गर्नुपर्छ। यस्ता कार्यक्रमले उत्पादन, रोजगारी र बजारलाई एकैचोटि चलायमान बनाउँछ।’ 

‘कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग, व्यापार: उदयपुरको पहिचान, समृद्धिको आधार’ भन्ने मूल नारासहित सुरु भएको एक्स्पोले स्थानीय उत्पादन र उद्यमशीलतालाई बजारसँग जोड्ने सेतुको काम गर्ने आयोजकको दाबी छ। जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा भएको एक्स्पोमा कृषि तथा घरेलु उत्पादन, हस्तकला, वनजन्य सामग्री, सेवा तथा व्यवसायिक स्टलहरू आकर्षणको केन्द्र बनेका छन्।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका सञ्चार समिति संयोजक सुखिलाल चौधरीका अनुसार एक्स्पो उदयपुरको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनलाई एउटै मञ्चमा ल्याउने साझा अभियान हो। ‘यो एक्स्पो केवल व्यापारको प्रदर्शनी मात्र होइन, उदयपुरको पहिचान र सम्भावनाको सार्वजनिक घोषणापत्र हो,’ उनले भने।

यस वर्षको एक्स्पोमा उदयपुरमै पहिलोपटक एसी अन्डरवाटर फिस टनेल र जलपरीको प्रत्यक्ष अवलोकन, मौलिक सांस्कृतिक झाँकी, परम्परागत नृत्य-संगीत र हस्तकलाको भव्य प्रदर्शनी हुने छ। साथै, बाल उद्यान, सोनामी भाइरल पिङ, ‘आई फिल टावर’, झुला र डुंगा सयरले महोत्सवलाई पारिवारिक मनोरञ्जन केन्द्रको रूपमा रूपान्तरण गर्ने आयोजकको भनाइ छ।

सांगीतिक कार्यक्रममा एलिना चौहान, प्रमोद खरेल, शिव परियार, ज्योति मगर, आस्था राउत, प्रताप दास, रचना रिमाल, राजनराज सिवाकोटी, टिका परसाई लगायत चर्चित राष्ट्रिय कलाकारहरूसँगै रसियन कलाकार समूह र संयुक्त मिथिला कलाकार नेपाल का प्रस्तुति रहनेछन्। 

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगतले सबै तयारी पूरा गरेर सुरु गरिएको जानकारी दिए। उनले भने, ‘उदयपुर एक्स्पो-२०८२ उद्यमी, कृषक र सर्जकका लागि अवसरको ढोका खोल्ने महोत्सव हो।’ आर्थिक गतिविधि, पर्यटकीय आकर्षण र सांस्कृतिक पहिचानलाई एउटै सूत्रमा बाँध्दै उदयपुर एक्स्पो-२०८२ ले उदयपुर मात्र होइन, समग्र प्रदेशकै समृद्धिको नयाँ आधार निर्माण गर्ने अपेक्षा गरिएको अध्यक्ष भगतको भनाइ छ। 
 

कुन कलाकारकाे प्रस्तुती कहिले ?

WhatsApp-Image-2026-02-05-at-8.26.32-AM-1770380354.jpeg

 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १८:०७
#udayapur#उदयपुर#विदुर कटुवाल#
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्