Top Navigation
Main Navigation
शनिबार, जेठ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, जेठ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  •  खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २९, २०८२

काठमाडौं । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि नेपाल आयल निगमले आफ्नै कार्यालयबाट ग्यास बिक्री सुरु गरेको छ । बजारमा सबै प्रकारका ग्यासको कमी देखिएपछि निगमले बुधबारदेखि टेकुस्थित कार्यालयबाट ग्यास उपलब्ध गराउन थालेको हो ।

डिलरबाट ग्यास नपाएका र अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी यो व्यवस्था गरिएको निगमले जनाएको छ । निगमको एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायले उपभोक्तालाई सहज बनाउन टेकु कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री सुरु गरिएको बताए । यसले टेकु र आसपास क्षेत्रका बासिन्दालाई केही राहत पुग्ने उनको भनाइ छ ।

सिधै कार्यालयबाट ग्यास वितरण सुरु भएपछि उपभोक्ताले लामो समय कुर्नुपर्ने र डिलर धाउनुपर्ने बाध्यता केही कम हुने अपेक्षा निगमको छ ।

तर उपभोक्ता अधिकारकर्मीले यस कदमले समस्या समाधान नहुने आरोप लगाएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले उपत्यकाको एक स्थानबाट मात्र ग्यास बिक्री गर्नु पर्याप्त समाधान नभएको दाबी गरे ।

व्यापारीका अनुसार सामान्य अवस्थामा दैनिक ९० बुलेट ग्यास आउने गरेकामा हाल औसतमा ७० बुलेटभन्दा कम मात्र आपूर्ति भइरहेको छ । तर आयल निगमले भने आपूर्ति सहज रहेको दाबी गर्दै आएको छ । महर्जनले एक तिहाइ आपूर्ति घट्नेबित्तिकै डिपोले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र कार्टेलिङ थालेको आरोप लगाए ।

साना ग्यास डिपोले नयाँ सिलिन्डरसहित ग्यास पाँच हजार दुई सय रुपैयाँसम्ममा बिक्री गर्न थालेका छन् । पुरानो सिलिन्डर साटेर ग्यास लिन खोज्दा भने पाइने अवस्था छैन ।

“प्रतिसिलिन्डर चार हजार दुई सय रुपैयाँ पर्ने ग्यासमा एक हजार रुपैयाँसम्म कालोबजारी भइरहेको छ, सरकार किन मौन ?” महर्जनले प्रश्न गरे ।

यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास आपूर्ति सहज बनाउन बजार अनुगमन तीव्र बनाएको जनाएको छ । विभागले उद्योग, ठूला आपूर्तिकर्ता र डिलर तहमा अनुगमन गर्दै आपूर्ति, भण्डारण र वितरणको अवस्था विश्लेषण गरिरहेको जनाएको छ ।

विभागका निर्देशक नरहरि तिवारीले ग्यास बोटलिङ उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गरी उत्पादन बढाउन निर्देशन दिइएको बताए । साथै, उपभोक्तालाई अनावश्यक सञ्चय नगरी आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा
नयाँ सरकारकाे २१ खर्ब बजेटमा ‘समृद्धि’को महत्त्वाकांक्षा शुक्रबार, जेठ १५, २०८३
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा
तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलनमा शनिबार, जेठ ९, २०८३
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
  • नंः २ कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
  • नंः ३ पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
  • नंः ४ उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
  • नंः ५ Fishing Cat Conservation Beyond Protected Areas
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्