काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ।
कम्पनीले कोषलाई आईसीआरएएनपी-आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो।
यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ। आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो।
२०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि सेवा सुरु गरेको थियो।
कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।
हाल कोषमा करिब ७ लाखभन्दा बढी सहभागी छन्।
प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२ १९:१४