हिजोआज महिला तथा पुरुषमा एक प्रकारको गोप्य संवन्धको विकास भएको पाइन्छ। कतिपय यो संवन्ध नजानिकन भएको देखिन्छ भने, कतिपय यो संंवन्ध रहर तथा आकर्षणको कारण जानाजानी हुने गरेको पाइएको छ।
जे जस्तो संवन्ध भएपनि दुवैवीच गोप्य हुन्जेल त्यसले खासै कुनै समस्या हुदैन। गोप्यता भंग भएमा र गरिएमा दुवैलाई घातक असर मात्र नपारिकन समाजको सामाजिक मर्यादामा पनि खललता ल्याउने गर्दछ। यस्तो हुनवाट बच्न र बचाउन दुवैवीच सजकता अति आवश्यक छ।
त्यसमाथि, गोप्य सम्बन्ध कुनै लागत बिना, कुनै जिम्मेवारी बिना शरीरलाई भोग्ने सबैभन्दा सजिलो तरिका हो। घरमा आफूलाई भन्दा बढी माया गर्ने जीवन संगीनी यानी पत्नी हुदाहुदै बाहिर विवाहिता महिला या अविवाहिता महिलातिर आकर्षित हुनु या उनैसंग गोप्य संवन्धमा रहनु भनेको निश्चित रुपमा गोप्य मात्र होइन, अति गोप्य नै कुरा हो।
त्यस्तै, घरमा सवै जिम्मेवारी निर्वाह गरेर परपुरुषसंग संवन्ध राख्ने महिलाहरुको पनि कुनै कमी छैन्। यसलाई पनि खतराको संकेतकै रुपमा लिइनु आवश्यक छ। महिलाको मामिलामा श्रीमानले खासै चासो नदिने तथा बढी बेवास्ता गर्नेहरु परपुरुषतिर आकर्षित बन्ने गरेको पाइन्छ। श्रीमानवाट नपाएको माया, सदभाव तथा विश्वास अनि शारीरिक आवश्यकताको लागि गोप्य संवन्धमा रहेर उनीहरुले पूर्ति गर्ने गरेको पाइन्छ।
विवाहिता तथा अविवाहिता पुरुष-महिलामा देखिदैआएको यसप्रकारका विकसित गोप्य संवन्धले नेपाली आधुनिक समाजको वास्तविकतालाई चित्रण गर्ने गरेको पाइएतापनि यसले कालान्तरमा नकारात्मक असर पार्ने धेरै नै देखिएको छ। विवाहिता महिलाको हकमा होइन तपाईंको पनि गल्ती छ। झुटको बिश्वास गर्नुभएको छ। यस्तो हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि तपाईंले अर्काको लोग्नेलाई अंगाल्नु भएको छ। त्यो पनि घरमा लोग्ने हुँदाहुँदै। तपाईंले जसको हात समाउनुभयो, जसलाई जवानीको मातमा बिश्वास गर्नुभयो सजायको रुपमा आफ्नै छोराछोरी बसेका घरमा आगो लगाउँदै हुनुहुन्छ।
समाजले सजिलै तेस्रो ब्यक्तिलाई दोष दिन्छ किन कि त्यो भन्नको लागि सजिलो छ। तर वास्तविक सत्य के हो भने तिनै जना यस पापका भागिदार हुन्छन। आफ्नो पार्टनरलाई धोका दिने पहिलो दोषी धोखेबाज (पुरुष/महिला) दोस्रो दोषी तपाईंले जानीजानी त्यो पापमा आफैलाई संलग्न गर्नुभयो। र तेस्रो दोषी हाम्रो समाज हो, जसले सम्बन्धको अन्तरालाई बुझ्नुपर्नेको सट्टा बाहिरीलाई मात्रै दोष दिन्छ।
जसको लागि आज तपाईं आफ्नो इज्जत, समय र पबित्रता खेर फाल्दै हुनुहुन्छ उसले आफ्नो ’सुरक्षीत’ परिवारमा फर्कदा त्यसबेला तपाईंको छेउमा तपाइँलाई साथ दिने हो हुन्छ? समाजले बिग्रेकी चरित्रहीन आइमाई भनेर गाली गर्छन; अहिले माया प्रेम र ठुला-ठुला सपना देखाएर होटलको बेडसम्म पुर्याउने धोखेबाज चाहिँ असल ’श्रीमान’ बनेर आफ्नै घरमा फर्किन्छ। खेल सकिए पछि तपाईं एक्लै युद्ध हारेको सिपाही हुन्छौं, हातमा लाज, अपमान, र मुटु फुट्ने पीडा मात्रै हुन्छ। न लोग्नेको साथ, न छोराछोरीको साथ, न माइतीको साथ।
त्यसैले अर्काको लोग्ने, उसको घरमा स्वास्नी छ भन्ने कुरा थाहा पाउँदा पाउँदै जसले आफ्नो लोग्नेलाई छलेर लुकामारी खेल्दैछौं जसले अर्काको भाग खान घमण्ड गर्दैछौँ , उसको स्वास्नीलाई धोका दिएर आफ्नो खुशीको महल बनाउँन सकिँदैन। जो मान्छे आफ्नो हुँदैन. त्यो मान्छे कहिल्यै आफ्नो हुदैन। आज उसको स्वास्नी छोराछोरी घर परिवारमा जुन आगो लगाई राख्नु भाको छ, भोलि त्यो आगोले आफ्नो सजाएको सपनालाई, वा तपाईंको घर परिवारलाई डढाएर खरानी नपार्ला भन्न सकिन्छ र? उत्तर तपाईंको ऐना अगाडि छ।
यो अति आधुनिकतावादले ल्याएको गोप्य संवन्धको विकासले पुरुषको तुलनामा महिलालाई बढी नै कालान्तरमा समस्या पार्न सक्ने देखिएको छ। यो संवन्ध राख्नुअघि महिलाले त्यो पुरुष के कस्तो नेचरको हो-यावत कुरा राम्ररी बुझेर मात्र संवन्धको विकास गर्नु ठीक हुन्छ। नत्रभने, स्टप गर्नु नै राम्रो हुन्छ। सकिन्छ भने, यस्तो संवन्धमा रहनु नै हुदैन। साथीभाइको जस्तो हेल्लो-हाइमा सिमित हुदा कुनै समस्या हुदैन।