बुटवल । रुपन्देहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह ७ निवासी २८ वर्षीय सुनील पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भिमसेन विष्टले जानकारी दिए ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु प्र ०१ ००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ९२ प ७९९० नं को स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । राति साढे १० बजे बसले स्कुटरलाई ठक्कर दिएको थियो । तत्काल उद्धार गरी पाण्डे र पाइजा दुवैजनालाई स्थानीय देवदह मेडिकल कलेज भलुही पुर्याइए पनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ ०९:४५