Top Navigation
Main Navigation
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल शनिबार, फागुन १६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा विकसित क्षेत्रीय तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ कार्यरत लाखौं नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्-इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछिका घटनाक्रमले समग्र मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको उल्लेख गरेका छन्। यस्तो परिस्थितिमा शान्ति, संयमता र कूटनीतिक पहलमार्फत समाधान खोजिनुपर्नेमा जोड दिएका छन्।

प्रचण्डका अनुसार, वर्तमान अवस्थाले विशेषगरी मध्यपूर्वमा रोजगारीका लागि रहेका लाखौं नेपाली श्रमिकको सुरक्षामा प्रत्यक्ष असर पर्न सक्छ। “उनीहरूको सुरक्षा सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो,” उनले भनेका छन्।

उनले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, सम्बन्धित देशहरूसँग सक्रिय कूटनीतिक संवाद गर्न तथा सम्भावित आपतकालीन अवस्थाका लागि प्रभावकारी उद्धार र समन्वय संयन्त्र तयार अवस्थामा राख्न आग्रह गरेका छन्। कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच नआओस् भन्नेमा सरकार गम्भीर र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उनको जोड छ।

साथै, उनले अन्तर्राष्ट्रिय समुदायलाई धैर्य, संयम र मानवताको पक्षमा उभिन आह्वान गर्दै युद्ध र द्वन्द्वको सट्टा वार्ता र सहमतिमार्फत समाधान खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्। विदेशमा रहेका नेपालीहरूलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न र अफवाहबाट टाढा रहनसमेत उनले अनुरोध गरेका छन्।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु बुधबार, फागुन १३, २०८२
मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु मंगलबार, फागुन १२, २०८२
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक बिहीबार, फागुन ७, २०८२
नेकपा एमालेकाे चुनावी घोषणापत्र
नेकपा एमालेकाे चुनावी घोषणापत्र बिहीबार, फागुन ७, २०८२
रुकुमपूर्वमा प्रचण्डका चार दिन
रुकुमपूर्वमा प्रचण्डका चार दिन सोमबार, फागुन ४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र आइतबार, फागुन ३, २०८२
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे आइतबार, फागुन ३, २०८२
चुनाव भएको खण्डमा भाग लिने : अध्यक्ष ओली
चुनाव भएको खण्डमा भाग लिने : अध्यक्ष ओली आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कविता : गाउँ-शहर
  • नंः ५ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्