Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल सोमबार, फागुन १८, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका दिन अत्यावश्यक सेवा प्रदान गर्ने सवारीसाधनलाई छुट्टै सवारी पास आवश्यक नपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। 

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान गते मतदान सम्पन्न नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने भए पनि अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ ।

यी सवारीसाधनलाई चल्न छुट

प्रवक्ता भट्टराईका अनुसार निम्न सवारीसाधनले पासबिना सञ्चालनको सुविधा पाउनेछन् । जसमा दमकल, एम्बुलेन्स र शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछामासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा तथा खानेपानी–ढल मर्मतका लागि प्रयोग हुने सवारी, 
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निवासदेखि अस्पताल र अस्पतालदेखि निवाससम्म पुर्‍याउने सवारी, 
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म) सम्म छन्।

यस व्यवस्थाले निर्वाचनका दिन पनि अत्यावश्यक सेवा अवरुद्ध नहुने आयोगको विश्वास छ ।

असहाय र विशेष अवस्थाका नागरिकलाई विशेष सहुलियत

आयोगले शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने, गर्भवती तथा सुत्केरी महिला, शिशु बोकेकी महिला, किरियापुत्री, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा मतदाता र तिनका एक जना सहयोगी बोकेका सवारीसाधनलाई समेत अवरोध नगर्न निर्देशन दिएको छ।

यसले मतदानमा सहभागी हुन चाहने सबै नागरिकलाई सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

कूटनीतिक तथा अनुगमन सवारीको व्यवस्था

नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधनलाई पनि प्रचलित नियमअनुसार सञ्चालन गर्न दिइनेछ।

त्यस्तै, आयोगबाट जारी परिचयपत्रका आधारमा प्रयोग हुने पर्यवेक्षकका सवारीसाधनहरू परिचयपत्रमा उल्लेखित क्षेत्रभित्र मात्र सञ्चालन गर्न पाइने स्पष्ट व्यवस्था गरिएको छ।

यसैगरी, राष्ट्रिय मानवाधिकार आयोगले निर्वाचन अनुगमनका लागि प्रयोग गर्ने सवारीसाधन तथा प्रेस पास प्राप्त सञ्चारकर्मीका सवारीसाधनका हकमा पनि छुट्टै सवारी पास आवश्यक नपर्ने गरी व्यवस्था मिलाउन आयोगले गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गरिसकेको जनाएको छ।

गृह मन्त्रालयबाट सोहीअनुसार पत्राचार भइसकेको जानकारी पनि प्रवक्ता भट्टराईले दिएका छन्।

दुरुपयोग नगर्न आयोगको आग्रह

निर्वाचन आयोगले तोकिएको मापदण्डबमोजिम मात्रै सवारीसाधन प्रयोग गर्न र दुरुपयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

“निर्वाचनको शान्त, मर्यादित र व्यवस्थित वातावरण कायम राख्दै अत्यावश्यक सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने हाम्रो उद्देश्य हो,” प्रवक्ता भट्टराईले भने। आगामी फागुन २१ गते हुने मतदानलाई सुरक्षित, व्यवस्थित र सहभागीपूर्ण बनाउन आयोगले सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आवश्यक तयारी तीव्र पारेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ रूम नं १९४
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्