Top Navigation
Main Navigation
सोमबार, फागुन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, फागुन १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल सोमबार, फागुन १८, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका दिन अत्यावश्यक सेवा प्रदान गर्ने सवारीसाधनलाई छुट्टै सवारी पास आवश्यक नपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ। 

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइने भए पनि अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ ।

यी सवारीसाधनलाई चल्न छुट

प्रवक्ता भट्टराईका अनुसार निम्न सवारीसाधनले पासबिना सञ्चालनको सुविधा पाउनेछन् । जसमा दमकल, एम्बुलेन्स र शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछामासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा तथा खानेपानी–ढल मर्मतका लागि प्रयोग हुने सवारी, 
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निवासदेखि अस्पताल र अस्पतालदेखि निवाससम्म पुर्‍याउने सवारी, 
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म) सम्म छन्।

यस व्यवस्थाले निर्वाचनका दिन पनि अत्यावश्यक सेवा अवरुद्ध नहुने आयोगको विश्वास छ ।

असहाय र विशेष अवस्थाका नागरिकलाई विशेष सहुलियत

आयोगले शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने, गर्भवती तथा सुत्केरी महिला, शिशु बोकेकी महिला, किरियापुत्री, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा मतदाता र तिनका एक जना सहयोगी बोकेका सवारीसाधनलाई समेत अवरोध नगर्न निर्देशन दिएको छ।

यसले मतदानमा सहभागी हुन चाहने सबै नागरिकलाई सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

कूटनीतिक तथा अनुगमन सवारीको व्यवस्था

नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधनलाई पनि प्रचलित नियमअनुसार सञ्चालन गर्न दिइनेछ।

त्यस्तै, आयोगबाट जारी परिचयपत्रका आधारमा प्रयोग हुने पर्यवेक्षकका सवारीसाधनहरू परिचयपत्रमा उल्लेखित क्षेत्रभित्र मात्र सञ्चालन गर्न पाइने स्पष्ट व्यवस्था गरिएको छ।

यसैगरी, राष्ट्रिय मानवाधिकार आयोगले निर्वाचन अनुगमनका लागि प्रयोग गर्ने सवारीसाधन तथा प्रेस पास प्राप्त सञ्चारकर्मीका सवारीसाधनका हकमा पनि छुट्टै सवारी पास आवश्यक नपर्ने गरी व्यवस्था मिलाउन आयोगले गृह मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गरिसकेको जनाएको छ।

गृह मन्त्रालयबाट सोहीअनुसार पत्राचार भइसकेको जानकारी पनि प्रवक्ता भट्टराईले दिएका छन्।

दुरुपयोग नगर्न आयोगको आग्रह

निर्वाचन आयोगले तोकिएको मापदण्डबमोजिम मात्रै सवारीसाधन प्रयोग गर्न र दुरुपयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

“निर्वाचनको शान्त, मर्यादित र व्यवस्थित वातावरण कायम राख्दै अत्यावश्यक सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने हाम्रो उद्देश्य हो,” प्रवक्ता भट्टराईले भने। आगामी फागुन २१ गते हुने मतदानलाई सुरक्षित, व्यवस्थित र सहभागीपूर्ण बनाउन आयोगले सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आवश्यक तयारी तीव्र पारेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग शनिबार, फागुन १६, २०८२
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु बुधबार, फागुन १३, २०८२
मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरु मंगलबार, फागुन १२, २०८२
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक बिहीबार, फागुन ७, २०८२
नेकपा एमालेकाे चुनावी घोषणापत्र
नेकपा एमालेकाे चुनावी घोषणापत्र बिहीबार, फागुन ७, २०८२
रुकुमपूर्वमा प्रचण्डका चार दिन
रुकुमपूर्वमा प्रचण्डका चार दिन सोमबार, फागुन ४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र आइतबार, फागुन ३, २०८२
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा मध्यपूर्वकाे तनावमा नेपालीकाे  सुरक्षालाई पहिलो प्राथमिकता राख्न सरकारसँग माग
  • नंः ३ कविता : गाउँ-शहर
  • नंः ४ मतदानका दिन अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने
  • नंः ५ नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्