मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर/पश्चिमतर्फ समुन्द्री सतहको ४ हजार ५ सय मिटरको उचाईमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाटो खुलाउने उद्देश्यले हिउँ पन्छाउन लागिएको हो। उक्त मतदान केन्द्रमा ३९ मतदाता रहेका छन् ।
साङ्ता गाउँमा जम्मा १३ घरधुरी छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका बासिन्दा चैत/बैशाख महिनामा मात्रै गाउँ फर्कन्छन्।
सडक हिमपातका कारण कार्तिक १० देखि पूर्ण रुपमा अवरुद्ध थियो।
जोमसोमबाट करिव ४० किलोमिटर टाढा छ साङता गाँउको हिमाली आधारभूत बिद्यालय मतदान केन्द्र। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले हिउँ पन्छ्याउन सुरु गरेको हो। हिउँ पन्छाउनकै लागि गाँउपालिकाले २ वटा डोजर भाडामा लिएको छ।
मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले जाडो छल्नकै लागि केही जोमसोम, पोखरा र काठमाण्डौमा आफन्तको घरमा बस्दै आएका छन्। पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पुरै गाउँका घरमा ताल्चा लगाइएको छ।
स्थानीय गाउँ छोडेर गएपछि साङ्ता गाउँ पुरै गुमनाम जस्तै देखिन्छन् वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले भने।
प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२ ०८:२९