Top Navigation
  • Contact
Main Navigation
बुधबार, कात्तिक १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
बुधबार, कात्तिक १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, चैत ३, २०८२

ललितपुर । आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने विषयमा पत्रकारहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा आयोजित कार्यक्रम ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालको सभापतित्वमा सम्पन् भएको हो।

कार्यक्रम मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सकहरूले आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, त्यसको सामाजिक प्रभाव तथा पत्रकारको जिम्मेवारीबारे विस्तृत प्रस्तुति दिएका थिए।

त्यस्तैगरी विश्व स्वास्थ्य संगठनका तथ्याङ्क उल्लेख गर्दै विश्वभर हरेक वर्ष ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने र करिब प्रत्येक ४० सेकेन्डमा एक जनाले ज्यान गुमाउने अवस्था रहेको जानकारी दिँनुका साथै, एक सफल आत्महत्याको पछाडि औसतमा करिब २५ पटकसम्म प्रयास हुने तथ्य पनि प्रस्तुत गरिएको थियो।

वक्ताहरूले “स्वस्थ मन, स्वस्थ जीवन” भन्ने नारालाई जोड दिँदै मानसिक स्वास्थ्यप्रति समाजमा सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका थिए।

कार्यक्रममा आत्महत्या रोकथाममा सञ्चारकर्मीहरूको भूमिका सम्बन्धी विषयमा पनि चर्चा गरिएको थियो भने वक्ताहरूले आत्महत्यासम्बन्धी समाचारलाई अनावश्यक रूपमा केन्द्रबिन्दु नबनाउने, सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषा प्रयोग नगर्ने, आत्महत्याको साधन तथा तरिकाबारे विस्तृत विवरण नदिने र त्यस्ता घटनासँग सम्बन्धित फोटो, भिडियो वा डिजिटल लिंक प्रयोग नगर्नुपर्ने सुझाव दिएका थिए।

त्यसैगरी, समस्यामा परेका व्यक्तिहरूलाई सहयोग लिन सकिने स्थान तथा सेवाबारे जानकारी दिन र आत्महत्या रोकथामका लागि जनचेतनामूलक सामग्री प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको थियो।

मानसिक समस्या वा तनावमा रहेका व्यक्तिहरूका लागि परामर्श लिन सकिने हटलाइन नम्बर ११६६ रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की लगायत ललितपुरमा सक्रिय पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागी पत्रकारहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
नेपाल मेडिकल कलेजमा खुल्याे रोजगारी
नेपाल मेडिकल कलेजमा खुल्याे रोजगारी शुक्रबार, कात्तिक १३, २०८३
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः २ 'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
  • नंः ३ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
विचार
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म प्रज्ज्वल घिमिरे
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता शारदा बजगाईँ
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा
'नामी' साप्ताहिकको १२ वर्षे यात्रा NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्