Top Navigation
Main Navigation
बिहीबार, वैशाख ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल आइतबार, चैत १५, २०८२

काठमाडाैं । नेपाल सरकारले १० वर्षदेखि बैंक तथा वित्तीय संस्थामा निस्क्रिय रूपमा थन्किएको बचत रकम ९० दिनभित्र कसैले दाबी गर्न नआएमा स्वतः सरकारी राजस्वमा जम्मा गर्ने निर्णय गरेको छ । राज्यमा निस्क्रिय रहेका स्रोतहरूको प्रभावकारी उपयोगका लागि यो निर्णय गरिएको हो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारका १०० कार्यसूची’ अन्तर्गत राजस्व सुधारलाई प्राथमिकतामा राखिएको छ। कार्यसूचीको ‘झ’ बुँदामा राजस्व प्रणालीलाई पारदर्शी र डिजिटल बनाउन व्यवसायीहरूले एक महिनाभित्र ई-बिलिङ प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खाताहरूको विवरण संकलन गरी हकवालाले दाबी नगरेको रकम कानुनी प्रक्रिया पूरा गरेर राज्यकोषमा ल्याइने तथा अन्य सम्भावित स्रोतहरूको पनि पहिचान गरिने उल्लेख गरिएको छ ।

राजस्व चुहावट नियन्त्रण, कर प्रणाली सुदृढीकरण तथा करदातालाई छिटो र सरल सेवा उपलब्ध गराउन अर्थ मन्त्रालयले ४५ दिनभित्र कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउने जनाएको छ ।

त्यसैगरी, विभिन्न स्थानमा छरिएर रहेका कम प्रभावकारी तथा दोहोरिएका सार्वजनिक स्रोतहरूलाई ६० दिनभित्र एकीकृत गरी उच्च प्रतिफल दिने परियोजनामा लगानी गर्ने ढाँचा तयार गरिनेछ ।

खानी तथा खनिज क्षेत्रमा निस्क्रिय रहेका फर्महरूको लाइसेन्स खारेज गरिने तथा सक्रिय फर्महरूको कडाइका साथ अनुगमन गरिने उल्लेख छ । भन्सार प्रणालीको पुनर्संरचना, अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण तथा अंकित मूल्यमै खरिद–बिक्री सुनिश्चित गर्न प्रभावकारी अनुगमन गरिने पनि जनाइएको छ ।

अदालतहरूमा थुप्रिएर रहेको धरौटीको ठूलो रकम विकास–निर्माणका क्षेत्रमा लगानी गर्न ६० दिनभित्र कानुनी आधार तयार गरिने ‘बुँदा नं. ८४’ मा उल्लेख गरिएको छ ।

चैत १३ गते प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारका १०० कार्यसूचीमार्फत व्यापक परिवर्तनको अपेक्षा गरिएको छ । यसले आम नागरिकले सुशासनको अनुभूति गर्ने तथा झन्झटिलो प्रशासनिक प्रणालीको अन्त्य हुने आशा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
  • नंः ५ सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
विचार
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्