Top Navigation
Main Navigation
बुधबार, चैत १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, चैत १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन राष्ट्रिय मानव अधिकार आयोगकाे प्रतिवेदनमा के हाेला ?
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, चैत १८, २०८२

काठमाडाैं । भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ नेपालको समकालीन राजनीतिक इतिहासमा एउटा निर्णायक मोडका रूपमा स्थापित भएको छ । तर विडम्बना के छ भने, त्यति ठूलो सामाजिक-राजनीतिक विस्फोटपछि पनि यसको वास्तविकता अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन । विशेषगरी भदौ २४ गते देशव्यापी रूपमा फैलिएको हिंसा, आगजनी र संरचनागत आक्रमणका घटनाबारे सत्य अझै पनि धुमिल छ । यसै सन्दर्भमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदनले केही आधारभूत तथ्यहरू अघि सारे पनि ठोस निष्कर्ष दिन नसक्दा बहस झनै गहिरिएको छ ।

आयोगले भदौ २३ को घटनालाई अपेक्षाकृत स्पष्ट रूपमा व्याख्या गरेको छ । त्यस दिनको प्रदर्शन सुरुवातमा सुशासन र भ्रष्टाचारविरुद्ध लक्षित शान्तिपूर्ण आन्दोलनका रूपमा सुरु भएको थियो । तर बानेश्वर क्षेत्रमा पुग्दा भीड अत्यधिक ठूलो भई नियन्त्रणबाहिर गयो र अन्ततः प्रहरीसँगको झडपमा परिणत भयो । प्रहरी गोली चलाउँदा हताहत र घाइतेको संख्या बढ्नुले आन्दोलनको स्वरूप नै बदलियो । यही घटनाले भदौ २४ को विस्फोटक अवस्थाको पृष्ठभूमि तयार गर्‍यो ।

तर, जब भदौ २४ को घटनातर्फ फर्किन्छौं, आयोगको प्रतिवेदन आफैं विरोधाभासी देखिन्छ । एकातिर आयोगले उक्त दिनका घटनामा ‘अपराधिक तत्व’को संलग्नता रहेको उल्लेख गर्छ, अर्कोतिर घटनाको शैली, प्रकृति र कार्यविधि हेर्दा योजनाबद्ध र समन्वित गतिविधिको संकेत गर्छ । यही द्विविधा नै अहिलेको बहसको केन्द्र बनेको छ । यदि घटना यति व्यवस्थित र योजनाबद्ध थियो भने, त्यसका योजनाकार र सञ्चालक को थिए ?

आयोगको प्रतिवेदनअनुसार भदौ २४ को प्रदर्शन प्रारम्भमा भदौ २३ मा मारिएका युवाहरूको समर्थनमा र सरकारविरुद्ध विरोधस्वरूप सुरु भएको थियो । तर केही समयमै त्यसमा ‘क्रिमिनल एलिमेन्ट्स’ को प्रवेश भयो र आन्दोलनले हिंसात्मक रूप लियो । व्यक्तिका घर, व्यापारिक केन्द्र, होटल, सरकारी कार्यालयहरूमा लुटपाट, तोडफोड र आगजनी गरियो । प्रहरीमाथि आक्रमण, हतियार लुट्ने, र राजनीतिक व्यक्तिहरूमाथि लक्षित आक्रमण जस्ता घटनाहरू व्यापक रूपमा भए ।

यद्यपि आयोगकै विवरणले केही गम्भीर संकेतहरू पनि देखाउँछ, जसले घटनालाई केवल भीडको उन्माद मात्र नभएर सम्भावित रूपमा संगठित गतिविधि भएको तर्फ इङ्गित गर्छ:

एकै प्रकारको आक्रमण ढाँचा : प्रायः सबै स्थानमा पहिले सिसीटिभी प्रणाली ध्वस्त पार्ने, त्यसपछि डाटा सेन्टर र कागजात नष्ट गर्ने, अनि अन्त्यमा ग्यास सिलिण्डर वा पेट्रोल प्रयोग गरेर आगजनी गर्ने कार्यविधि देखिएको छ ।
संवेदनशील संरचनामा लक्षित आक्रमण : सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको निवास शीतल निवास जस्ता ‘भाइटल इन्स्टलेसन’ मा विशेष प्रज्वलनशील पदार्थ (जस्तै मोलोटोभ ककटेल) प्रयोग गरिएको छ ।
प्रमाण मेटाउने प्रयास : सिसीटिभी फुटेज नष्ट गर्ने, कम्प्युटर कक्ष र अभिलेख जलाउने कार्यले अनुसन्धानलाई जटिल बनाउने सुनियोजित प्रयासको संकेत गर्छ ।
बहुवर्गीय संलग्नता तर अस्पष्ट नेतृत्व : सडक व्यापारीदेखि मजदुर, सुकुम्बासी, ‘उरन्ठयौला’ युवा र कारागारबाट भागेकासम्मको सहभागिता देखिए पनि कुनै स्पष्ट नेतृत्व वा निर्देशन संरचना पहिचान हुन सकेको छैन ।

किन आउने सकेन ठाेस निष्कर्ष ?

माथिका बुँदाहरूले आयोगको निष्कर्षलाई थप प्रश्नको घेरामा ल्याएका छन्। यदि घटना स्वतःस्फूर्त थियो भने यति व्यवस्थित ढंगले किन सञ्चालन भयो? र यदि योजनाबद्ध थियो भने त्यसको योजना कसले बनायो ?

आयोगले सहभागीहरूको सामाजिक-आर्थिक पृष्ठभूमिबारे विस्तृत उल्लेख गरेको छ । सडक व्यापारीदेखि ग्यारेज कामदार, चालक-सहचालक, निर्माण मजदुर, सुकुम्बासी र केही ‘उरन्ठयौला’ युवा सम्मको संलग्नता रहेको बताइएको छ । कारागारबाट भागेका र हिरासतबाट छुटेका व्यक्तिहरू समेत घटनामा सहभागी भएको उल्लेख छ । केही स्थानमा व्यक्तिगत रिसइवी र राजनीतिक प्रतिशोधका कारण पनि आगजनी भएको आयोगको दाबी छ ।

तर यस्तो विवरणले घटनाको जटिलता देखाए पनि यसको मूल प्रश्नको जवाफ दिँदैन । के यी सबै स्वतःस्फूर्त रूपमा एकै प्रकारको रणनीति अपनाएर हिंसामा उत्रिएका थिए ? वा कसैले त्यसलाई निर्देशित गरिरहेको थियो ? आयोगले यसबारे स्पष्ट धारणा दिन सकेको छैन ।

आयोगले ठोस निष्कर्ष दिन नसक्नुका कारणहरू पनि आफैं स्वीकार गरेको छ । समयको अभाव, स्रोतको कमी, पर्याप्त प्रमाण संकलन गर्न नसक्नु, र आवश्यक ‘इण्टेलिजेन्स रिपोर्ट’ प्राप्त नहुनु। विशेषगरी सिसीटिभी फुटेजहरू नष्ट गरिएकोले अनुसन्धानमा ठूलो बाधा पुगेको उल्लेख गरिएको छ । साथै देशभरि फैलिएको घटनाको विस्तृत छानबिन गर्न आयोगलाई दिइएको कार्यादेश र समय अपर्याप्त रहेको पनि बताइएको छ ।

यद्यपि आयोगले एउटा महत्त्वपूर्ण काम भने गरेको छ-घटनास्थलहरूमा उपलब्ध बिटीएस डाटाका आधारमा त्यतिबेला त्यहाँ उपस्थित रहेका मोबाइल नम्बरहरूको संकलन । यो डाटा भविष्यमा अनुसन्धानका लागि उपयोगी हुन सक्ने सम्भावना छ । तर त्यसलाई विश्लेषण गरेर कसैलाई दोषी ठहर गर्ने स्तरसम्म आयोग पुग्न सकेन ।

यही अपूर्णताले अहिले सरकारमाथि थप दबाब सिर्जना गरेको छ । आलोचना चुलिएपछि सरकारले १०० दिने कार्यसूचीमार्फत भदौ २४ को घटनाबारे छुट्टै छानबिन समिति गठन गर्ने घोषणा गरेको छ । एक साताभित्र गठन हुने भनिएको यो समितिले घटनाको गहिरो अध्ययन गरी जिम्मेवार पक्ष पहिचान गर्ने अपेक्षा गरिएको छ ।

तर यहाँ पनि विश्वसनीयताको प्रश्न उठेको छ । यदि नयाँ समिति कार्यकारी सरकारकै नियन्त्रणमा रहने हो भने त्यसको निष्पक्षतामाथि शंका उब्जिन सक्छ । कानुन व्यवसायीहरू र नागरिक समाजका प्रतिनिधिहरूले स्वतन्त्र, न्यायिक अधिकारसहितको संयन्त्र आवश्यक रहेको जोड दिएका छन् । अन्यथा, यो प्रयास पनि कार्की आयोगकै जस्तो अधुरो प्रतिवेदनमा सीमित हुने जोखिम छ ।

राष्ट्रिय मानव अधिकार आयोगकाे प्रतिवेदनमा के हाेला ?

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले पनि उक्त घटनासम्बन्धी छुट्टै प्रतिवेदन तयार पारेको बताइएको छ । तर त्यो अहिलेसम्म सार्वजनिक नभएकाले अर्को पक्षको तथ्य बाहिर आउन बाँकी छ । यदि उक्त प्रतिवेदन सार्वजनिक भयो भने घटनाको नयाँ आयाम उजागर हुन सक्ने अपेक्षा गरिएको छ ।

समग्रमा हेर्दा भदौ २४ को घटना केवल एउटा भीडको हिंसात्मक विस्फोट मात्र थिएन भन्ने संकेतहरू प्रशस्त छन् । राज्यका प्रमुख संरचनाहरूमा गरिएको लक्षित आक्रमण, समान ढाँचाको कार्यविधि, प्रमाण नष्ट गर्ने सुनियोजित प्रयास-यी सबैले घटनालाई अझ गम्भीर बनाउँछन् । तर यस्ता संकेतहरू हुँदाहुँदै पनि कसैलाई स्पष्ट रूपमा जिम्मेवार ठहर गर्न नसक्नुले राज्यको अनुसन्धान संयन्त्रको सीमितता मात्र होइन, सम्भावित राजनीतिक जटिलताको पनि संकेत गर्छ ।

अबकाे प्रश्न ?

अब नयाँ प्रश्न खडा भएकाे छ । के नयाँ छानबिन संयन्त्रले यो अन्योल तोड्न सक्छ ? वा भदौ २४ को घटना पनि नेपालको राजनीतिक इतिहासका अन्य धेरै अपूरा सत्यहरूजस्तै समयसँगै ओझेलमा पर्नेछ ?

यदि स्वतन्त्र, सक्षम र अधिकारसम्पन्न आयोग गठन भयो भने अझै पनि सत्य उजागर हुने सम्भावना बाँकी छ । अन्यथा, यो घटना केवल तथ्य र अनुमानबीचको धुमिल रेखामा हराउनेछ ।जहाँ प्रश्नहरू बाँकी रहनेछन्, तर उत्तरहरू सधैं अपूरा रहनेछन् । अब जनताका प्रश्नकाे उत्तर  बालेन सरकारले देला त .....

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  ०७:२७
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय मंगलबार, चैत १७, २०८२
विवादकाे कारण कांग्रेसमा दुई समूह  
विवादकाे कारण कांग्रेसमा दुई समूह   मंगलबार, चैत १७, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य निर्णयहरु सोमबार, चैत १६, २०८२
बालेन सरकारकाे सय बुँदे शासकीय सुधार कार्यसूची यस्ताे छ
बालेन सरकारकाे सय बुँदे शासकीय सुधार कार्यसूची यस्ताे छ शनिबार, चैत १४, २०८२
नेपालमा शिक्षा ऐनलाई एआई मैत्री बनाउने छाैँ: शिक्षा मन्त्री पोख्रेल
नेपालमा शिक्षा ऐनलाई एआई मैत्री बनाउने छाैँ: शिक्षा मन्त्री पोख्रेल शनिबार, चैत १४, २०८२
एमाले अध्यक्ष ओली टिचिङ अस्पताल भर्ना
एमाले अध्यक्ष ओली टिचिङ अस्पताल भर्ना शनिबार, चैत १४, २०८२
प्रधानमन्त्री बालेन लगायत मन्त्रीहरूले पनि लिए शपथ
प्रधानमन्त्री बालेन लगायत मन्त्रीहरूले पनि लिए शपथ शुक्रबार, चैत १३, २०८२
बालेनकाे हिजाे र्‍याप सार्वजानिक: आज प्रधानमन्त्रीकाे शपथ
बालेनकाे हिजाे र्‍याप सार्वजानिक: आज प्रधानमन्त्रीकाे शपथ शुक्रबार, चैत १३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा शिक्षा ऐनलाई एआई मैत्री बनाउने छाैँ: शिक्षा मन्त्री पोख्रेल
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी
  • नंः ४ दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
  • नंः ५ जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
विचार
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्