Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • ‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख ५, २०८३

काठमाडाैं । नेपाल सरकार यानी बालेन सरकारका नामवाट निक्कै नै ख्याति कमाएको वर्तमान सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्दा बढी मात्रामा सुनकै कुरा आएको छ। सवै मन्त्रीहरुको सम्पत्ति विवरणमा सुनकै मात्रा अधिक रहेको छ। 
     सार्वजनिक भएको विवरण अनुसार बहालवाला प्रधानमन्त्री बालेन शाहसँग १ सय ९० तोला सुन छ । त्यसैगरी गृहमन्त्री सुदन गुरुङको सुन ८९ तोला, अर्थमन्त्री डा. स्वार्णिम वाग्लेको ४५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको १५ तोला सुन भएको सम्पत्ति विवरण आएको छ ।
    त्यस्तै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ३०, कानुनमन्त्री सोबिता गौतमको १५ तोला, महिलामन्त्री सीता वादीको १८ तोला, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल २५ तोला, स्वास्थ्यमन्त्री निशा मेहताको ३० तोला, शिक्षामन्त्री सस्मित पोखरेलको २५ तोला, पर्यटनमन्त्री खड्कराज पौडेलको ११ तोला, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको १९.५ तोला र कृषिमन्त्री गीता चौधरीसँग ९ तोला सुन छ । उद्योगमन्त्री गौरीकुमारी यादवको १८० तोला र श्रममन्त्री रामजी यादवको ८० तोला सुन रहेको विवरणमा उल्लेख छ ।
     यस विवरणले पनि ‘हाई प्रोफाइल’ व्यक्तिहरूले जम्मा गर्ने सम्पत्तिमध्ये सुन उच्च प्राथमिकतामा पर्ने गर्छ भन्ने कुरालाई प्रमाणित गरेको छ । उच्च तहका व्यक्तिले घरजग्गा र सेयरपछि सुनमा लगानी गर्ने गरेको यो विवरणले पनि प्रष्ट पारेको छ। अचल सम्पत्तिमा घरजग्गा पछि सुनलाई गणना गर्ने गरिन्छ। यस हिसावले सुन जोड्नुलाई स्वभाविक मान्न सकिन्छ । यसो भन्दैगर्दा पनि धेरैको ध्यान यसरी जोडिएका सुनको स्रोत के हो त भन्ने कुरा आउनुलाई अस्वाभाविक भन्न मिल्दैन । सरकारमा रहेका बहालवाला मन्त्रीहरुले स्पष्ट रुपमा स्रोत पनि उल्लेख गरेको भए, यस कुराले उच्च प्राथमिकता पाउने नै थिएन ।
     कुनैपनि सम्पत्ति जोडजाड गर्नु भनेको नराम्रो कुरा अवश्य होइन । आफ्नो र परिवारको भविष्यको लागि सुरक्षा कवच पनि हो । भविष्यलाई मध्यनजर गरेर सुनको जोडजाड गर्नुलाई नराम्रो भनिनु हुदैन। सरकारमा नआउंदै विभिन्न जीविकापार्जोनका व्यवसाय पेशावाट या पैत्रिक सम्पत्तिवाट के कसरी जोडिएका हुन भन्ने स्पष्ट रुपमा स्रोत खुलाउनु आवश्यक छ। 
     यो आवश्यकतालाई कतिपय मन्त्रीहरुले मतलब नगरेको कारण यस्तो होहल्ला आएको मात्र हो। सुनचाँदी तथा धनसम्पत्तिका धनाढ्य मन्त्रीमण्डलका सदस्यहरु कोही पनि गरिब नदेखिएको कारण उनीहरु कोही पनि लोभ–लालच र पैसा कमाउन भ्रष्टाचारमा लाग्दैन होला भन्ने सवैको सोच रहेको छ। 
     सवैको यही सोच र चाहनालाई अघि बढाउनका लागि वर्तमान बालेन सरकार निडरकासाथ अघि बढ्नु र बढाउन आवश्यक छ। भ्रष्टाचार नगर्ने र नगराउने अनि भ्रष्टहरुलाई छानी छानी कारवाही गर्ने मूल उदेश्यका साथ बनेको यो सरकारले सवै कुरामा पारदर्शिता ल्याएर आफ्नो सक्षमतालाई प्रदर्शन गर्नु र गराउनु पर्दछ। नामी साप्ताहिककाे सम्पादकीय
 

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०७:५०
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम शुक्रबार, असार २६, २०८३
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार सोमबार, जेठ २५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः २ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ३ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ४ मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
  • नंः ५ मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्