Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • ६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, वैशाख ९, २०८३

उदयपुर । गएको मंगलबार राति उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने करिब ६३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारस्थित पुष्पलाल चोकमा भएको आगलागीमा एकै घरका हजुरबुबा र नातिको जलेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर प्रभात लिम्बूका अनुसार आगलागीमा परी ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको ज्यान गएको हो ।
उनका अनुसार रातिको समयमा आगलागी हुँदा दुवैजना घरभित्रै रहेका बेला आगोको लप्काले घेरिएपछि बाहिर निस्कन नपाई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त घर लक्ष्मीनारायण खड्काका छोरा पदम खड्काको हो । आगलागीबाट पदम खड्काको घरसहित दुईवटा खसी जलेर करिब ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

त्यस्तै, छिमेकी रविनकुमार दासको काठको घर तथा किराना पसलमा करिब २० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
यसैगरी, सोही घरमा सञ्चालनमा रहेको मित्र थापामगरको स्टेसनरी पसलमा करिब ६ लाख रुपैयाँ, होमबहादुर परियारको ट्रेलरमा करिब २ लाख रुपैयाँ तथा मैया पौडेलको चटपटे पसलसहित अन्य सामानमा करिब ४ लाख रुपैयाँ गरी कुल ६३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दुवै घर काठका भएकाले आगलागी तीव्र रूपमा फैलिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार आगलागीको कारण विद्युत् सर्ट भएको इन्स्पेक्टर प्रभात लिम्बूले बताए । उनले भने, ‘राति २ बजेतिर आगलागी भएको हो । आगलागीको कारण विद्युत् सर्ट हो भन्ने अहिलेसम्म खुलेको छ ।’ पदम खड्काको घरमा रहेका पाँच जनामध्ये तीनजना सकुशल रहेका छन् भने रविनकुमार दासको घरका पाँचैजना सुरक्षित रहेका थिए ।

यो बेल्टार बजारको घटना मात्र प्रतिनिधिमूलक हो । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांक अनुसार पछिल्लो ६ वर्षमा आगलागीबाट पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । प्रहरीका सूचना अधिकारी डीएसपी निरञ्जन थापाका अनुसार गत पाँच आर्थिक वर्ष र चालु आर्थिक वर्षको वैशाख ८ गतेसम्म आगलागीबाट कुल ३६ करोड ६८ लाख १६ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

कुन आर्थिक वर्ष कतिको क्षति ?

प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख ८ गतेसम्म उदयपुरमा ७७ स्थानमा आगलागी भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने ३ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ८६ स्थानमा आगलागी हुँदा सात जना घाइते भएका थिए भने ५ करोड ७८ लाख ८७ हजार २०० रुपैयाँ बराबरको क्षति भएको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा १३६ स्थानमा आगलागी हुँदा नौ जना घाइते भएका थिए र ९ करोड ३९ लाख ४७ हजार ८०० रुपैयाँ बराबरको क्षति भएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा १२८ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका थिए । उक्त वर्ष ९ करोड ५० लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा ९१ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका थिए भने ३ करोड ३० लाख ५३ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ४८ स्थानमा आगलागी हुँदा तीन जना घाइते भएका थिए भने १ करोड ६ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । प्रहरीका अनुसार ६ वर्षको अवधिमा ५५६ वटा घर तथा गोठ जलेका छन् । साथै, सामुदायिक वन क्षेत्र पनि आगलागीबाट प्रभावित हुने गरेको छ ।

डीएसपी थापाका अनुसार माघदेखि जेठसम्मको सुख्खा मौसममा आगलागीका घटना बढी हुने गरेका छन् । ग्रामीण क्षेत्रमा मानवीय लापरवाही, वन डढेलो, असुरक्षित विद्युत् तार तथा उपकरण, ग्यास र भान्सामा सावधानी नअपनाउनु आगलागीका मुख्य कारण रहेको प्रहरीले जनाएको छ । आगलागीमा विशेष गरेर ढुंगा, माटो र काठबाट बनेका घर जल्ने गरेका छन् । घरसँगै रहेको गोठ पनि जल्दा पशु चौपाया तथा पंक्षीको क्षति हुने गरेको छ । तथ्यांक अनुसार ६ वर्षमा आगलागीमा परी ३ हजार ७३२ पशु चौपाया तथा पंक्षी मरेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम शुक्रबार, असार २६, २०८३
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
लाेकप्रिय समाचार
  • नंः १ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः २ आन्तरिक पर्यटकको रोजाइमा मौसमी अँधेरी झरना
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
  • नंः ५ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
विचार
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्