Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, वैशाख १४, २०८३

उदयपुर । उदयपुरमा फलफूल खेती किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । भौगोलिक विविधता, अनुकूल जलवायु र कृषकहरूको सक्रियताका कारण जिल्लामा फलफूल उत्पादन उल्लेख्य रूपमा बढेको कृषि ज्ञानकेन्द्र उदयपुरले जनाएको छ । 

कायालयको तथ्यांकअनुसार जिल्लामा दुई हजार ९०२.५ हेक्टर क्षेत्रफलमा २९ प्रकारका फलफूल खेती हुँदै आएको छ । जिल्लामा १५ हजार ८७१.५ मेट्रिकटन विभिन्न जातका फलफूल उत्पादनबाट वार्षिक करिब ८४ करोड ६९ लाख रुपैयाँबराबरको आम्दानी भएको छ ।

कृषि ज्ञानकेन्द्र, उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार कुल उत्पादनमध्ये करिब ४० प्रतिशत फलफूल घरायसी उपभोग, कोसेली तथा अन्य प्रयोजनमा प्रयोग हुन्छ । बाँकी ६० प्रतिशतका आधारमा आम्दानी गणना गरिएको छ । ‘यसबाट जिल्लाका किसानले वार्षिक ८४ करोड ६९ लाख रुपैयाँबराबरको आम्दानी गरिरहेका छन्,’ उनले भने ।

उदयपुरमा सबैभन्दा बढी सुन्तला र आँप उत्पादन हुन्छ । पहाडी क्षेत्रको हावापानी अनुकूल भएकाले सुन्तला खेतीले विशेष पहिचान बनाएको छ । ६६८ हेक्टरमा गरिएको सुन्तला खेतीबाट दुई हजार ४०८ मेट्रिकटन उत्पादन भई करिब २४ करोड रुपैयाँबराबरको आम्दानी भएको छ । यस्तै, भित्री मधेश क्षेत्रमा विस्तार हुँदै गएको आँप खेती ५२५ हेक्टरमा फैलिएको छ । जसबाट चार हजार ६६२ मेट्रिकटन उत्पादन भई २१ करोड ४२ लाख रुपैयाँ आम्दानी भएको छ ।

केरा खेती पनि जिल्लामा तीव्र रूपमा विस्तार भइरहेको छ । १७२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट दुई हजार ४०८ मेट्रिकटन उत्पादन भई १८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ११३ हेक्टरमा गरिएको कागती खेतीबाट ८३६ मेट्रिकटन उत्पादन भई पाँच करोडभन्दा बढी आम्दानी भइरहेको छ । 

लिचीबाट करिब तीन करोड ९१ लाख, अम्बाबाट एक करोड ३८ लाख, मेवाबाट एक करोड ५८ लाख र जुनारबाट एक करोड ८८ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । निबुवाबाट २७ लाख, नास्पातीबाट ७२ लाख, भुइँकटहरबाट ८५ लाख र कटहरबाट एक करोड ८८ लाख रुपैयाँ आम्दानी हुने गरेको तथ्यांक छ । पछिल्लो समय ड्रागनफ्रुट, किबी र एभोकाडोजस्ता उच्च मूल्यका फलफूलको परीक्षण तथा व्यावसायिक खेती पनि सुरु भएको छ । ड्रागनफ्रुट मात्र दुई हेक्टरमा खेती गर्दा १४ मेट्रिकटन उत्पादन भई ५० लाखभन्दा बढी आम्दानी भएको छ ।

कृषि ज्ञानकेन्द्रका प्रमुख यादवले उदयपुरमा फलफूल उत्पादन बढे पनि कोल्ड स्टोर नहुँदा उत्पादन सिधै बजार पठाउनुपर्ने बाध्यता रहेको बताए । कटारी नगरपालिका– ४ मा करिब चार वर्षअघि निर्माण गरिएको शीतभण्डार जग्गा विवादका कारण प्रयोगविहीन छ । 

झन्डै २० लाख रुपैयाँ लागतमा बनेको संरचनामा दुई मेट्रिकटनसम्म भण्डारण क्षमता भए पनि सञ्चालन हुन सकेको छैन । यस्तै, बेलका नगरपालिका– १, आम्बासीमा ०७८ मा निर्माण गरिएको पाँच मेट्रिकटन क्षमताको शीतभण्डार पनि विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन । 

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  २०:१२
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः २ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ३ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्