Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
शारदा बजगाईँ
शारदा बजगाईँ सोमबार, वैशाख १४, २०८३

मौसम उपयुक्त छ बालबालिकाहरू घरमा खेलिरहेका छन्। गर्मीमा टिम तातेर बस्न नसक्ने अवस्थामा अबोध मस्तिष्क संवेदनशील शरीरको ख्यालै नराखी तातो टिनको छानामुनि बसेर पढाउनुपर्ने र पढ्नुपर्ने अवस्था रहेको हुन्छ।

पानी पर्न थालेपछि पुल नभएका खोलाहरूमा जोखिम मोलेर विद्यालय आउनुपर्ने अवस्था रहेको यथार्थलाई नकार्न सकिँदैन गरिबीका कारण खेती गर्ने समयमा ज्याला मजदुरी गर्न जानुपर्ने हुन्छ। अर्थात् काम नपाइने अहिलेको अवस्थामा विद्यालय जान नपाउनु हो।  घरमा बसिरहेका उनै बालबालिकाहरू भोलि विद्यालय लागेको समयमा काम शुक्रु भएपछि विद्यालय छोडेर काममा जानुपर्ने बाध्यता रहन्छ।

पाठ्यक्रमले तोकेको साप्ताहिक पाठ्यभार, वार्षिक पाठ्यभार शिक्षकले जति दिन विद्यालय खुलेपनि पूरा गर्नुपर्ने अवस्था हेर्दा यस्तो नमिलेको तालमेल नै भएपनि देशले चाँडै मुहार फेरेको हेर्न मन छ। हरेक योजनाहरू राजधानीलाई केन्द्रित गरेर भन्दा पनि विकासमा पछाडि परेका प्रदेशहरूलाई हेरेर बनाउन उपयुक्त देखिन्छ। 

तोकिएको पोशाक लगाएर विद्यालय जान नपाउने धेरै बालबालिकाहरू छन् रहर उनीहरुलाई हुँदैन भन्ने छैन। बेचिएका रहर पिल्सिएका भावना अनि गरिबीले निम्त्याएको भोको पेट माथि पनि नजर पुग्न जरुरी छ। शहरमा भएका सुविधायुक्त आलिसान भवनमा मात्र विद्यार्थी छैनन्। रुखमुनि, चुहुने छानामुनि पनि मेरो देशका धेरै भविष्यहरू रहेका छन्। यिनीहरूको आशा नमरोस्।

नेपाल जस्तो भौगोलिक रूपमा विविधता र विकटता भएका कारण देशमा शिक्षा प्रणाली अझै चुनौतीपूर्ण अवस्थामा छ। हिमाली र पहाडी क्षेत्रका विद्यार्थीहरू दैनिक रुपमा लामो दूरी हिँडेर विद्यालय पुग्न बाध्य छन्। यस्तो भौगोलिक विकटताले नियमित उपस्थिति र सिकाइ प्रक्रियालमा असर पु¥याउँछ। 

त्यसैगरी धेरै परिवार आर्थिक विपन्नताबाट ग्रसित छन्। गरिबीका कारण बालबालिकाहरू घरायसी काममा वा मेलापात जस्ता जीवनको गुजारा चलाउने काममा लाग्नुपर्ने अवस्था आउँछ। जसका कारण उनीहरूको अध्ययनले निरन्तरता पाउन सक्दैन। यस्ता समस्याहरूलाई योजना बनाउँदा विशेष ध्यान दिएमा मात्र सम्पूर्ण बालबालिकाको अधिकार समान बनाउन सकिन्छ । 

गरिबी हुन एउटा बालकको दोष रहँदैन। परिवारले गर्न नसकेको आर्थिक परिवर्तनमा बालक पनि पिल्सिएको हो।यसका लागि सम्मतामूलक व्यवहार र योजना आवश्यक रहेको छ। वातावरणीय प्रभाव पनि अर्को महत्वपूर्ण समस्या हो। अत्याधिक वर्षा बाढीपहिरो चिसो वा गर्मीका कारण विद्यालय सञ्चालनमा अवरोध आउँछ। यसरी शैक्षिक गुणस्तरका लागि हरेक अवस्थालाई व्यवस्थापन गर्न जरुरी छ।

अनि याे पनि : 

नामी साप्ताहिक

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  २०:२९
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्