Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख ५, २०८३

काठमाडाैं । एसियातर्फ इन्धन ढुवानी हुने अत्यन्तै महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरूमध्य एक) पूर्ण रूपमा सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। केही साताअघिसम्म प्रतिब्यारेल (१५९ लिटर) ९८ अमेरिकी डलरसम्म पुगेको कच्चा तेलको मूल्य हाल झरेर करिब ८८ डलरमा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ऊर्जा आपूर्तिमा अवरोध र युद्धजन्य त्रासका कारण चर्किएको मूल्य अब भने क्रमशः सामान्य हुँदै जाने संकेत देखिएको छ। विशेषगरी मध्यपूर्वमा बढेको तनावका कारण विश्व बजारमा तेलको आपूर्ति अस्थिर बनेको थियो, जसले गर्दा मूल्य एक सय डलर नाघ्ने अवस्था समेत सिर्जना भएको थियो।

इरानले उक्त समुद्री मार्ग पुनः पूर्ण रूपमा खोल्ने घोषणा गरेसँगै बजारमा सकारात्मक सन्देश गएको हो। यसअघि इजरायल र लेबनानबीच शुक्रबारदेखि लागू भएको युद्धविरामले क्षेत्रीय तनाव केही हदसम्म कम भएको छ। त्यसको प्रभाव स्वरूप इरानले स्ट्रेट अफ हर्मुजमार्फत जहाज आवागमनमा लगाइएको अवरोध हटाउने निर्णय गरेको बताइएको छ।

करिब डेढ महिनाअघि संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि इरानले प्रतिक्रिया स्वरूप उक्त समुद्री मार्गमा गुड्ने तेल ट्यांकरहरूलाई लक्षित गर्दै आक्रमण सुरु गरेको थियो। यसले विश्व आपूर्ति शृंखलामा गम्भीर असर पारेको थियो। दैनिक लाखौँ ब्यारेल तेल ओसारपसार हुने यो मार्ग अवरुद्ध हुँदा एसिया लगायत विश्वका धेरै देशमा इन्धन अभाव र मूल्यवृद्धिको दबाब सिर्जना भएको थियो।

हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको करिब एकतिहाइ हिस्सा ओसारपसार हुने मार्गका रूपमा चिनिन्छ। त्यसैले यहाँ हुने सानो अवरोधले पनि अन्तर्राष्ट्रिय बजारमा ठूलो असर पार्ने गर्दछ। पछिल्लो समय मार्ग पुनः सञ्चालनमा आएपछि तेल आपूर्ति सहज हुने अपेक्षा गरिएको छ, जसले आगामी दिनमा मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ।

यसैबीच अमेरिका र इरानबीच पनि दुई साताका लागि अस्थायी युद्धविराम भएको छ। कूटनीतिक पहलमार्फत तनाव घटाउने प्रयास जारी रहेकाले विश्व बजारमा स्थायित्व आउने आशा गरिएको छ। ऊर्जा विश्लेषकहरूका अनुसार यदि यो युद्धविराम दीर्घकालीन रूपमा कायम रह्यो भने कच्चा तेलको मूल्य अझै घटेर स्थिर अवस्थामा पुग्न सक्छ।

विश्व बजारमा आएको यस गिरावटले नेपालजस्ता आयातमा निर्भर देशहरूलाई पनि केही राहत मिल्ने अपेक्षा गरिएको छ। इन्धनको मूल्य घटेमा यातायात, उत्पादन तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०७:११
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता बुधबार, जेठ २०, २०८३
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ?
इरान–अमेरिका युद्धमा चीन किन बन्यो ‘अदृश्य विजेता’ ? मंगलबार, वैशाख ८, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी
होर्मुज जलमार्ग बन्द गरेको इरानको दाबी मंगलबार, फागुन १९, २०८२
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण
प्रधानमन्त्री मोदी चढेको विमान सडकमा अवतरण आइतबार, फागुन ३, २०८२
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा
अमेरिका अब इरानमा आक्रमण गर्ने तयारीमा आइतबार, पुस २७, २०८२
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३१, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्