Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
श्याम स्मृत
श्याम स्मृत मंगलबार, वैशाख १५, २०८३

ललितपुर । नेपाल र नेपाली समाजमा फरक क्षमता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण पनि फरक छ । समाजमा शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरूलाई हेयको दृष्टिले हेर्ने गरिन्छ । अपाङ्गता भएका व्यक्तिलाई माया, सद्भाव र सहाराको खाँचो हुने गर्छ । तर, उल्टै दुव्र्यवहार गरिँदा उनीहरूको जीवन पद्धति झनै असहज मात्र नबनिकन मानसिक रुपमा नराम्रो असर पर्ने गरेको छ ।
    
त्यसमाथि, ‘पूर्वजन्मको पापका कारण अपाङ्गता हुनु परेको’ भन्ने गलत र अवैज्ञानिक अवधारणा जुन छ, यसले गर्दा  समाजमा अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरूलाई अपमान गर्ने गरेको तर्क फेसन तथा सिलाई जगतमा अपाङ्गता भएका विश्वविख्यात नेपाली फेसन डिजाइनर तथा सिलाई मास्टर अमृत रत्न शाक्यको छ। 
     
शाक्यका अनुसार, फरक हुनुको अर्थ असक्षम हुनु होइन । त्यस्तै अपाङ्ग हुनु भनेको पनि असक्षम हुनु होइन । न त पूर्व जन्मको पाप नै हो । ‘अपाङ्गता भएका व्यक्तिहरू परिवार तथा समाजका बोझ हुन’ भन्ने पुरानो मानसिकताले पनि समाजमा उनीहरूलाई फरक व्यवहार हेर्ने गरिएको पाइन्छ । उनीहरूले केही गर्न सक्दैनन् अर्थात्, उनीहरू समाजका लागि प्रगतिका वाधक हुन भन्ने सङ्कीर्ण मानसिकता अहिले पनि हाबी छ । जुन दुःखद कुरा हो।
    
त्यसो त, अपाङ्गता भएका व्यक्तिहरूलाई ‘बिचरा’को संज्ञा दिन पनि पछि पर्दैन समाज । ‘विचरालाई भाग्यले ठगेछ, अब कसरी बाँच्छ होला?’ भन्ने साँघुरो मानसिकताका कारण अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले निरीह प्राणीजस्तै बनाएको छ । तर, शारीरिक रूपमा कमजोर हुनु भनेको असक्षम हुनु र मानसिक रूपमा पनि कमजोर हुनु होइन भनेर समाजले कहिले बुझ्ला? भन्ने शाक्यको प्रश्न रहेको छ।
      
अपाङ्गता भएर पनि समाजका लागि कैयौँ उदाहरणीय काम गरेका व्यक्तिहरू पनि समाजमा प्रशस्तै भेट्न सकिन्छ । ति मध्येका एक हुन्, ललितपुर महानगरपालिका वडा नंबर २० छाबहालका अमृत रत्न शाक्य । ५८ बर्षिय शाक्य जन्मजात अपाङ्गता भएका व्यक्ति होइनन्। तीन बर्षको उमेरमा टाइफाइड रोगको उचित उपचार हुन नसक्दा उनको दुवै खुट्टा अशक्त भएका मात्र हुन्। उनका दुई खुट्टा नचलेपनि व्हील चिअरको माध्यमवाट जहाँपनि पुगिरहेका छन्। स्वदेश तथा विदेशका सवै फेसन तथा सिलाईका तालिममा पुगिरहेका छन्। सवैलाई फेसन तथा सिलाई तालिमको माध्यमवाट दक्ष बनाएर रोजगार वनाउने कार्यमा शाक्यको ठूलो योगदान रहेको छ।
      
विगत ३७ बर्षदेखि निरन्तर ललितपुरको छाबहालमा ए.आर.फेसन तथा सिलाई इन्ष्टिच्यूट मार्फत ७७ हजार भन्दा बढीलाई प्रशिक्षण दिएर रोजगार वनाउन सफल शाक्यका ती विद्यार्थीहरु देशका ७७ वटै जिल्लामा छरिएर रहेका छन्। विदेशमा दुबई, कतार, मलेसिया, अष्ट्रेलिया, अमेरिका, जापान तथा बेलायतसम्मका रोजगारीमा पुगेका छन्। जहाँ जता पुगेपनि आफूले प्रशिक्षण दिएका विद्यार्थीहरु कही कतैवाट आफूलाई सम्झेर प्रगतिसहित आउंदा अत्यन्त गर्ब गर्ने शाक्य अहिले पनि हरेक दिन विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म निरन्तर ए.आर.फेसन तथा सिलाई इन्ष्टिच्यूटमा तालिम दिन क्रियाशील छन्। 
     
विहान देखि बेलुकासम्म सात सिफ्टमा तालिम दिइरहेका शाक्यले तीनजना प्रशिक्षकलाई प्रत्यक्ष रोजगार तथा बाँकी दर्जनौलाई अप्रत्यक्ष रोजगारी ए.आर.फेसन तथा सिलाई इन्ष्टिच्यूटमा नै दिइरहेका छन्। देशैभरका प्रशिक्षार्थीहरु ए.आर.फेसन तथा सिलाई इन्ष्टिच्यूटमा बेसिक देखि एडभान्स लेबलका फेसन डिजाइनिङ र सिलाईका तालिम लिइरहेका छन्। 
      
दुवै खुट्टा अशक्त भएपनि आँट,साहस र धैर्य अनि मेहनतका कर्मशील सशक्त महान कर्मबीर अमृत रत्न शाक्य दुःखले बनेका फेसन तथा सिलाईका महान गुरु हुन्। यहाँसम्म आइपुग्न समाजका अनेक लाञ्छना तथा दूरुत्साहन सवै सहेर यो देश र समाजलाई केही गरेर देखाउछु भनेर कठिनताका साथ एस.एल.सी.पास गरेको लगतै सिलाई सिकेर यसतर्फ हात हालेका हुन्। प्रारम्भमा एकजनावाट शुरु भएको सिलाई तालिम हाल आएर ७७ हजारजनालाई दिएर रेकर्ड राख्ने कार्य पनि शाक्यवाट भैसकेको छ। 

हातमा सीप भएका व्यक्ति कहीपनि भोकै बस्नु पर्दैन । जोसंग हातमा सीप छ–उसले जहाँपनि त्यही सीप बजाएर पेट पाल्न सक्छ भन्ने धारणा राख्ने फेसन डिजाइनिङ तथा सिलाई सीपका गुरु अमृत रत्न शाक्यलाई सीप र रोजगारका जिउंदा देउता नै भन्ने गरिएको छ।

यस अर्थमा मात्र नभइकन हरेक सोच–खोज अनि कोणवाट अमृत रत्न शाक्य अपाङ्गता भएका व्यक्तिहरूका लागि उदाहरणीय पात्र हुन् । आफू तीन बर्षको उमेरवाट अपाङ्ग भएयता समाजबाट भोग्नु परेको तितो यथार्थ बोकेर उनी सङ्घर्षमा होमिएका आँट, साहस र धैर्यका प्रतीक हुन् । जसको आँट, साहस र धैर्यमा उनको जीवन संगीनी महेश्वरी बज्राचार्य शाक्यको साथ नै प्रेरणा बनेको छ। सफलताको रहस्य भएको छ। महेश्वरी बज्राचार्य शाक्यको साथ नै आफ्नो सफलता भन्न रुचाउने शाक्यका एकमात्र छोरा पनि बुवाको प्रेरणावाट आफ्नो कमक्षेत्रमा सफल बनिसकेका छन्। 
      
हिजो पत्नीको साथ र सहयोग थियो भने, आज छोराका साथमा असल बुहारी अनि नाति समेत पाउंदा अमृत रत्न शाक्यले आफूलाई संसारकै सुखी तथा खुशी व्यक्ति सम्झेका छन्। देश–देशावरवाट मान पदवी तथा सम्मान थुप्रै पाइसकेका उनको भनाईमा अपाङ्ग होस या सपाङ्ग, सबै व्यक्तिको अधिकार बराबर हुन्छ । नयाँ पुस्ताले आफूले जस्तो दमन, पीडा र दुःखहरू खेप्नु नपरोस् भन्ने उद्देश्यले उनले नयाँ समाज निर्माणको सपना देखेका छन् ।
     
त्यसो त, हरेक व्यक्तिका आ–आफ्नै तीता मीठा कथाहरू हुने गर्छन् । उनका पनि आफ्नै कथा छन् । केही मिठा अनि, केही तिता । मिठा कथाको खासै अनुभव भएन उनलाई । तर, तिता कथाको अनुभवले उनको जीवनप्रतिको बुझाई नै बदलिदियो । ‘सङ्घर्ष नै जीवन हो।’
     
परिवारसँगको सङ्घर्ष, समाजसँगको सङ्घर्ष, साँघुरो सोँचसँगको सङ्घर्ष । पाइला–पाइलामा सङ्घर्ष । सङ्घर्ष कहाँ मात्र थिएन? त्यो भन्दा पेचिलो थियो आफैसँगको सङ्घर्ष । त्यसैले त उनको समाजप्रतिको दृष्टिकोण नै बदलियो । सोँच बदलियो । त्यति मात्र होइन, समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उनले ठूलै संघर्ष गरेका छन् । उनी भन्छन्, ‘मानिसहरूले हामीहरूलाई हेर्ने, दृष्टिकोण र सोँचमा परिवर्तन ल्याउनु छ । मभित्र जाँगर र साहस छ । म जस्तै धेरैका लागि साहस र हिम्मत बन्न चाहन्छु।’
     
हो, सङ्घर्षले उनी भित्र साहस भरिदिएको छ । जाँगर र हिम्मतले उनी भित्र ऊर्जा भरिएको छ । त्यसैले उनी हरेक दिनलाई नयाँ तरिकाले आफूलाई परिभाषित गर्छन् । कहिलेकाही उनी आफैसँग प्रश्न गर्ने गर्छन्, ‘के यो समाजले हामीलाई बोझ सम्झिन्छ? के साँच्चिकै हामीसँग क्षमता छैन?’ 
    
अहँ! त्यसो होइन, उनीभित्र अथाह क्षमता छ । मात्र समाजले नचिनेको र बुझेर पनि बुझ पचाउन खोजेको मात्र हो । अपाङ्गता भएर जन्मिनु र अपाङ्गता हुनु कसैको गल्ती होइन । गल्ती हो त, उनीलाई हेर्ने दृष्टिकोण र सोचको । सबै परिवारको सामाजिक र आर्थिक हैसियत सबल हुँदैन । आफ्ना अपाङ्गता भएका सन्तानलाई उपचार गराउन नसक्ने कैयौँ परिवार छन्, हाम्रो समाजमा । उनीहरूलाई राज्यले उपचार र अवसरको ढोका खोलिदिनु पर्ने उनको तर्क छ । आफ्ना सन्तान अपाङ्ग भएर जन्मिँदैमा या कुनै कारणवश अपाङ्गता भयो भन्दैमा परिवारले बोझ सम्झिनु हुँदैन । ऊ भित्रको फरक क्षमतालाई बुझेर उसलाई सहयोग गर्नु नै हरेकको कर्तव्य भएको उनको भनाई छ।
     
यद्यपि, अबुझ सामाजिक संरचनाका कारण पनि घर परिवार र समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज वातावरण हुन सकेको छैन । सहज तथा सरल वातावरण निर्माण गरेर उनीहरूलाई अध्ययनका साथै सीपमूलक तालिम दिन सके उनीहरूको जीवन सहज बन्न सक्छ । साथमा सपाङ्ग व्यक्तिहरूको साथ र माया सधैँ आवश्यक हुने गर्छ ।
     
अमृत रत्न शाक्य शारीरिक  अपाङ्गता भएका एक प्रेरणादायी व्यक्तित्व हुन्, जसले फेसन र सिलाइको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनको सफलताका मुख्य पक्षमा दृढ इच्छाशक्ति नै हो।  शारीरिक अपाङ्गता भए तापनि उनले हिम्मत नहारी फेसन डिजाइन र सिलाई कला सिके। उनले सिलाइ र फेसन डिजाइनमा विशेष दक्षता हासिल गरेर आफ्नै पहिचान बनाएका छन्। यो पेसालाई अंगालेर उनी आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् र समाजका लागि एक उदाहरणीय पात्र बनेका छन्।
      
अमृत रत्न शाक्यको कथाले देखाउँछ कि शारीरिक बाधाले क्षमतालाई रोक्न सक्दैन, दृढ संकल्पले सफलता दिलाउँछ। शारीरिक चुनौतीलाई जितेर सफलताको शिखरमा पुग्न चाहने जोकोहीका लागि एउटा प्रेरणादायी उदाहरण हो। उनका अनुसार, यदि हामीसँग साहस र श्रम छ अनि हातमा सीप छ भने जुनसुकै परिस्थितिमा पनि सफलता प्राप्त गर्न सकिन्छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्