झापा । गाउँघरबाट भेला गरेका बास, काठले निर्माण गरिएको कक्षा कोठाभित्र लिपिएको भुइँमा गुन्द्री,सुकुल पीरा ओछ्याएर बसेका दिनहरू मानसपटलमा अझै ताजा छ । शिक्षा समाज परिवर्तनको सकारात्मक पक्ष भएकाले विद्यालयलाई जीवन्तता दिनुपर्छ भन्ने सोचका धनी सामाजिक व्यक्तित्व जगत वीर लिम्बु जसलाई समाजका हरेक अप्ठ्यारा सुल्झाउने माध्यमका रूपमा समाजले देखेको छ।
उहाँ समाज विकासको आधारशिला विद्यालय नै हो भन्नुहुन्छ । कारण विद्यालयलाई देखाएर अरु विकासका पूर्वाधारहरू पूरा गर्न सकिन्छ। र यो क्षेत्रमा पुल ,बाटो जस्ता भौतिक पूर्वाधारहरूको विकासमा उहाँको अतुलनीय योगदान रहेको छ। विद्यालय स्थापना गर्न अभिभावकसँग सहयोग र साझेदारी गर्दै प्रक्रिया र पद्धतिसँग अगाडि बढ्दै ३७ वर्ष लामो उहाँले गर्नुभएको योगदान अतुलनीय रहेको छ।
झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ५ निवासी श्री जगतवीर लिम्बु सरले २०४६ साल ८ महिना १३ गतेबाट निजी स्रोतमा अस्थायी स्वयंसेवकका रुपमा शिक्षण पेशालाई अँगाल्नु भएको थियो। ३७ बर्ष लामो शिक्षासेवावाट २०८३ साल वैशाख २७ गतेबाट उहाँले शैक्षिक अवकाश लिनुभएको हो।
शिक्षण पेशालाई आफ्नो जीवनको कर्मका रुपमा अँगाल्दै झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ५ स्थित श्री सूर्योदय आधारभूत विद्यालयलाई आफ्नो कर्मथलोको रुपमा निरन्तर निष्ठावान र समर्पित रहेर कार्य गर्दै आउनुभयो। शिक्षक र प्रधानाध्यापकको हैसियतले विद्यालयको शैक्षिक, आर्थिक, बौद्धिक ,प्रशासनिक तथा संस्थागत व्यवस्थापनमा दूरदर्शी नेतृत्व प्रदान गर्नुका साथै शिक्षक सहकर्मीप्रति एक जिम्मेवार मार्गदर्शक असल सहयोगी सहजकर्ता तथा अभिभावकत्व प्रदान गर्ने कुशल व्यक्तित्वको रूपमा अनुकरणीय भूमिका निर्वाह गर्नमा कुनै कसर बाँकी राख्नु भएन ।
उहाँको नेतृत्व क्षमता कर्तव्यनिष्ठता सहकार्यपूर्ण व्यवहार तथा विद्यार्थी केन्द्रित सोचले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि भौतिक व्यवस्थापन गर्न पु¥याउनु भएको योगदान
हेर्दा हिजो सुरुवातीको अवस्थाबाट आजसम्म आइपुग्दा सुविधायुक्त कक्षाकोठा, खानेपानीको व्यवस्था, शौचालय जस्ता सम्पूर्ण पक्षहरूको राम्रो व्यवस्था भएको छ ३७ वर्ष यो केवल एउटा संख्या मात्र होइन, एउटा सिङ्गो पुस्तालाई उज्यालो देखाउने साधनाको कालखण्ड हो।
एउटा स्वयंसेवकको रुपमा निस्वार्थ सेवाबाट सुरु भएको यहाँको यात्रा शिक्षक हुँदै प्रधानाध्यापकको जिम्मेवारी सम्म पुग्दा विद्यालयका प्रत्येक इटा र प्रत्येक विद्यार्थीका सपनासँग यहाँको पसिना साटिएको छ। आज तपाईँको शैक्षिक अवकाश हुँदै गर्दा विद्यालयले एउटा कुशल प्रशासक त बिदा गर्दै छ नै तर मैले व्यक्तिगत रुपमा एउटा यस्तो अभिभावक गुमाएको महसुस गरेकी छु जसको छत्रछायामा मैले आफ्ना १३ वर्षका शैक्षिक अनुभवहरू आधार बनाएर कर्तव्यको बाटो पैल्याउन सिके।
तपाईँले विद्यालयलाई आफ्नो घर सम्झेर जसरी सिन्चित गर्नुभयो अब त्यो जिम्मेवारीलाई अगाडि बढाउने पालो हाम्रो काँधमा आएको छ। तपाईंको अनुपस्थितिमा पनि तपाईँले सिकाउनु भएका काम, कर्तव्य, जिम्मेवारी ,मूल्य र मान्यताहरूलाई मर्न नदिनु नै यहाँ प्रति हामीले गर्ने सच्चा सम्मान हुनेछ। काम प्रतिको लगाव र धैर्यता के हो भन्ने कुरा हजुरको ३७ वर्षे कार्यकाल मेरो लागि एउटा खुल्ला किताब बनेको छ । एउटा अभिभावकले जसरी औंला समातेर हिँड्न सिकाउनुभयो । अब आफ्नै खुट्टामा उभिएर संस्थाको गरिमा उच्च राख्ने जिम्मेवारी र कर्तव्य हामी सबैले लिनुपर्नेछ।।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ ०६:३०