Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
शारदा बजगाईँ
शारदा बजगाईँ आइतबार, जेठ ३, २०८३

झापा । गाउँघरबाट भेला गरेका बास, काठले निर्माण गरिएको कक्षा कोठाभित्र लिपिएको भुइँमा गुन्द्री,सुकुल  पीरा ओछ्याएर बसेका दिनहरू मानसपटलमा अझै ताजा छ । शिक्षा समाज परिवर्तनको सकारात्मक पक्ष भएकाले विद्यालयलाई जीवन्तता दिनुपर्छ भन्ने सोचका धनी सामाजिक व्यक्तित्व जगत वीर लिम्बु जसलाई समाजका हरेक अप्ठ्यारा सुल्झाउने माध्यमका रूपमा समाजले देखेको छ। 

उहाँ समाज विकासको आधारशिला विद्यालय नै हो भन्नुहुन्छ । कारण विद्यालयलाई देखाएर अरु विकासका पूर्वाधारहरू पूरा गर्न सकिन्छ। र यो क्षेत्रमा पुल ,बाटो जस्ता भौतिक पूर्वाधारहरूको विकासमा उहाँको अतुलनीय योगदान रहेको छ। विद्यालय स्थापना गर्न अभिभावकसँग सहयोग र साझेदारी गर्दै प्रक्रिया र पद्धतिसँग अगाडि बढ्दै ३७ वर्ष लामो उहाँले गर्नुभएको योगदान अतुलनीय रहेको छ। 

झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ५ निवासी श्री जगतवीर लिम्बु सरले २०४६ साल ८ महिना १३ गतेबाट निजी स्रोतमा अस्थायी स्वयंसेवकका रुपमा शिक्षण पेशालाई अँगाल्नु भएको थियो। ३७ बर्ष लामो शिक्षासेवावाट २०८३ साल वैशाख २७ गतेबाट उहाँले शैक्षिक अवकाश लिनुभएको हो। 

शिक्षण पेशालाई आफ्नो जीवनको कर्मका रुपमा अँगाल्दै झापा जिल्ला शिवसताक्षी नगरपालिका वडा नम्बर ५ स्थित श्री सूर्योदय आधारभूत विद्यालयलाई आफ्नो कर्मथलोको रुपमा  निरन्तर निष्ठावान र समर्पित रहेर  कार्य गर्दै आउनुभयो। शिक्षक र प्रधानाध्यापकको हैसियतले विद्यालयको शैक्षिक, आर्थिक, बौद्धिक ,प्रशासनिक तथा संस्थागत व्यवस्थापनमा दूरदर्शी नेतृत्व प्रदान गर्नुका साथै शिक्षक सहकर्मीप्रति एक जिम्मेवार मार्गदर्शक असल सहयोगी सहजकर्ता तथा अभिभावकत्व प्रदान गर्ने कुशल व्यक्तित्वको रूपमा अनुकरणीय भूमिका निर्वाह गर्नमा कुनै कसर बाँकी राख्नु भएन ।    

उहाँको नेतृत्व क्षमता कर्तव्यनिष्ठता सहकार्यपूर्ण व्यवहार तथा विद्यार्थी केन्द्रित सोचले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि भौतिक व्यवस्थापन गर्न पु¥याउनु भएको योगदान
हेर्दा हिजो सुरुवातीको अवस्थाबाट आजसम्म आइपुग्दा सुविधायुक्त कक्षाकोठा, खानेपानीको व्यवस्था, शौचालय जस्ता सम्पूर्ण पक्षहरूको राम्रो व्यवस्था भएको छ ३७ वर्ष यो केवल एउटा संख्या मात्र होइन, एउटा सिङ्गो पुस्तालाई उज्यालो देखाउने साधनाको कालखण्ड हो। 

एउटा स्वयंसेवकको रुपमा निस्वार्थ सेवाबाट सुरु भएको यहाँको यात्रा शिक्षक हुँदै प्रधानाध्यापकको जिम्मेवारी सम्म पुग्दा विद्यालयका प्रत्येक इटा र प्रत्येक विद्यार्थीका सपनासँग यहाँको पसिना साटिएको छ। आज तपाईँको शैक्षिक अवकाश हुँदै गर्दा विद्यालयले एउटा कुशल प्रशासक त बिदा गर्दै छ नै तर मैले व्यक्तिगत रुपमा एउटा यस्तो अभिभावक गुमाएको महसुस गरेकी छु जसको छत्रछायामा मैले आफ्ना १३ वर्षका शैक्षिक अनुभवहरू आधार बनाएर कर्तव्यको बाटो पैल्याउन सिके। 

तपाईँले विद्यालयलाई आफ्नो घर सम्झेर जसरी सिन्चित गर्नुभयो अब त्यो जिम्मेवारीलाई अगाडि बढाउने पालो हाम्रो काँधमा आएको छ। तपाईंको अनुपस्थितिमा पनि तपाईँले सिकाउनु भएका काम, कर्तव्य, जिम्मेवारी ,मूल्य र मान्यताहरूलाई मर्न नदिनु नै यहाँ प्रति हामीले गर्ने सच्चा सम्मान हुनेछ।  काम प्रतिको लगाव र धैर्यता के हो भन्ने कुरा हजुरको ३७ वर्षे कार्यकाल मेरो लागि एउटा खुल्ला किताब बनेको छ । एउटा अभिभावकले जसरी औंला समातेर हिँड्न सिकाउनुभयो । अब आफ्नै खुट्टामा उभिएर संस्थाको गरिमा उच्च राख्ने जिम्मेवारी र कर्तव्य हामी सबैले लिनुपर्नेछ।।
 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  ०६:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्