Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना २० जनाको मृत्यु, सनाखत हुन बाँकी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, वैशाख १७, २०८३

रोल्पा । रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्र जलजलामा वैशाख पूर्णिमाको अवसरमा पूजा गर्न जाँदै गरेका तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो थवाङ गाउँपालिका–१, सल्याप क्षेत्रमा सडकबाट करिब ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार जीप अत्यन्तै भिरालो ठाउँमा खसेकाले अधिकांश यात्रुको घटनास्थलमै २० काे मृत्यु भएको हो ।

प्रारम्भिक विवरणअनुसार जीपमा १९ जना सवार थिए । तीमध्ये २० जनाको मृत्यु भएको छ भने दुई जना हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । बाँच्नेमा जीपका सहचालक र एक यात्रु रहेका छन् । उनीहरू सामान्य घाइते भए पनि मानसिक रूपमा त्रसित रहेको प्रहरीले जनाएको छ ।

रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले घटनाको पुष्टि गर्दै मृतक संख्या २० पुगेको जानकारी दिए । उनका अनुसार अधिकांशको घटनास्थलमै मृत्यु भएको हो भने केहीको अवस्था गम्भीर रहेको प्रारम्भिक अनुमान गरिएको छ । मृत्यु भएका सबैकाे सनाखत हुन बाँकी रहेकाे पनि प्रहरीकाे भनाइ छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको टोली घटनास्थलतर्फ खटिएको थियो । तर विकट भूगोल र निरन्तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

सूचना अधिकारी थापा नेपालीका अनुसार वर्षाका कारण भिरालो बाटो चिप्लो बनेको छ, जसले सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न र तल झर्न जोखिमपूर्ण बनाएको छ ।

स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार कार्य जारी रहे पनि अपेक्षित गति लिन सकेको छैन । वर्षाका कारण ग्रामीण सडकहरू हिलो र चिप्लो हुँदा एम्बुलेन्स तथा अन्य सवारी साधन घटनास्थलसम्म पुग्न ढिलाइ भएको प्रहरीले जनाएको छ ।

प्रशासनका अनुसार दुर्घटनाको कारणबारे प्रारम्भिक रूपमा साँघुरो सडक, चिप्लो बाटो र प्रतिकूल मौसमलाई जिम्मेवार मानिएको छ । यद्यपि विस्तृत अनुसन्धान जारी रहेको छ ।

जलजला क्षेत्र मगर समुदाय तथा हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धार्मिक गन्तव्य हो । यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा बराह मन्दिरमा पूजा तथा मेला भर्न हजारौं श्रद्धालु पुग्ने गर्छन् ।

यस वर्ष पनि सोही अवसरमा तीर्थयात्रीहरू उत्साहका साथ प्रस्थान गरेका थिए । तर गन्तव्य नजिकै सल्यापको भिरमा भएको दुर्घटनाले उत्सवको माहोल शोकमा परिणत भएको छ ।

स्थानीयका अनुसार घटनापछि धार्मिक उल्लास एकाएक चित्कार र रुवाबासीमा बदलिएको थियो । मृतकहरूको पहिचान खुल्न बाँकी छ । उनीहरू रुकुमपूर्वका एउटै गाउँ वा आसपासका हुनसक्ने अनुमान गरिएको छ । प्रशासनले शव संकलन तथा पहिचान प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ । क्षमताभन्दा बढी यात्रु, सडकको अवस्था वा यान्त्रिक गडबडीमध्ये कुन कारण मुख्य हो भन्नेबारे अध्ययन भइरहेको छ ।

हाल प्रशासनको प्राथमिकता मृतकको व्यवस्थापन र घाइतेहरूको उपचारमा केन्द्रित छ । वर्षा नरोकिएसम्म उद्धार कार्य पूर्ण रूपमा सञ्चालन गर्न कठिन हुने जनाइएको छ । थप अपडेट आउन बाँकी रहेकाे छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्