Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
विदुर कटुवाल
विदुर कटुवाल शनिबार, वैशाख १९, २०८३

हिजाे शुक्रबारको बिहान साधारण थिएन । आकाशमा हल्का बादल तैरिरहेको थिए, बिस्तारै झरिरहेको पानीले माटो भिजाउँदै थियो । तर बागमती किनारका बस्तीहरूमा त्यो बिहानको अर्थ फरक थियो । त्यो दिन उनीहरूका लागि समयजस्तै भारी थियो । जसले एकैछिनमा दशकौँको जीवनलाई बदलिदिन सक्थ्यो । 

शंखमूल, बल्खु, बालाजु र टेकुको वंशीघाट–यी नामहरू आज केवल स्थान होइनन्, पीडाको कथा बनेका छन् । करिब आठ सयभन्दा बढी टहराहरू एकै दिनमा भत्काइँदा त्यहाँको धुलोमा केवल माटो मात्र होइन, मानिसहरूको स्मृति, संघर्ष र आशा पनि मिसिएको थियो । डोजरको आवाजले बिहानको शान्ति चिर्दै गर्दा धेरैका हातमा अझै आधा चिया गिलास थिए । कतिपयले रातभरि नसुतेर सामान समेट्दै थिए । कति त्रासमा थिए ।

अनि आशा पनि थियो । कि शायद सरकारको मन पग्लिन्छ । शायद केही दिन समय पाइन्छ । तर त्यो ‘शायद’ ले उनीहरूलाई जोगाउन सकेन । डोजर आयो । जिन्दगीलाई वास राख्ने टहरो ध्वस्त पारिदियो । सामान होइन, जीवन सार्न खोज्दै थिए उनीहरू वस्तिका वासिन्दाहरु । भन्दै थिए, ‘हामी त कोठा खोज्दै छौँ । तर अचानक डोजर आयो,’ बल्खुकी मधुमाया लामाको आवाज एकाएक दबियो । 

उनका आँखामा पानीभन्दा बढी पीडा थियो । किनकि त्यो पानीले उनको घरको काठ भिजाइरहेको थियो, उनका छोराछोरीको किताब भिजाइरहेको थियो, र उनको सपनाको छाना भत्किरहेको थियो । 

उनका लागि त्यो टहरो केवल काठ र टिन थिएन । त्यो थियो वर्षौँको श्रम, दिनरातको भरिया कामको कमाइ, अनि बालबालिकाको हाँसोले भरिएको सानो संसार थियो । तर संसार एकैछिनमा ध्वस्त भयो ।  सीता कार्की पनि त्यही पीडाको अर्को अनुहार हुन् । उनले भनिन्, ‘हामी अपराधी होइनौँ, तर हामीलाई अपराधीजस्तै व्यवहार गरियो । बच्चा बोकेर सडकमा उभिएका छौँ ।’ 

उनको स्वरमा आक्रोशभन्दा बढी असहायता थियो । किनकि असहायता त्यस्तो अवस्था हो, जहाँ आवाज हुन्छ तर सुनिदिने ठाउँ हुँदैन । 
बस्ती होइन, मानिसहरूको जीवन थियो त्यो ।  तर, सरकारको नजरमा ती संरचनाहरू ‘अतिक्रमण’  हुन सक्छन् । तर त्यहाँ बस्नेहरूका लागि ती संरचनाहरू जीवनका आधार थिए । एउटा टिनको छानामुनि कसैले आफ्ना बच्चालाई हुर्काएको थियो, कसैले आफ्नो बुढ्यौली सुरक्षित राखेको थियो, र कसैले बिहान बेलुका काम गरेर त्यही ठाउँमा फर्कने सपना देखेको थियो । 

टेकु वंशीघाटका राजु यादव भन्छन्, ‘हामीलाई कहाँ जाने भन्ने पनि थाहा छैन । सामान पानीमा भिजिरहेको छ, बच्चा बोकेर सडकमा छौँ ।’ 
उनको शब्दमा केवल प्रश्न छैन, एउटा गहिरो असहायता छ–अब हामी कहाँ जाऊँ ?  यो प्रश्नको उत्तर न त डोजरले दिन्छ, न त भत्किएको टहरोले । 

बिहानको ७ बजे जब शहर मौन रह्यो । प्रहरीको सिटी बज्नासाथ बस्तीमा त्रास फैलियो । बिहानको ७ बजे, जब शहर अझै उठ्दै थियो, त्यही बेला केही जीवनहरू उखेलिन थालिसकेका थिए । कतिपयले रातभरि नै सामान सार्ने प्रयास गरेका थिए । तर सबैसँग विकल्प थिएन । कोठा थिएन, पैसा थिएन, समय थिएन । केवल अनिश्चितता थियो । र त्यो अनिश्चितता नै उनीहरूको घर बनेको थियो । डोजर अगाडि बढ्दै जाँदा मानिसहरू पछाडि हटिरहेका थिए । काठ भाँचिँदै थियो, भाँडाहरू फुटिरहेका थिए, र बालबालिकाका खेलौना माटोमा मिसिँदै थिए । 

तर सबैभन्दा ठूलो क्षति भौतिक थिएन–त्यो थियो आत्मविश्वासको भत्काइ थियो । मानवीयतामा खबैँ खबैँको क्षति भइरहेको थियो । भरपाइ भर्ने सरकारको कुनै कागज थिएन ।  सरकारले विस्थापित परिवारलाई भक्तपुरको खरिपाटी, ललितपुरको धापाखेल, बनेपा र अन्य ठाउँका अस्थायी केन्द्रमा सारिएको छ । केहीलाई होटलमा राखिएको छ, केहीलाई आश्रममा । तर ती ठाउँहरूमा पुग्दा पनि उनीहरूको मन शान्त छैन ।
राधास्वामी आश्रममा बसेका महिलाहरू भन्छन्, ‘यहाँ धेरै कोचाकोच छ, बच्चालाई सास फेर्न गाह्रो हुन्छ ।’  एक सानो कोठामा दर्जनौँ मानिसहरू अटाइएका छन् । खाना छ, तर अपनत्व छैन । आश्रय छ, तर स्थायित्व छैन । कसैको लागि यो राहत हो, तर धेरैका लागि यो केवल अर्को अस्थायी प्रतीक्षा हो ।

बागमतीको किनार केवल ठाउँ होइन, इतिहास हो । बागमती किनारमा बस्नेहरू धेरैजसो मजदुर, भरिया, दैनिक ज्यालादारी गर्ने मानिसहरू थिए । उनीहरू शहरको निर्माणमा हात हाल्ने तर आफ्नै घर नपाउने वर्ग हुन् ।  शहर उभ्याउने हातहरू नै जब शहरबाट उखेलिन्छन्, तब प्रश्न उठ्छ–शहर कसको हो ? एउटा मृत्यु, धेरै मौन प्रश्नहरूमा जन्मिएका छन् । 

यसैबीच बल्खु क्षेत्रमा ६१ वर्षीय इन्द्रबहादुर राई बागमती नदीमा मृत भेटिए । उनका छिमेकीहरू भन्छन्, उनी धेरै दिनदेखि तनावमा थिए । ‘टहरा भत्किन्छ भन्ने सुनेपछि उनी चुपचाप हुन्थे, उनि पनि सुकुम्बासी थिए ।’ एक छिमेकीले भने ।  उनको मृत्यु केवल एउटा व्यक्तिगत घटना होइन, त्यो एउटा समयको प्रतिविम्ब हो । जहाँ सरकारलाई हत्यार भने पनि फरक पर्दैन । 

सरकारका लागि यो व्यवस्थापनको प्रक्रिया हो ।  योजना, प्रमाणीकरण र स्थानान्तरणको श्रृंखला हो । तर बस्तीमा रहेका मानिसहरूका लागि यो केवल शब्द होइन–यो जीवनको उथलपुथल हो । डोजरले टहरो भत्कायो, तर त्यससँगै भत्कियो उनीहरूको बिहान उठ्ने कारण, रात सुत्ने शान्ति, र भविष्यप्रतिको विश्वास ।  बागमती किनार आज खाली छ । तर त्यो खालीपनभित्र हजारौँ आवाजहरू छन्–आँसु, आक्रोश, आशा र अनिश्चितता मिसिएको एउटा ठूलो मौन कथा ।

यो कथा अझै समाप्त भएको छैन । किनकि उखेलिएका मानिसहरू अझै आफ्नो नयाँ ठाउँ खोजिरहेका छन् । जहाँ फेरि एकपटक उनीहरूले भन्न पाउनेछन्, ‘यो हाम्रो घर हो ।’ 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्