Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम दुई पालिकाले अझै सार्वजनिक गरेनन् अन्तिम खर्च विवरण
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, असार २६, २०८३

उदयपुर । उदयपुरकाे आठ स्थानीय तहमध्ये आर्थिक वर्ष २०८२/८३ मा चौदण्डीगढी नगरपालिकाले सबैभन्दा बढी ९१.११ प्रतिशत बजेट खर्च गर्दै वित्तीय प्रगतिमा पहिलो स्थान हासिल गरेको छ। उपलब्ध विवरणअनुसार ताप्ली गाउँपालिका ८२.३२ प्रतिशत खर्चसहित अन्तिम स्थानमा रहेको छ।

यता रौतामाई गाउँपालिका र बेलका नगरपालिकाले भने आर्थिक वर्ष सकिएको केही दिन बितिसक्दा पनि अन्तिम खर्च विवरण सार्वजनिक गर्न सकेका छैन। 

पालिकाहरूले सार्वजनिक गरेको खर्च विवरणअनुसार अधिकांश स्थानीय तहले ८० प्रतिशतभन्दा बढी बजेट खर्च गरेका छन्। तर अन्तिम वित्तीय विवरण सार्वजनिक गर्न नसकेका दुई पालिकाले भने सूत्र प्रणाली बन्द भएका कारण खर्चको अन्तिम तथ्यांक निकाल्न नसकिएको बताएका छन्।

सबैभन्दा बढी खर्च गर्ने चौदण्डीगढी नगरपालिकाले ८४ करोड २० लाख ५२ हजार ८६२ रुपैयाँ बजेटमध्ये ७६ करोड ७२ लाख ३४ हजार ७४५ रुपैयाँ ५४ पैसा खर्च गर्दै ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

दोस्रो स्थानमा रहेको कटारी नगरपालिकाले ९० करोड ४६ लाख ७२ हजार ६१९ रुपैयाँ बजेटमध्ये ८१ करोड ४३ लाख २५ हजार ६०२ रुपैयाँ खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राजन थापाका अनुसार नगरपालिकाको वित्तीय प्रगति ९०.०१ प्रतिशत पुगेको छ।

तेस्रो स्थानमा रहेको लिम्चुङबुङ गाउँपालिकाले ४१ करोड ५५ लाख १८ हजार २२६ रुपैयाँ बजेटमध्ये ३६ करोड ६३ लाख १७ हजार ४१२ रुपैयाँ खर्च गरेको जनाएको छ। गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार वित्तीय प्रगति ८६.१७ प्रतिशत रहेको छ।

उदयपुरगढी गाउँपालिकाले ७२ करोड ९१ लाख ५२ हजार ३६४ रुपैयाँ बजेटमध्ये ६२ करोड ३३ लाख ९३ हजार ६९ रुपैयाँ खर्च गर्दै ८५.५० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। प्रमुख प्रशासकीय अधिकृत भक्त राईका अनुसार स्थानीय पत्रपत्रिकाको केही भुक्तानी ढिलो भएका कारण केही रकम खर्च हुन बाँकी रहेको हो। 

त्रियुगा नगरपालिकाले १ अर्ब ५८ करोड ४ लाख ६५ हजार ७७३ रुपैयाँ बजेटमध्ये १ अर्ब ३३ करोड ९५ लाख ८२ हजार १९१ रुपैयाँ खर्च गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाका अनुसार नगरपालिकाको वित्तीय प्रगति ८४.७६ प्रतिशत रहेको छ। यो प्रतिशत चालु र पुँजीगत दुवै खर्च समेटिएको उनले बताए।

सबैभन्दा कम खर्च गर्ने ताप्ली गाउँपालिकाले ४२ करोड ४ लाख ४० हजार १३३ रुपैयाँ बजेटमध्ये ३४ करोड ६१ लाख ४१ हजार ७६० रुपैयाँ खर्च गर्दै ८२.३२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईका अनुसार संघीय सरकारको निर्णयका कारण स्थानीय पत्रपत्रिकाको भुक्तानी रोकिएकाले खर्च प्रतिशत प्रभावित भएको हो। आवश्यक केही पत्रपत्रिका तथा रेडियोमा मात्रै भुक्तानी गरिएको उनले बताए।

यता रौतामाई गाउँपालिकाले अन्तिम खर्च विवरण सार्वजनिक गर्न सकेको छैन। लेखा शाखा प्रमुख भूपध्वज रायमाझीका अनुसार असार मसान्तसम्म भुक्तानी प्रक्रिया चलिरहे पनि त्यसपछि सूत्र प्रणाली बन्द भएकाले अन्तिम खर्च विवरण निकाल्न समस्या भएको हो।

बेलका नगरपालिकाको अवस्था पनि उस्तै छ। आर्थिक प्रशासन प्रमुख अजित भट्टराईका अनुसार सूत्र प्रणाली बन्द भएपछि कुल बजेट र खर्चको अन्तिम विवरण निकाल्न नसकिएको हो।

उपलब्ध विवरणले उदयपुरका अधिकांश स्थानीय तहले आर्थिक वर्षको अन्त्यसम्म ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको देखाएको छ। तर दुई पालिकाले अझै अन्तिम वित्तीय विवरण सार्वजनिक गर्न नसक्दा जिल्लाको समग्र खर्चको पूर्ण चित्र आउन बाँकी छ। उपलब्ध तथ्यांकका आधारमा भने वित्तीय प्रगतिमा चौदण्डीगढी पहिलो र ताप्ली अन्तिम देखिएका छन्।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १९:३३
#udayapur
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः २ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ३ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्