Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बजारमा ‘भाडासेवा’ सार्वजनिक, मोबाइलमै सम्पूर्ण नियन्त्रण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन १३, २०८३

काठमाडौ ।  नेपालमा घर, फ्ल्याट, सटर, कार्यालय, अपार्टमेन्ट तथा व्यावसायिक भवनको व्यवस्थापन अझै पनि अधिकांश स्थानमा कागजी अभिलेख, डायरी वा एक्सेल फाइलमा सीमित छ ।

कतिपयले सामान्य एकाउन्टिङ सफट्वेयर प्रयोग गरेपनि त्यसले पूर्ण रुपमा डिजिटलाइज गर्न सकेको अवस्था छैन। यसले भाडा उठाउन ढिलाइ, हिसाब–किताबमा त्रुटि, सम्झौता व्यवस्थापनमा कठिनाइ तथा सम्पूर्ण सञ्चालन प्रक्रियालाई झन्झटिलो बनाउने गरेको छ।

यही चुनौतीलाई समाधान गर्न एजिनेक्स क्लाउडले नेपाली बजारमा आफ्नो नयाँ क्लाउड-आधारित प्रडक्ट ‘भाडासेवा’ सार्वजनिक गरेको छ। ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने नारासहित बजारमा आएको यो प्रणाली व्यवसायिक सम्पत्तिको सम्पूर्ण व्यवस्थापनका लागि विकसित गरिएको एकीकृत डिजिटल समाधान हो ।

साना घरधनीदेखि ठूला अपार्टमेन्ट, सपिङ मल, व्यवसायिक कम्प्लेक्स, बजार तथा प्रपर्टी व्यवस्थापन कम्पनीसम्मलाई लक्षित गरी तयार गरिएको ‘भाडासेवा’ले एउटै प्लेटफर्मबाट सम्पूर्ण व्यवस्थापन गर्न सकिने सुविधा प्रदान गर्छ।

सम्पूर्ण सम्पत्ति व्यवस्थापन अब एउटै प्रणालीमा

‘भाडासेवा’को प्रपर्टी एण्ड युनिट म्यानेजमेन्ट सुविधाले भवन, ब्लक, तला तथा प्रत्येक कोठा वा सटरको डिजिटल अभिलेख राख्छ। कुन युनिट खाली छ, कुन भाडामा छ, सम्झौता कहिले सकिन्छ, कति आम्दानी भइरहेको छ भन्ने सम्पूर्ण जानकारी रियल-टाइममै हेर्न सकिन्छ।

भाडावालाको सम्पूर्ण विवरण सुरक्षित

भाडावाल व्यवस्थापन (टेनान्ट म्यानेजमेन्ट)  प्रणालीमार्फत प्रत्येक भाडावालाको डिजिटल प्रोफाइल, प्रवेश तथा बहिर्गमन विवरण, सम्पर्क, सम्झौता अवधि र सम्पूर्ण इतिहास सुरक्षित राख्न सकिन्छ । यसले व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउँछ।

डिजिटल सम्झौता र सुरक्षित अभिलेख

अब कागजी सम्झौता बोकेर हिँड्नुपर्ने आवश्यकता पर्दैन । डिजिटल सम्झौता सुविधाले भाडा सम्झौता तयार गर्ने, पठाउने, डिजिटल हस्ताक्षर गर्ने तथा सुरक्षित रूपमा अभिलेख राख्ने सुविधा प्रदान गर्छ ।

भाडा उठाउनेदेखि डिजिटल भुक्तानीसम्म

रेन्ट इन्भोइस र भुक्तानी प्रणालीले मासिक भाडाको बिल स्वतः तयार गर्छ, डिजिटल भुक्तानीको सुविधा दिन्छ, भुक्तानी ट्र्याक गर्छ र रसिदसमेत स्वचालित रूपमा उपलब्ध गराउँछ ।

बिजुली–पानीको बिल पनि स्वचालित

युटिलिटी बिलिङ सुविधाले बिजुली, पानी लगायतका युटिलिटी मिटरको रिडिङ राख्ने, बिल गणना गर्ने तथा भाडासँगै एकीकृत रूपमा बिलिङ गर्ने सुविधा उपलब्ध गराउँछ ।

साझा खर्चको पारदर्शी व्यवस्थापन

अपार्टमेन्ट तथा व्यवसायिक भवनका साझा क्षेत्रको खर्च व्यवस्थापनका लागि सिएएम चार्जेज प्रणालीले साझा मर्मत तथा सञ्चालन खर्चको स्वचालित हिसाब र बिलिङ गर्छ ।

मर्मतसम्भारको सम्पूर्ण रेकर्ड

भवनमा देखिएका समस्या, मर्मतको अनुरोध, जिम्मेवारी तोक्ने, कामको प्रगति हेर्ने तथा सम्पन्न भएको विवरण राख्ने सुविधा मेन्टिनेन्स् म्यउानेजमेन्टमा उपलब्ध हुनेछ ।

खर्चदेखि आम्दानीसम्मको विस्तृत रिपोर्ट

रिपोर्ट र एनालाइसिसले आम्दानी, खर्च, भाडा संकलन, युनिटको अवस्था, आर्थिक विश्लेषण तथा व्यवसाय सञ्चालनसम्बन्धी विस्तृत रिपोर्ट तयार गर्छ। यसले तथ्यमा आधारित निर्णय लिन सहज बनाउँछ ।

कर्मचारी व्यवस्थापन पनि सहज

स्टाफ एण्ड रोल्स् सुविधाले कर्मचारीलाई फरक–फरक जिम्मेवारी र पहुँच प्रदान गर्ने भएकाले सुरक्षा तथा व्यवस्थापन दुवै प्रभावकारी बन्छ।

हरेक सूचना समयमै

भाडा तिर्ने मिति, सम्झौता नवीकरण, बिल जारी, मर्मतसम्भार वा अन्य आवश्यक सूचनाहरू पुस नोटिपिकेसन, एसएमएस, इमेल तथा इन एप नोटिफिकेशन मार्फत सम्बन्धित व्यक्तिसम्म पुग्ने व्यवस्था गरिएको छ ।

मोबाइलमै सम्पूर्ण नियन्त्रण

‘भाडासेवा’ कम्प्युटर, ट्याबलेट र मोबाइलमा समान रूपमा सञ्चालन गर्न सकिने भएकाले जहाँबाट पनि सम्पूर्ण व्यवस्थापन गर्न सकिन्छ।

सुरक्षित डेटा र नियमित ब्याकअप

प्रणालीमा राखिएका सम्पूर्ण विवरण सुरक्षित रूपमा इन्क्रिप्ट हुने तथा नियमित ब्याकअप हुने भएकाले डेटा हराउने जोखिम न्यून हुन्छ।

भाडासेवाका प्रमुख विशेषतामा भाडा व्यवस्थापन,सटर तथा युनिट व्यवस्थापन, डिजिटल सम्झौता, डिजिटल तथा अनलाइन भुक्तानी, ब्याकअप तथा सुरक्षित डेटा, सूचना तथा सञ्चार सुविधा, कर्मचारी व्यवस्थापन, सहज अनुगमन तथा रिपोर्टिङ, मर्मतसम्भार व्यवस्थापन, कार्यक्रम तथा इभेन्ट बुकिङ जस्ता प्रमुख सुविधा रहेका छन् ।

कसका लागि कति उपयोगी ?

‘भाडासेवा’ विशेषगरी  सपिङ मल तथा रिटेल स्पेस व्यवस्थापन, आवासीय अपार्टमेन्टको भाडा तथा युनिट व्यवस्थापन, पसल, मार्केट तथा व्यवसायिक स्पेस व्यवस्थापन, तरकारी, किराना तथा दैनिक उपभोग्य वस्तुको बजार (मण्डी) व्यवस्थापन जस्ता क्षेत्रका लागि उपयोगी हुन्छ।

डिजिटल नेपालतर्फ अर्को पाइला

एजिनेक्स क्लाउडका अनुसार ‘भाडासेवा’ केवल एउटा सफ्टवेयर मात्र होइन, नेपालमा घरभाडा तथा व्यवसायिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने अभियान हो ।

समय, लागत र श्रम बचत गर्दै सम्पूर्ण व्यवस्थापनलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ विकसित गरिएको यो प्रणालीले नेपालमा प्रपर्टी म्यानेजमेन्टको अभ्यासलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै एजिनेक्स क्लाउड ले नेपाली बजारमा आधुनिक, भरपर्दो र प्रयोगमैत्री समाधानका रूपमा ‘भाडासेवा’ उपलब्ध गराएको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्