Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल बन्धनमा ‘का–बेमान ???...’
नेपाल बन्धनमा ‘का–बेमान ???...’ हजारौं शिक्षित बेरोजगार युवाहरुलाई रोजगार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन १६, २०८३

काठमाडौं । हातमा विश्वविद्यालयको डिग्री छ। परिवारको ठूलो सपना पूरा भएको छ। बुवाआमाले छोरा-छोरीलाई स्नातक, स्नातकोत्तर बनाएका छन्। तर, त्यो डिग्री बोकेर जागिर खोज्दै कार्यालय-कार्यालय धाउँदा एउटै प्रश्न बारम्बार सुनिन्छ-“अनुभव छ ? कुनै सीप छ ?”

त्यही प्रश्नको उत्तर दिन नसक्दा हजारौँ शिक्षित नेपाली युवा आज घरमै बेरोजगार बस्न बाध्य छन्। प्रमाण-पत्रको फाइल बाक्लिँदै जान्छ, तर रोजगारीको ढोका खुल्दैन। यही पीडाले कतिपय युवालाई विदेशिन बाध्य बनाएको छ भने कतिपय आत्मविश्वास गुमाएर निराशाको भुमरीमा फसेका छन्।

नेपालमा शिक्षित बेरोजगारी अहिले सामाजिक तथा आर्थिक चुनौतीका रूपमा देखिएको छ। विश्वविद्यालयबाट प्रत्येक वर्ष हजारौँ विद्यार्थी उत्तीर्ण भए पनि उनीहरूको शिक्षा श्रमबजारको वास्तविक मागसँग मेल खान नसक्दा अपेक्षित रोजगारी प्राप्त गर्न कठिन भइरहेको छ। यस्तो अवस्थामा डिग्रीसँगै व्यावसायिक सीपको आवश्यकता झन् बढ्दै गएको छ।

हालै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-२, आलापोटमा यस्तै एउटा घटना देखियो, जसले हजारौँ युवाका साझा समस्यालाई उजागर मात्र गरेन, समाधानको एउटा व्यावहारिक बाटो पनि देखायो।

का बेमान थेगोबाट घर–घरमा परिचित मात्र नभइकन सुपरहिट कलाकार रवि डंगोल आफ्नी दिदीको घर पुगेका थिए। पारिवारिक भेटघाटका क्रममा उनकी भाञ्जी प्रालिन्सा कोइरालासँग भर्‍याङ उक्लने क्रममा नै भेट हुन्छ।

हातमा डिग्री वोकेकी निराश भाञ्जीलाई देख्छन्।  कुराकानी भयो। प्रालिन्साले डिग्री पास गरिसकेकी थिइन्। राम्रो पढेकी, आत्मविश्वासी पनि। तर एउटा पीडा उनको मनमा थियो-“डिग्री छ, तर जागिर छैन।”

उनले सुनाइन्-धेरै ठाउँमा आवेदन दिइयो, अन्तर्वार्ता पनि दिइयो, तर जहाँ गए पनि व्यावसायिक सीप र अनुभवको कुरा उठ्यो। अन्ततः उनले आफू बेरोजगार भएर बस्नुपरेको वास्तविकता पोखिन्। भाञ्जीको पीडा सुनेपछि बेमान रवि डंगोलले एउटा निर्णय गरे। उनले उनलाई सीधै काठमाडौंको आलापोट स्थित नेपाल बन्धन सेक्युरिटी तथा सीटीईभीटी तालिम केन्द्रको प्रधान कार्यालय नै पुर्‍याए।

त्यो केवल एक भाञ्जीलाई तालिम केन्द्र पुर्‍याउने घटना थिएन, आजका लाखौँ नेपाली युवाका लागि एउटा सशक्त सन्देश थियो- “डिग्रीसँगै सीप पनि चाहिन्छ।” नेपालमा हरेक वर्ष हजारौँ विद्यार्थी विश्वविद्यालयबाट उत्तीर्ण हुन्छन्। तर शिक्षा र श्रमबजारबीचको दूरी अझै घट्न सकेको छैन।

विद्यालय र विश्वविद्यालयले ज्ञान दिन्छन्, तर रोजगार बजारले दक्षता खोज्छ। प्रमाणपत्रले अवसरको ढोका ढकढक्याउन सक्छ, तर ढोका खोल्ने चाबी भने सीप नै हो। यही कारण आज धेरै कम्पनीले प्रमाणपत्रभन्दा काम गर्न सक्ने क्षमता, समस्या समाधान गर्ने दक्षता, प्रविधिको प्रयोग, अनुशासन र व्यवहारिक अनुभवलाई प्राथमिकता दिन थालेका छन्। अहिले रोजगारदाताहरू के पढेको ? भन्दा पनि के गर्न सक्छ ? भन्ने प्रश्नमा बढी केन्द्रित देखिन्छन्।

यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाल बन्धन सेक्युरिटी तथा सीटीईभीटी तालिम केन्द्रले वर्षौँदेखि युवालाई आत्मनिर्भर बनाउने अभियान सञ्चालन गर्दै आएको छ। सुरुमा सुरक्षा क्षेत्रमा मात्र केन्द्रित संस्था अहिले बहुआयामिक सीप विकास केन्द्रका रूपमा विस्तार भएको छ।

यहाँ सुरक्षा तालिमसँगै-सिलाइ तथा फेसन डिजाइन, व्युटिसियन, प्लम्बिङ, इलेक्ट्रीसियन, मोबाइल तथा ल्यापटप मर्मत, कम्प्युटरसम्बन्धी तालिम,तथा अन्य रोजगारमुखी प्राविधिक कार्यक्रम सञ्चालन भइरहेका छन्। यी तालिमको उद्देश्य केवल प्रमाणपत्र बाँड्नु होइन, आफ्नो खुट्टामा उभिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो।

तालिमपछि धेरै युवाले स्वरोजगार सुरु गरेका छन् भने कतिपयले निजी कम्पनी तथा विभिन्न क्षेत्रमा रोजगारीको अवसर पनि प्राप्त गरिरहेका जिकिर केन्द्रका अध्यक्ष तथा महाप्रवन्धक बिष्णुमान श्रेष्ठको छ।

नेपाल बन्धनको दावी सीप नै भविष्यको पासपोर्ट

नेपाल बन्धन सेक्युरिटी सीटीइभीटी तालिम केन्द्रका अध्यक्ष तथा महाप्रवन्धक विष्णुमान श्रेष्ठ का अनुसार संस्थाले दशकौँदेखि हजारौँ युवालाई सुरक्षा तालिम दिएर रोजगारीसँग जोडेको छ।

पछिल्ला वर्षहरूमा भने समयको मागअनुसार सीटीईभीटी मान्यताप्राप्त विभिन्न प्राविधिक तालिम सञ्चालन गर्दै युवालाई स्वरोजगार र रोजगारतर्फ उन्मुख गराउने अभियानलाई अझ प्रभावकारी बनाइएको छ। उनले भने, “आजको युगमा सीप भएका युवाले काम खोज्नुपर्दैन, काम आफैँ खोज्दै आउँछ। आत्मविश्वास, मेहनत र व्यावसायिक दक्षता भए अवसरको कमी हुँदैन।”

नेपाल बन्धन सेक्युरिटी को अर्को विशेषता भनेको सामाजिक उत्तरदायित्व पनि हो। संस्थाले अपाङ्गता भएका महिला–पुरुष, द्वन्द्वपीडित, आर्थिक रूपमा विपन्न समुदाय तथा दुर्गम क्षेत्रका युवालाई विशेष प्राथमिकतामा राखेको छ। आवश्यक परे प्रशिक्षकलाई सम्बन्धित स्थानमै पठाएर ‘अन–द–स्पट’ तालिम सञ्चालन गर्ने योजना पनि संस्थाले अघि बढाएको छ। यसले सीप सिक्ने अवसरलाई राजधानीमा मात्र सीमित नराखी देशका विभिन्न समुदायसम्म विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रधान कार्यालय आलापोट, शाखा कार्यालय चाबहिल तथा कर्पोरेट कार्यालय ललितपुरको महालक्ष्मीस्थानबाट सेवा सञ्चालन भइरहेको छ। स्थानीय तह, निजी क्षेत्र र विभिन्न संस्थासँग सहकार्य गर्दै आवश्यकता अनुसार तालिम सञ्चालन गर्ने तयारीसमेत संस्थाले जनाएको छ।

आज अधिकांश युवाको सपना विदेश जाने हुन्छ। तर वास्तविकता के हो भने, विदेशमा पनि खोजिने कुरा डिग्रीभन्दा बढी सीप नै हो। चाहे नेपालमै बस्ने होस् वा वैदेशिक रोजगारीमा जाने, दक्षता र व्यवहारिक ज्ञानले नै रोजगारीको गुणस्तर निर्धारण गर्छ। सीप भएका व्यक्तिले नयाँ अवसर सिर्जना गर्न सक्छन्, आफ्नै व्यवसाय सुरु गर्न सक्छन् र अरूलाई समेत रोजगारी दिन सक्ने क्षमता विकास गर्न सक्छन्।

हाम्रो समाजमा अझै पनि “डाक्टर, इन्जिनियर वा सरकारी कर्मचारी” बन्नु मात्र सफलता भन्ने सोच बलियो छ। तर विश्व बदलिएको छ। अहिले दक्ष प्लम्बर, इलेक्ट्रीसियन, सुरक्षा विशेषज्ञ, कम्प्युटर प्राविधिक, फेसन डिजाइनर वा व्युटिसियन पनि सम्मानित र राम्रो आम्दानी गर्ने पेशामा स्थापित भइरहेका छन्।

त्यसैले अब अभिभावक, विद्यालय र विद्यार्थी सबैले बुझ्नुपर्ने कुरा एउटै होऔ-शिक्षा र सीप एकअर्काका विकल्प होइनन्, पूरक हुन्। विद्यालयले आधार तयार गर्छ भने व्यावसायिक सीपले त्यो ज्ञानलाई व्यवहारमा उतार्ने शक्ति दिन्छ।

बेमान थेगोवाट व्यापक चर्चित कलाकार रवि डंगोल र जेन–जी पुस्ताकी युवा प्रालिन्सा कोइरालाको काठमाडौंका. आलापोट स्थित नेपाल बन्धन सेक्युरिटी तालिम केन्द्रमा भएको भेट एउटा संयोग मात्र नभइकन त्यसले समाजलाई ठूलो सन्देश दिएको छ। सीपको सिकाउने केन्द्र देखाइदिएको छ।

बाटो क्लियर गरेर सीप सिक्न प्रेरित गरेको छ। हातमा सीप भएका कोही पनि भोकै बस्न नपर्ने गहकिलो सन्देश दिएको छ। तसर्थ। हजारौँ शिक्षित बेरोजगार युवाको समस्या समाधान गर्ने बाटो केवल नयाँ जागिर खोज्नु मात्र होइन, नयाँ सीप सिक्नु पनि हो।

नेपाल बन्धन सेक्युरिटी तथा सीटीईभीटी तालिम केन्द्रले यही सन्देशलाई व्यवहारमा उतार्दै युवालाई आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिरहेको छ। आजको प्रतिस्पर्धी संसारमा डिग्रीले परिचय दिन्छ, तर सीपले भविष्य बनाउँछ। यही सत्यलाई समयमै बुझ्न सके युवाले आफ्नै देशमा अवसर सिर्जना गर्न सक्छन्, आत्मनिर्भर बन्न सक्छन् र राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छन्।

आजको आवश्यकता केवल प्रमाणपत्र सङ्कलन गर्नु होइन, ज्ञानलाई व्यवहारमा उतार्ने सीप विकास गर्नु हो। जब शिक्षा र सीप एकसाथ अघि बढ्छन्, तब मात्र आत्मनिर्भर युवा, सक्षम समाज र समृद्ध नेपालको आधार तयार हुने कुरामा केन्द्रका अध्यक्ष बिष्णुमान श्रेष्ठ विश्वस्त देखिनु हुन्छ।

नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ०८:५४
#Nami #namiweekly #naminews #namisaptahik
प्रतिक्रिया दिनुहोस्
थप समाज
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्