Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चन्द्रमामा छोरी खोज्ने बुवा
चन्द्रमामा छोरी खोज्ने बुवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन १६, २०८३

हरेक साँझ सूर्य पश्चिम डाँडामुनि लुक्नासाथ उनी घरको कौसीमा उक्लिन्थे। हातमा चियाको कप हुन्थ्यो, तर चिया प्रायः चिसिन्थ्यो। उनको नजर भने आकाशमा बिस्तारै उदाउँदै गरेको चन्द्रमामै अडिन्थ्यो।

छोरी विदेश गएको धेरै वर्ष भइसकेको थियो। घरका कोठाहरू उस्तै थिए, तर हाँसो हराइसकेको थियो । भित्तामा झुन्डिएका पुराना तस्बिरहरू अझै उस्तै थिए, तर ती तस्बिरभित्रको चञ्चल बालापन अब सम्झनामा मात्रै बाँकी थियो ।

फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो, भिडियो कल पनि हुन्थ्यो, तर बुवाको मन भने त्यो सानो स्क्रिनले कहिल्यै भरिन सकेन। प्रविधिले अनुहार देखायो, तर स्पर्शको न्यानोपन, अँगालोको मिठास र सँगै बसेर चिया पिउने क्षण कहिल्यै फर्काउन सकेन।

“बाबा, आज यहाँ पनि चन्द्रमा देखिएको छ,” छोरीले एकदिन भनेकी थिई । त्यही दिनदेखि बुवाले हरेक रात चन्द्रमालाई छोरीको साथी ठान्न थाले। उनलाई लाग्थ्यो- यही चन्द्रमा त छोरीले पनि हेर्दै होली । फरक यत्ति हो, आकाशको कुनै कुनाबाट।

चन्द्रमा पूर्णिमा हुँदा उनको अनुहार उज्यालो हुन्थ्यो। बादलले ढाकिदिँदा उनी चिन्तित बन्थे- “आज छोरीले पनि चन्द्रमा देख्न पाइन कि ?”

श्रीमतीले कहिलेकाहीँ सोध्थिन्, “किन हरेक रात यसरी चन्द्रमा हेरिरहनुहुन्छ ?”

बुवा मुस्कुराउँदै भन्थे, “म चन्द्रमा हेर्दिनँ, मेरी छोरीको अनुहार हेर्छु ।”

त्यो एउटा वाक्यमा शब्दभन्दा धेरै माया थियो। त्यहाँ कुनै गुनासो थिएन, कुनै अपेक्षा थिएन, केवल एउटा बुवाको निस्वार्थ प्रेम थियो, जसले दूरीलाई कहिल्यै सम्बन्धमाथि हावी हुन दिएन ।

समय बित्दै गयो। उमेर ढल्किँदै गयो। तर बुवाको त्यो बानी कहिल्यै फेरिएन ।

एक रात छोरीको सन्देश आयो—

“बाबा, आज चन्द्रमा हेर्नुभयो ? मैले पनि हेरेँ । लाग्यो, तपाईं पनि यही चन्द्रमा हेरिरहनुभएको होला ।”

सन्देश पढ्दा बुवाको आँखाबाट आँसु झर्‍यो । उनले फेरि एकपटक चन्द्रमातिर हेरे। आज चन्द्रमा पहिलेभन्दा धेरै नजिक लागेको थियो। सायद दूरी हजारौँ किलोमिटरको हुन सक्छ, तर एउटै चन्द्रमाले बुवा र छोरीको माया कहिल्यै टाढा हुन दिएन।

किनकि संसारमा केही सम्बन्ध यस्ता हुन्छन्, जसलाई भेट्न जहाज चाहिँदैन, एउटा चन्द्रमा नै पर्याप्त हुन्छ।

नेपाली नोबल साहित्यकार एवं निकथाकार बिक्रम भक्त जोशीले चोभार ब्लुजको दोस्रो संस्करण सार्वजनिक गर्दैगर्दा वाचन गर्नुभएको यो कथाले मनको गहिराइसम्म छोयो ।

विदेशिएकी छोरीलाई सम्झेर हरेक रात एउटै चन्द्रमा हेर्दै बस्ने बुवाको त्यो प्रेम, प्रतीक्षा र मौन पीडाले आँखा रसाए। कथा सुन्दै गर्दा लाग्यो-संसारका सबै बुवाहरू आफ्ना भावनालाई शब्दमा होइन, प्रतीक्षामा लेखिरहेका हुन्छन् । तर कथाको सबैभन्दा हृदयविदारक क्षण भने अन्तिममा आउँछ।

बुवाको दुःखद निधन भएपछि मात्रै छोरी घर फर्किन्छे। घर पुगेर बुवाको सिरानीमा आफूलाई सम्बोधन गर्दै लेखिएको एउटा पत्र भेट्छे।

त्यो पत्रमा वर्षौँको माया, सम्झना, प्रतीक्षा र निस्वार्थ पितृत्व पोखिएको हुन्छ। तर त्यसबेला त्यो पत्र पढ्ने छोरीसँग आफ्ना बुवालाई एकपटक अँगालो हाल्ने अवसर भने सधैँका लागि गुमिसकेको हुन्छ ।

कल्पना गर्नुहोस्- वर्षौँदेखि आफूलाई पर्खिरहनुभएको बुवा अब ढोकामा हुनुहुन्न। “बाबा” भनेर बोलाउँदा फर्केर हेर्ने त्यो अनुहार अब सधैँका लागि मौन भइसकेको हुन्छ । बाँकी रहन्छन् केवल सम्झनाहरू, केही पुराना तस्बिर, सिरानीमुनि राखिएको एउटा पत्र र जीवनभर मन पोलिरहने एउटा पछुतो।

त्यही दृश्यले मेरो मन असाध्यै रुवायो। लाग्यो-जीवनमा धेरै कुरा पर्खन सक्छन्, तर आमा–बुवाको समयले कहिल्यै पर्खिँदैन। त्यसैले मैले कथामा आफ्नो भावनाको सानो ट्विस्ट थप्ने कोसिस गरेको हुँ । सायद कथाको अन्त्यभन्दा पनि यसको सन्देश अझ गहिरो होस् भन्ने चाहना मात्रै हो।

आदरणीय बिक्रम सर, तपाईंले चोभार ब्लुजको दोस्रो संस्करण सार्वजनिक गर्ने क्रममा सुनाएको यो कथाले केवल कथा सुनाएन, हजारौँ सन्तानलाई आफ्ना बुबाआमालाई सम्झिने एउटा ऐना पनि देखायो । 

जीवनको दौडधुप, करियर, सफलता र भविष्यको खोजीमा हामी यति धेरै व्यस्त हुन्छौँ कि हाम्रो प्रतीक्षामा हरेक साँझ ढोकातिर हेर्ने दुई जोडी आँखालाई बिर्सिन थाल्छौँ। 

विदेशमा भएका सबै छोराछोरीका लागि यो कथा एउटा मौन सन्देश हो-फोन गर्ने समय निकाल्नुहोस्, भेट्न सक्नुहुन्छ भने भेट्न जानुहोस्। किनकि एक दिन चन्द्रमा त उस्तै उदाउँछ, तर त्यसलाई सँगै हेर्ने बुवा वा आमा नहुन पनि सक्छन् ।

जीवनमा सबैभन्दा महँगो पछुतो त्यो होइन, जुन पैसा गुमाएर आउँछ; सबैभन्दा महँगो पछुतो त्यो हो, जब समय हुँदाहुँदै पनि हामीले आफ्ना बुबाआमालाई समय दिन सक्दैनौँ। उनीहरूलाई चाहिने धन, उपहार वा ठूलो उपलब्धि होइन- कहिलेकाहीँ एउटा फोन, एउटा अँगालो, एउटा “तपाईंलाई सम्झिरहेको छु” भन्ने वाक्य नै पर्याप्त हुन्छ ।

किनकि बुवाको माया चन्द्रमा जस्तै हुन्छ- कहिल्यै नओइलिने, कहिल्यै नथाक्ने। हामी जहाँ भए पनि त्यो माया सधैँ हाम्रो आकाशमाथि चम्किरहन्छ। तर दुःखको कुरा, त्यो चन्द्रमालाई देख्ने आँखाहरू एक दिन सधैँका लागि बन्द हुन्छन्।

त्यसैले, आज राति चन्द्रमा उदाउँदा एकपटक आकाशतिर हेर्नुहोस् । यदि तपाईंका बुबाआमा जीवित हुनुहुन्छ भने तुरुन्तै फोन गर्नुहोस्। सम्भव छ भने घर फर्कनुहोस् । किनकि समयले एकपटक खोसेको अँगालो संसारको कुनै शक्तिले फर्काउन सक्दैन।
 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप समाज
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्