Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन १७, २०८३

काठमाडौ । नेपलिज फेसन होमले हरेक वर्ष झै‌ यस वर्ष पनि राजधानीमा आयोजना गर्न लागेको नेपाल टेलिकम मिस नेवाः नेपालअन्तर्गतको ट्यालेन्ट शो गौशालाको पशुपति भिजनस्थित होटल पौवामा सम्पन्न भएको छ ।

१९औँ संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ अन्तर्गतको ट्यालेन्ट शोमा १७ जना सहभागीले आफूमा अन्र्तनिहीत विभिन्न सिर्जनात्मक प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतिस्पर्धीहरूले नेवारी गीतमा नृत्य, गायन, चित्रकला, बाँसुरी वादन, कुमारी नृत्य तथा वक्तृत्वकलालगायत विविध प्रतिभा प्रस्तुत गर्दै निर्णायक मण्डल र अभिभावकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट शोमा अधिकांश प्रतिस्पर्धीले नेवारी गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

ntc-1785679686.jpg

प्रतियोगितामा सारिका महर्जन, तिसा शाक्य, निश्ला महर्जन, हिमानी प्रधान, प्रिस्टिन अवाले, रेजिना बज्राचार्य, दुर्गा देउला, सबनम शाक्य, सोनिया महर्जन, दृष्टि महर्जन, कल्शा अवाले, मिकिशा महर्जन, जेस्सिका श्रेष्ठ, करुणा चक्रधर, शिक्षा महर्जन, अनुस्का नकर्मी र लक्की महर्जन सहभागी छन्।

नेपालिज फेसन होम तथा फाइट फर लाइफ नेपालकी अध्यक्ष एवं मिस नेवाः की आयोजक हेमा मानन्धरको सभापतित्व, प्रोफेसर डा. बिमला शाक्यको प्रमुख आतिथ्यता तथा मिस नेवाः नेपा ११४५ प्रलिशा शाक्य, नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाकी महासचिव प्रोफेसर दिव्यालक्ष्मी बज्राचार्य, मिस नेवाः ११४५ सेकेन्ड रनर्सअप लुमना महर्जन, मिस नेवाः ११४५ मिस ट्यालेन्ट श्रद्धा महर्जन, मिस लिटिल नेवाः मिस ट्यालेन्ट ११४१ नयना शाक्य र मेकअप आर्टिस्ट मञ्जु कार्की पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट शोबाट मिस नेवाः मिस ट्यालेन्ट छानिने आयोजकले जनाएका छन्।

आयोजकका अनुसार यो उपाधिको विजेताको घोषणा मिस नेवाः नेपालको अन्तिम स्पर्धाको दिन आगामी भदौ ६ गते गरिनेछ । ट्यालेन्ट शो को निर्णायक मण्डलमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका उप–प्राचार्य जीवेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि.का अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, सञ्चारकर्मी, प्राध्यापक, उद्यमी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्व अध्यक्ष अनिल स्थापित तथा नृत्य प्रशिक्षक गंगा महर्जन रहेका थिए ।

ntc-2-1785679719.jpg

कार्यक्रममा अध्यक्ष हेमा मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्दै नेवारी भाषा, कला, परम्परा, संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तामा हस्तानरणका लागि मिस नेवाः आयोजना गरिँदै आएको बताइन् ।

फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिलकुमार महर्जन सह–आयोजक रहेको ट्यालेन्ट शो सकिना महर्जन, प्रलिशा शाक्य र मिस नेवा सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी र कृषा महर्जनको प्रमुख संयोजनमा सम्पन्न भएको थियो।

आगामी भदौ ६ गते अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षण तथा नेवा सकिना महर्जन, मिस नेवा प्रलिशा शाक्य र मिस नेवा सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको सह–संयोजन र मिस नेवाः कृषा महर्जनको संयोजनमा सम्पन्न हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १९:५६
#nepaltelecom #missnewa #talentshow
प्रतिक्रिया दिनुहोस्
थप समाज
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्