Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन १८, २०८३

काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।

‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कार्यत्रक्रमको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।

कन्क्लेभका संयोजक राजु टण्डनले प्रतिभाशाली युवाको विदेश पलायन मुलुकका लागि चुनौती भएकाले स्वदेशमै अवसर सिर्जना गर्न निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

KYC-YOUTH-CONCLAVE-2026-PROGRAM--1-1785720018.jpg

कन्क्लेभमा यस वर्षको ‘केवाईसी युथ आइकन अवार्ड २०२६’ विश्वप्रसिद्ध पर्वतारोही मिमा डेभिड शेर्पालाई प्रदान गरिएको थियो। उनलाई नगद एक लाख रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी, इन्जिनियर सुलभ राज श्रेष्ठसहित ‘जेन्जी’ शहीद तथा नायकहरूको योगदानको कदर गर्दै उनीहरूका परिवारलाई पचास हजार रुपियाँ नगद सहयोगसहित विशेष सम्मान गरिएको थियो ।

सोही अवसरमा सुलभ राज श्रेष्ठका पिता नरेन्द्र श्रेष्ठले युवाहरूलाई गुरु र अभिभावकप्रति सम्मानभाव राख्न तथा भ्रष्टाचारविरुद्ध सचेत भएर उभिन आग्रह गरेका थिए ।

कार्यक्रमका क्रममा पाकिस्तानको हिमाल क्षेत्रमा हिमपहिरोमा परी पर्वतारोही निर्मल (निम्स) पुर्जा र उनको टोलीको निधन भएको खबर पुष्टि भएपछि उपस्थित सबैले एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाउँदै युवालाई लक्ष्यप्रति दृढ रहँदै देशको भविष्य निर्माणमा सक्रिय हुन प्रेरित गरेका थिए ।

यस्तै, पर्वतारोही कविता नेपाली, हास्य कलाकार मेक्सम गौडेल, सामग्री सर्जक साई ग्रेस, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले, गायक बृजेश श्रेष्ठ, पारस वम ठकुरी (कुल ब्वाइ), कन्टेन्ट क्रियटर कुशुम नेपाल, गायक तथा संगीतकार एसटी म्यान, एक्सपर्ट डाइरेक्टर खेम संग्रौलालगायतले आफ्ना अनुभव र प्रस्तुति प्रस्तुत गरेका थिए ।

एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको कार्यक्रममा एनसेल फाउन्डेसनसहित विभिन्न संस्थाको सहयोग रहेको थियो। कार्यक्रममा शिक्षा, खेलकुद, प्रविधि तथा नेतृत्व विकासका क्षेत्रमा युवाको सक्रिय सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  ०७:०७
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग बिहीबार, भदौ १८, २०८३
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड
नाडा अटोमोबाइल प्रदर्शनीमा भिडामभीड मंगलबार, भदौ ९, २०८३
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो
बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पो बुधबार, साउन २७, २०८३
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब
नाइमा नेपाल मोबिलिटि एक्सपो आकर्षणको हब बुधबार, साउन २७, २०८३
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः ३ शंकर ग्रुपले गरे ४ करोड सहयोग
  • नंः ४ अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
  • नंः ५ नामी साप्ताहिक
विचार
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्