Top Navigation
  • Contact
Main Navigation
आइतबार, कात्तिक १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, कात्तिक १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार सुरुङभित्र जीवन, बाहिर राजनीति किन ?
विदुर कटुवाल
विदुर कटुवाल बिहीबार, भदौ १८, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी बाढीले सुरुङभित्र नागरिक थुनिँदा राज्यको उद्धार क्षमता पनि सुरुङमै अड्किएको छ । नागरिकको जीवन र मृत्युबीचको दूरी प्रत्येक घण्टासँग छोटिँदै जाँदा सरकार भने प्राविधिक कठिनाइको व्याख्या गर्दैछ । 

बुधबार संसद्मा देखिएको दृश्यले सरकारको संकट व्यवस्थापनमाथि उठेको गम्भीर प्रश्नलाई थप स्पष्ट बनायो । प्रधानमन्त्री बालेन्द्र शाह उर्फ बालेनले सुरुङभित्रको उद्धार जटिल रहेको बताए । बाढीसँगै पसेको लेदो, माटो र हिलोका कारण सुरुङको बाटो बन्द भएको, स्काभेटर अडिन नसक्ने र हेलिकप्टर अवतरण गर्न कठिन रहेको उनको तर्क थियो ।

तर प्रतिपक्षको प्रश्न फरक थियो–कठिनाइ थाहा हुँदाहुँदै सरकारले समयमै विकल्प किन खोजेन ? विपद् व्यवस्थापनको अर्थ सहज अवस्थामा उद्धार गर्नु होइन । कठिन, जोखिमपूर्ण र असम्भवजस्तो देखिने परिस्थितिमा पनि नागरिक बचाउने उपाय खोज्नु राज्यको जिम्मेवारी हो । यदि ‘भूगोल कठिन छ’, ‘मौसम खराब छ’, ‘लेदो धेरै छ’ भन्दै राज्य आफ्नो सीमाको व्याख्यामै सीमित हुने हो भने संकटका बेला शक्तिशाली राज्य संयन्त्रको औचित्य के रहन्छ ? 

संसद्मा कांग्रेसदेखि एमाले, नेकपासम्म र साना दलका नेताले समेत सरकारमाथि लगभग एउटै प्रश्न उठाए–उद्धारमा ढिलाइ किन भयो ? राजनीतिक दलबीच अन्य विषयमा जति मतभेद भए पनि भोटेकोशी विपद्मा सरकारको समन्वय क्षमता कमजोर देखिएको प्रश्नमा विपक्षीहरू लगभग एक ठाउँमा उभिएका छन् । यसलाई सामान्य राजनीतिक आरोप÷प्रत्यारोप भनेर पन्छाउन सरकारलाई सजिलो छैन । 

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आरोप झनै गम्भीर छ । उनका अनुसार सरकार सक्रिय देखिए पनि प्रदेश, स्थानीय तह, निजी क्षेत्र र आवश्यक परे अन्तर्राष्ट्रिय दक्ष जनशक्तिसमेतलाई प्रभावकारी रूपमा परिचालन गर्न सकेन । संघीयता भएको मुलुकमा विपद् व्यवस्थापन सिंहदरबार एक्लैले गर्न सक्दैन । सरकारको एक्लै गर्न खोेजेको छ । 

स्थानीय तहसँग तत्काल सूचना हुन्छ । प्रदेशसँग क्षेत्रीय संयोजनको क्षमता हुन्छ । संघसँग राष्ट्रिय स्रोत र अन्तर्राष्ट्रिय सम्बन्ध परिचालन गर्ने अधिकार हुन्छ । तर तीनै तहका सरकारलाई एउटै उद्धार कमाण्डमा जोड्न नसक्नु प्राकृतिक विपत्ति होइन, प्रशासनिक कमजोरी हो । यहीँ सरकारको सबैभन्दा ठूलो कमजोरी देखिन्छ । संकटलाई नियन्त्रण गर्नुभन्दा संकटको व्याख्या बढी भयो । 

प्रधानमन्त्रीले भारत, चीन र कोरियाका प्राविधिकसँग समन्वय भइरहेको बताएका छन् । तर संकटमा परेको नागरिकका परिवारले ‘समन्वय भइरहेको छ’ भन्ने वाक्यबाट राहत पाउँदैनन् । उनीहरूलाई चाहिएको परिणाम हो । विदेशी विज्ञसँग कहिले सम्पर्क भयो ? उनीहरू कहिले घटनास्थल पुगे ? कस्ता उपकरण ल्याइए ? वैकल्पिक उद्धार मार्ग के खोजियो ? सुरुङभित्रको अवस्थाको प्राविधिक मूल्यांकन कसरी गरियो ? सरकारसँग यी प्रश्नको स्पष्ट उत्तर हुनुपर्छ । 

नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा उठाएको प्रश्न पनि यही हो । विदेशी विज्ञले सहयोग गर्न चाहँदा सरकारले अपेक्षित तत्परता नदेखाएको जनगुनासो रहेको उनको भनाइ थियो । यसमा राजनीति खोज्नुभन्दा सरकारको प्रतिक्रिया खोज्नु आवश्यक छ ।

कुनै पनि आधुनिक राज्यले आफ्नो क्षमता सीमित भएको अवस्थामा सहायता माग्न हिच्किचाउँदैन । नागरिक बचाउन राष्ट्रिय स्वाभिमानको भाषणभन्दा आधुनिक प्रविधि र विशेषज्ञता ठूलो हुन्छ । सुरुङ उद्धार सामान्य पहिरो हटाउने काम होइन ।  त्यसका लागि विशेष उपकरण, भूमिगत संरचना बुझ्ने विज्ञ र उच्च जोखिमयुक्त उद्धार प्रविधि आवश्यक पर्छ । 

नेपालसँग त्यस्तो क्षमता पर्याप्त नभए अन्तर्राष्ट्रिय सहयोग तत्काल स्वीकार गर्नु कमजोरी होइन, जिम्मेवारी हो । तर, सरकारको त्यो जिम्मेवारी पुरा गरेको देखिँदैन । संसद्मा प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार संकट समाधानभन्दा आफ्नो बचाउमा बढी केन्द्रित देखिएको आभास दिएको छ । 

प्राविधिक कठिनाइ वास्तविक हुन सक्छ । सुरुङभित्रको अवस्था असाधारण हुन सक्छ । उद्धारकर्मीले ज्यान जोखिममा राखेका हुन सक्छन् । तर यी सबै तथ्य हुँदाहुँदै पनि सरकारको राजनीतिक र प्रशासनिक जिम्मेवारी समाप्त हुँदैन । बरु संकट जति कठिन हुन्छ, नेतृत्वको जिम्मेवारी त्यति बढ्छ । 

सरकारले उद्धारकर्मीलाई हतोत्साहित नगर्न आग्रह गरेको छ । यो आग्रह स्वाभाविक हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरूले जोखिम मोलेर काम गरिरहेका छन् । उनीहरूको साहस र प्रतिबद्धतामाथि प्रश्न उठाउन मिल्दैन । तर सुरक्षाकर्मीको प्रशंसा गर्दै राजनीतिक नेतृत्वमाथिको प्रश्न बन्द गर्न खोज्नु गलत हुन्छ । उद्धारकर्मीले जोखिम उठाइरहेका छन् भने सरकारको नेतृत्वकर्ता दल प्रधानमन्त्रीले जिम्मेवारी उठाउनुपर्छ । 

विपद् व्यवस्थापन असफल हुँदा दोष तल्लो तहका कर्मचारी र सुरक्षाकर्मीमाथि थोपरेर राजनीतिक नेतृत्व उम्कन सक्दैन । संकटमा निर्णय गर्ने नेतृत्व हो । स्रोत जुटाउने नेतृत्व हो । अन्तर्राष्ट्रिय सहायता स्वीकार गर्ने नेतृत्व हो । तीन तहका सरकारलाई एउटै कमाण्डमा ल्याउने पनि नेतृत्व प्रधामन्त्रीको हो । सरकारको हो । त्यसैले भोटेकोशी विपद्ले अहिले प्रधानमन्त्री र सरकारको नेतृत्व क्षमतामाथि प्रश्न उठाएको छ । त्यस कारण प्रष्ट महावित्तिमा कमजोर सरकार देखियो । मजदुरको जीवन सुरुङभित्र हुँदा पनि बाहिर सत्ता पक्ष र प्रतिपक्षका राजनीतिक दलले राजनीतिका रोटी मात्र सेकिरहेको देखिन्छ । 

विपत्ति आएको पहिलो दिन सक्रिय देखिनु पर्याप्त हुँदैन । संकट लम्बिँदै जाँदा सरकारको गति पनि बढ्नुपर्छ । तर यहाँ समय बित्दै जाँदा नागरिकको चिन्ता बढेको छ भने सरकारको उत्तर प्राविधिक जटिलतामै सीमित देखिएको छ । प्रतिपक्षहरु त्यसैलाई मुद्दा बनाइरहेका छन् । यही कारण संसद्मा सरकारमाथि प्रश्न उठेको हो । एमाले नेता रामबहादुर थापाले प्रधानमन्त्रीले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने टिप्पणी गरेका छन् । यो केवल विपक्षीको राजनीतिक आग्रह होइन, संकट व्यवस्थापनको सन्देश पनि हो । विपत्तिको सामना सामान्य प्रशासनिक शैलीबाट हुँदैन । त्यसका लागि युद्धस्तरको निर्णय, एकीकृत कमाण्ड र परिणाममुखी कार्यशैली आवश्यक हुन्छ । 

तर सरकार अझै पनि नियमित प्रशासनिक प्रक्रियाकै गतिमा चलेको आरोपबाट मुक्त हुन सकेको छैन । भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाहरू प्रभावित भएका छन् । विद्युत् उत्पादन अवरुद्ध भएको छ । सडक र प्रसारण प्रणालीमा क्षति पुगेको छ । तर सबैभन्दा ठूलो प्रश्न भौतिक संरचनाको क्षति होइन । राज्यले नागरिकको जीवन बचाउन कति छिटो प्रतिक्रिया दियो ? कति काम गर्यो । विपत्तिलाई समान्य बनाउनु सरकार र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीको काम हो । तर, त्यो भएको देखिदैन । यही प्रश्नले सरकारको मूल्यांकन गर्नुपर्छ । 

नेपाल विपद्को जोखिममा रहेको देश हो । बाढी, पहिरो, भूकम्प र हिमताल विष्फोटका सम्भावना यहाँ नयाँ होइनन् । हरेक विपत्तिपछि उच्चस्तरीय समिति बन्छन् । प्रतिवेदन तयार हुन्छन् । कमजोरीको समीक्षा हुन्छ । फेरि अर्को विपत्ति आउँछ र राज्य पुनः अप्रस्तुत देखिन्छ । अनि अर्को सरकार आउँछ । त्यो सरकार पनि सुस्त बन्छ । यहाँ त्यही परम्परा दोहोरिएको छ । यो चक्र कहिलेसम्म चल्ने ? 

सरकारले अहिले आलोचनाबाट भाग्ने होइन, त्यसलाई स्वीकार गर्नुपर्छ । संसद्मा उठेका प्रश्नको राजनीतिक प्रतिवाद गर्नु भन्दा उद्धारको गति बढाउनु आवश्यक छ । विपक्षीले भनेको कुरा गलत साबित गर्ने सबैभन्दा राम्रो उपाय भाषण होइन, परिणाम हो । सुरुङभित्र फसेका नागरिकको उद्धार सफलतापूर्वक र छिटो गर्नु नै सरकारको सबैभन्दा ठूलो जवाफ हुनेछ । तर उद्धारमा भएको ढिलाइको समीक्षा पनि उत्तिकै आवश्यक छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०७:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्