Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, भदौ १३, २०८३

जीवन एउटा निरन्तर सिकाइको यात्रा हो । शिक्षा, अनुभव, व्यवहार, सहकार्य, सद्भाव, अनुशासन र अरूबाट सिक्ने संस्कारले मानिसलाई क्रमशः सक्षम र विज्ञ बनाउँदै लैजान्छ । त्यसैले विज्ञता कुनै पद, हैसियत वा प्रमाणपत्रले मात्र निर्धारण गर्ने विषय होइन । यो मानिसको सोच, व्यवहार, कार्यशैली र जिम्मेवारीबोधबाट प्रमाणित हुने गुण हो ।

वास्तविक विज्ञता घमण्डमा होइन, विनम्रतामा फुल्छ । आफूले धेरै जानेको छु भन्ने अहंकार गर्ने व्यक्ति साँच्चिकै विज्ञ नहुन सक्छ । बरु आफूले जानेको कुरा अरूसँग बाँड्न सक्ने, अरूको ज्ञान र अनुभवबाट सिक्न सक्ने, आफ्नो कमजोरी स्वीकार गर्न सक्ने र आवश्यक पर्दा आफूभन्दा कनिष्ठ व्यक्तिबाट समेत सिक्न सक्ने व्यक्ति नै वास्तविक अर्थमा विज्ञ हुन्छ ।

मान्छेको ज्ञान र क्षमता एक्लै निर्माण हुँदैन। परिवार, समाज, विद्यालय, कार्यालय, सहकर्मी, साथीभाइ र समुदायसँगको निरन्तर सम्पर्क तथा व्यवहारबाट मानिसले धेरै कुरा सिकिरहेको हुन्छ । एकअर्काप्रतिको सम्मान, सहकार्य र सद्भाव नै ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने आधार हुन् । किताबले ज्ञान दिन सक्छ, तर व्यवहारले त्यस ज्ञानको वास्तविकता झल्काउँछ ।

कुनै पनि देशको उन्नति, कार्यालयको सफलता, संस्थाको प्रतिष्ठा र व्यक्तिको समृद्धिको आधार केवल भौतिक स्रोत वा आर्थिक सम्पन्नता होइन । त्यसका लागि दक्ष, जिम्मेवार, इमानदार र विवेकशील जनशक्ति आवश्यक हुन्छ । राज्यले निर्माण गरेका नीति, नियम र कानुनलाई सिरोपर गर्दै तिनलाई व्यवहारमा इमानदारीपूर्वक कार्यान्वयन गर्ने व्यक्ति नै वास्तविक अर्थमा विज्ञ कहलिन योग्य हुन्छ ।

विज्ञताको अर्को महत्वपूर्ण परिचय कामप्रतिको उत्तरदायित्व हो । आफूले पाएको जिम्मेवारीलाई बोझ सम्झने होइन, अवसरका रूपमा ग्रहण गर्ने व्यक्ति नै संस्थाका लागि मूल्यवान् हुन्छ । काम बिग्रिँदा अरूलाई दोष दिने र सफलता प्राप्त हुँदा जस आफूले मात्र लिने प्रवृत्ति विज्ञताको परिचय होइन। विज्ञ व्यक्तिले सफलता सामूहिक प्रयासको परिणाम हो भन्ने बुझ्छ र असफलताबाट पाठ सिकेर सुधारको बाटो खोज्छ ।

वास्तविक विज्ञतासँग आक्रोश, द्वेष, प्रतिशोध र अहंकारले लामो समयसम्म स्थान पाउन सक्दैन । असहमति हुन सक्छ, विचार फरक हुन सक्छ, तर त्यसलाई शत्रुतामा बदल्नु विज्ञताको लक्षण होइन । सहनशीलता, संवाद, विवेक र संयमले असहमतिलाई पनि सकारात्मक परिणाममा रूपान्तरण गर्न सक्छ ।

विज्ञ व्यक्ति सबैप्रति सम्मानपूर्ण व्यवहार गर्छ। पद ठूलो हुँदैमा मानिस ठूलो हुँदैन; उसको व्यवहार ठूलो हुनुपर्छ । आफूभन्दा माथिल्लो पदमा रहेको व्यक्तिलाई मात्र सम्मान गर्ने र आफूभन्दा तल्लो तहमा काम गर्ने व्यक्तिलाई हेप्ने प्रवृत्तिले कसैलाई विज्ञ बनाउँदैन । कार्यालयको सहयोगी होस् वा उच्च पदाधिकारी, सबैको सम्मान गर्न सक्ने संस्कार नै सभ्य र सक्षम व्यक्तिको पहिचान हो ।

संस्थागत जीवनमा सबैभन्दा ठूलो चुनौती व्यक्तिगत स्वार्थ हो। जब व्यक्ति संस्थाभन्दा आफूलाई ठूलो ठान्न थाल्छ, त्यहाँ संस्थागत भावना कमजोर हुन्छ । वास्तविक विज्ञ व्यक्ति सधैँ “मेरो होइन, हाम्रो सफलता” भन्ने सोच बोकेर अघि बढ्छ । उसको सपना व्यक्तिगत लाभमा मात्र सीमित हुँदैन; संस्था राम्रो बनोस्, सहकर्मी सफल होऊन्, समुदाय अघि बढोस् र देश समृद्ध बनोस् भन्ने व्यापक सोच उसमा हुन्छ ।

त्यसैगरी, विज्ञता भनेको आफ्ना मान्छेको गल्तीलाई ढाकछोप गर्नु होइन । सहीलाई सही र गलतलाई गलत भन्न सक्ने निष्पक्ष सोच विज्ञताको अनिवार्य आधार हो । “आफ्नालाई काखा, अरूलाई पाखा” गर्ने प्रवृत्तिले केही समय व्यक्तिगत सम्बन्ध जोगाएजस्तो देखिए पनि दीर्घकालमा संस्था, समाज र परिवारलाई कमजोर बनाउँछ । आफ्ना भनिएकाले गरेको गल्तीलाई पनि गल्ती भन्न सक्ने साहस र सुधारका लागि सहयोग गर्न सक्ने संस्कार नै वास्तविक विज्ञता हो ।

निष्पक्षता बिना ज्ञान अधुरो हुन्छ। धेरै कुरा जानेर पनि गलतलाई समर्थन गर्ने व्यक्ति विद्वान् देखिन सक्छ, तर विज्ञ बन्न सक्दैन । किनकि विज्ञताको वास्तविक परीक्षा आफूलाई अनुकूल हुँदा होइन, आफूलाई प्रतिकूल अवस्थामा पनि सत्य र न्यायको पक्षमा उभिन सक्ने क्षमतामा हुन्छ ।

परिवारदेखि समाजसम्म, कार्यालयदेखि राष्ट्रसम्म सबै ठाउँमा आज हामीलाई ज्ञान मात्र होइन, ज्ञानसँगै विवेक, विनम्रता, सहनशीलता, निष्पक्षता र उत्तरदायित्व भएको जनशक्ति आवश्यक छ । आफ्नो ज्ञानप्रति गर्व गर्नुपर्छ, तर त्यो गर्व अरूलाई होच्याउने घमण्डमा परिणत हुनु हुँदैन । आफ्नो सफलतामा खुसी हुनुपर्छ, तर अरूको असफलतामा रमाउने प्रवृत्ति हुनु हुँदैन ।

अन्ततः विज्ञता भनेको आफूले कति जानेको छु भन्ने प्रदर्शन गर्नु मात्र होइन; आफूले जानेको ज्ञानलाई कसरी व्यवहारमा उतार्छु, अरूलाई कसरी सम्मान गर्छु, संस्थाप्रति कति उत्तरदायी हुन्छु र सत्य–न्यायको पक्षमा कति दृढ भएर उभिन्छु भन्ने कुरा हो ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ रूम नं १९४
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्