Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
शारदा बजगाईँ
शारदा बजगाईँ आइतबार, भदौ २१, २०८३

मानिसको जीवनमा स्वार्थ नआओस् भन्न सकिँदैन। आफ्ना आवश्यकता हुन्छन्, परिवार हुन्छ, जिम्मेवारी हुन्छ, सम्पत्ति र भविष्यप्रतिको चिन्ता हुन्छ।

जिउँदो हुँदा आफ्नो हित खोज्नु मानिसको स्वाभाविक प्रवृत्ति पनि होला । तर जब विपत्तिले जीवन र मृत्युको सीमा नै मेटिदिन्छ, जब कसैको सास फर्कने सम्भावना समाप्त भइसकेको हुन्छ, त्यतिबेला पनि यदि हामी स्वार्थमै अडिग रहन्छौँ भने हाम्रो संवेदनामाथि प्रश्न उठ्छ।

विपत्ति कसैको रोजाइ होइन। बाढी आउँदा धनी–गरिब छुट्याउँदैन, पहिरोले पद र प्रतिष्ठा हेर्दैन, भूकम्पले जात, धर्म र वर्ग सोध्दैन। प्राकृतिक विपत्तिको एउटा क्षणले मानिसलाई उसको सबै पहिचानबाट अलग पारेर केवल ‘मान्छे’ बनाइदिन्छ। त्यही बेला हाम्रो व्यवहारले हामी कति मान्छे हौँ भन्ने प्रमाणित गर्छ ।

हालका विपत्तिहरूमा राज्यका निकाय, सुरक्षाकर्मी, स्थानीय समुदाय, सामाजिक संस्था र सर्वसाधारणले देखाएको सहयोग र उद्धार भावना मानवताको सुन्दर उदाहरण हो । आफ्नो ज्यानको जोखिम मोलेर अरूको जीवन बचाउन दौडिनु, बेपत्ताको खोजी गर्नु, पीडितलाई खाना–कपडा उपलब्ध गराउनु र विस्थापितलाई आश्रय दिनु हाम्रो समाजमा अझै मानवता जीवित छ भन्ने प्रमाण हो।

तर विपत्तिको अँध्यारोबीच कहिलेकाहीँ देखिने असंवेदनशील दृश्यले भने मन चसक्क बनाउँछ । बाढीले बगाएर ल्याएका मृत शरीरहरूलाई बेवास्ता गर्दै भौतिक सामानको सुरक्षा र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति कुनै पनि सभ्य समाजका लागि शोभनीय हुन सक्दैन।

सामान हराउँदा दुःख हुन्छ, तर आफन्त हराउँदा संसार नै रित्तिन्छ । बगेर गएको सामान फेरि किन्न सकिन्छ। घर भत्किए फेरि बनाउन सकिन्छ। सम्पत्ति गुमे फेरि कमाउन सकिन्छ । तर मृत्युको मुखमा पुगेको जीवन फर्काउन सकिँदैन। त्यसैले विपत्तिमा सबैभन्दा पहिलो प्राथमिकता मानिसको जीवन र मानवीय गरिमा हुनुपर्छ ।

मृत शरीर केवल शरीर होइन। त्यो कसैको आमा हुन सक्छ, कसैको बुबा, कसैको सन्तान, कसैको जीवनसाथी, कसैको दाजु–भाइ वा दिदी–बहिनी। त्यो शरीरसँग कसैका हजारौँ सम्झना जोडिएका हुन्छन् । परिवारका लागि त्यो मृत शरीर आफ्नो प्रियजनसँगको अन्तिम सम्बन्ध हो।

त्यसैले बेपत्ता आफन्तको खोजीमा दिनरात भौँतारिएको परिवारले अन्ततः आफ्नो प्रियजनको शव भेट्दा पीडाका बीच पनि एउटा अधुरो कर्तव्य पूरा गर्ने अवसर पाउँछ । अन्तिम दर्शन, अन्तिम संस्कार र सम्मानपूर्वक विदाइ यी केवल धार्मिक वा सांस्कृतिक प्रक्रिया मात्र होइनन्, ती मानवीय मनलाई स्वीकार र शान्तितर्फ लैजाने गहिरा भावनात्मक आधार पनि हुन् ।

हाम्रो संस्कारले मृतकलाई सम्मान गर्न सिकाएको छ । संस्कार फरक हुन सक्छन्, अन्तिम विधि फरक हुन सक्छ, तर भावना एउटै हुन्छ। मृतकप्रति सम्मान र परिवारप्रति संवेदना ।

त्यसैले विपत्तिमा भेटिएको शवलाई ‘कसैको काम नलाग्ने वस्तु’ सम्झनु मानवताको अपमान हो। त्यो कसैको संसारको अन्तिम बाँकी चिनो हो। त्यसलाई सुरक्षित राख्नु, पहिचान गर्नु, परिवारलाई खबर गर्नु र सम्मानपूर्वक अन्तिम संस्कारको वातावरण बनाउनु समाज र राज्य दुवैको जिम्मेवारी हो।हामीले कहिलेकाहीँ आफूलाई ऐनामा हेरेर प्रश्न गर्नुपर्छ । “यदि त्यो शव मेरो आफ्नै परिवारको सदस्यको हुन्थ्यो भने, म सामान खोज्थेँ कि आफन्त ?”
उत्तर हामी सबैलाई थाहा छ ।

विपत्तिमा मानवीय संवेदना हराउन नदिऔँ। पीडितको दुःखलाई अवसर नबनाऔँ। मृतकको शरीरलाई उपेक्षा नगरौँ। संकटको घडीमा कमजोरमाथि स्वार्थको बोझ नथपौँ। आज अरूको पीडा हो भनेर चुप लाग्ने हो भने भोलि हाम्रो पीडामा पनि संसार चुप लाग्न सक्छ। मानवता लेनदेन होइन; यो संकटमा देखिने चरित्र हो । जिउँदासँग सहयोग गरौँ, घाइतेसँग सहानुभूति राखौँ,बेपत्ताको खोजी गरौँ,
र मृतकसँग कम्तीमा मानवता देखाऔँ ।

किनकि अन्ततः मानिसले संसार छोडेर जाँदा उसले आफ्नो धन सम्पत्ति लिएर जाँदैन। बाँकी रहन्छ त उसको सम्झना, उसको सम्बन्ध र उसलाई अन्तिम क्षणसम्म दिइएको सम्मान।सास रहेसम्म स्वार्थ हुन सक्छ, तर सास रोकिएपछि स्वार्थको कुनै अर्थ हुँदैन। त्यसैले साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ ।

नामी साप्ताहिक

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ मंगलबार, साउन १९, २०८३
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ मंगलबार, साउन १९, २०८३
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! बिहीबार, साउन १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः ३ शंकर ग्रुपले गरे ४ करोड सहयोग
  • नंः ४ अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
  • नंः ५ नामी साप्ताहिक
विचार
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्