Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, कात्तिक ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे आइतबार, भदौ २१, २०८३

रसुवाको भोटे कोशीमा आएको विध्वंसकारी बाढीले सम्पूर्ण नेपालीलाई धेरै नै चिन्तित तुल्याएको छ। राम्रोसँग खान, बस्न र निदाउन पनि नसक्ने अवस्थामा अहिले प्राय नेपालीहरू पुगेका छन् । बाढी के कारणले आयो ? कसरी आयो ? र किन आयो भन्ने कुराको सम्बन्धित विषयको विज्ञहरूले जति राम्रोसँग बुझेका छन्, त्यति हामी कसैले पनि बुझेका छैनौँ ।

भविष्यमा यस्ता घटनाहरू नघटोस् र घटेमा पनि मानव क्षति नहोस् भन्ने अभिप्रायले हामी सबैमा यस्तो समस्यासँग जुध्नका लागि सचेतनाको आवश्यकता पर्दछ । तर, यसका लागि हामीले विज्ञहरूकै अनुसरण नगरी हुँदैन । त्यसैले पनि हामीले जलवायु सम्बन्धी अन्य कुराहरूमा भन्दा यस्तो घटनाबाट कसरीआफू बच्ने र अरुलाई बचाउने भन्ने ज्ञान पर्याप्त रूपले लिन सक्नु नै आज हाम्रो लागि मुख्य परिस्थितिजन्य विषय बनेको छ।

सम्भवत नेपालको इतिहासमा हामीले नभोगेका कुरा अहिले भोग्नुपर्‍यो । तर यो घटनाले दिएको चिन्ता र पीडालाई मात्र हामीले सम्झेर बसेर अथवा पिरोलिएर  समस्यासँग हामीले लड्न सक्दैनौ । त्यसैले नेपालमा र संसारभरि हामी छरिएर रहेका सबै नेपालीहरूले विविध राजनैतिक विचारधारा र सिद्धान्तबाट पैदा हुनेआपसी मनोमालिन्य बिर्सेर हातेमालो गरी समस्याको समाधानार्थ अगाडि बढ्नुनै आफ्नो कर्तव्य र दायित्व मान्नै पर्छ। अन्यथा विगतको जस्तो सधैँ हरेक कुरामा राजनीति गर्ने हाम्रो संस्कार यो संकटकालीन परिस्थितिमा पनि  रह्यो भने हामी मान्छे हौँ भन्ने अधिकार पनि हामीले गुमाउनेछौँ ।

यो दुःखदायी घटना घटेपछि भएका उद्धार र राहत वितरणका कार्यहरूमा देखिएको  आपसी विवाद यस्तो विषम परिस्थितिमा हाम्रो लागि सुहाउने कुरा होइन । यस्तो बेलामा त हामीले उद्धार र राहतमा लागेका राष्ट्रसेवकहरू र अन्य सबैलाई उनीहरुले आफ्नो शक्ति र गक्षअनुसार गरेका कामहरूलाई हौसला दिने कार्य गर्न सक्नु पर्छ । दोष मात्र लगाउने र खोट मात्र देखाउने विगतको हाम्रो संस्कारलाई यस्तो परिस्थितिमा पनि हामीले निरन्तरता दिनु भनेको हाम्रो लागि आफैले आफ्नो खुट्टा बन्चरोले काटे सरह नै हुन्छ ।

आफूसँग सम्बन्धित रगतका नाताहरू र आफन्तहरू गुमाउनुपर्दाको पीडालाई वास्तवमा सहन संसारको कुनै पनि मान्छेले सक्दैन। यो कुरा सत्य हो। तर के गर्ने नहुनु भइसक्यो । प्राकृतिक विपतसँग कसको के लाग्छ । त्यसैले यस्तो बेलामा सम्यमता धैर्यता र एक आपसमा करुणाभाव सबैले राखेर समस्याबाट बाहिर कसरी आउन सकिन्छ त्यसमा मात्र केन्द्रित भएर अगाडि बढ्नु बाहेक अरु विकल्प कुनै पनि छैन र हुँदैन।

हुन त हामी सकारात्मक कुरा र राम्रा कुराहरु छिट्टै सिक्न सक्ने मनस्थितिका छैनौँ । विगतमा हाम्रो देशमा भएको राजनैतिक विकृतिहरूले पनि यो कुरालाई राम्रैसँग दर्शाउँछ । यो पंक्तिकारले यो कुरा किन यहाँ उल्लेख गरेको भने संसारका अन्य देशहरूमा पनि यस्ता प्राकृतिक विपतहरू नआएको होइन । तर उनीहरुले कसरी एकआपसमा सद्भावनाका साथ हातेमालो गरेर त्यस्ता विपतहरूबाट आफूहरुलाई बाहिर ल्याए त्यसतर्फ पनि हाम्रो ध्यान जान सक्नुपर्छ ।

त्यसकारण सबैलाई चेतना हुनैपर्छ कि अब हामी नेपालीहरूले राजनैतिक, सामाजिक, आर्थिक र अन्य कारणहरूले विगतमा झैँ पैदा हुने बैमनस्यतालाई छोडेर यस्तो भयावह परिस्थितिमा  मुलुकप्रतिको आ-आफ्नो कर्तव्य र उत्तरदायित्व बोध गरी एकजुट भएर अगाडि बढ्यौँ भने हामी संकटबाट बाहिर आउन सजिलै सक्छौँ ।

नामी साप्ताहिक

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ४ दम्भ होइन, धैर्य र मधुरता प्रिय
  • नंः ५ चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्