Top Navigation
  • Contact
Main Navigation
शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बालेनसँग हार मान्दै रवि: कार्यकर्तालाई शक्तिको दम्भ अनुराेध
बालेनसँग हार मान्दै रवि: कार्यकर्तालाई शक्तिको दम्भ अनुराेध वडाध्यक्ष बन्न कार्यकर्ता तयार छैनन्
विदुर कटुवाल
विदुर कटुवाल शनिबार, कात्तिक २१, २०८३

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई शक्ति र सत्ताको दम्भ नदेखाउन निर्देशन दिएका छन् । दुईतिहाइको जनमत प्राप्त गरेपछि पार्टीभित्र बढ्न थालेको अहंकार, पदप्रतिको आकर्षण र अवसरमुखी राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले जनताको अपेक्षाअनुसार व्यवहार गर्न सचेत गराएका हुन् । 

चितवनमा शुक्रबार दिएको उनको अभिव्यक्ति केवल कार्यकर्तालाई अनुशासनमा राख्ने निर्देशनमा सीमित छैन, पार्टीभित्रको शक्ति सञ्चालन र नेतृत्व संस्कृतिमाथिको आत्मसमीक्षाका रूपमा समेत देखिएको छ । विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार सञ्चालन भइरहेका बेला पार्टी सभापति लामिछानेले आफ्नै नेता–कार्यकर्तालाई शक्तिको उन्मादबाट जोगिन सार्वजनिक रूपमा सम्झाउनुपर्ने अवस्था आउनुलाई रास्वपाभित्रको संगठनात्मक चुनौतीका रूपमा हेर्न सकिन्छ । 

निर्वाचनमा प्राप्त ठूलो जनमतले पार्टीलाई सत्ता र शक्तिको केन्द्रमा पुर्‍याए पनि त्यसअनुसार राजनीतिक संस्कार, संगठनात्मक अनुशासन र जनताप्रतिको जवाफदेहिता विकास भइसकेको छ कि छैन भन्ने प्रश्न लामिछानेकै अभिव्यक्तिले उठाएको छ । शुक्रबार रास्वपा चितवन जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा उनले जनताले दिएको मतलाई ठालु पल्टिने लाइसेन्सका रूपमा नबुझ्न कार्यकर्तालाई चेतावनी दिए । विगतमा पार्टीका नेता–कार्यकर्तामाथि मुद्दा लागेको भन्दै अहिले प्रशासन र प्रहरीमाथि राजनीतिक दबाब दिएर बदलाको भावना साँध्न खोज्नु गलत हुने उनको भनाइ थियो । 

‘म घन्टीको मान्छे हुँ, म राष्ट्रवादी हुँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन । हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन,’ उनले भने, ‘जनताले अत्यधिक मत दिएर पठाएको ठालु पल्टिनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो ।’

लामिछानेले पार्टीका नेता–कार्यकर्ताले जनताको आलोचनालाई पनि सहज रूपमा स्वीकार गर्नुपर्ने बताए । समाजले पार्टीका गतिविधिको मूल्यांकन गरिरहेको भन्दै आलोचना गर्नेहरूमाथि नै आक्रामक हुनु राजनीतिक चरित्र नभएको उनको भनाइ थियो । ‘समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ । आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिनु राजनीतिक चरित्र होइन,’ उनले भने ।

उनको यो अभिव्यक्तिले सत्तामा पुगेपछि पार्टीका नेता–कार्यकर्तामा देखिन सक्ने व्यवहारप्रति नेतृत्वको असन्तुष्टि प्रकट गर्छ । चुनावअघि जनताको पक्षमा उभिने र पुराना राजनीतिक दलको कार्यशैलीमाथि प्रश्न उठाउने पार्टीले आफू शक्तिमा पुगेपछि त्यही आलोचनात्मक चेत र जवाफदेहितालाई कायम राख्नुपर्ने चुनौती छ ।

बालेनको नेतृत्व र रविको राजनीतिक चुनौती

रास्वपाको चुनावी सफलतापछि बालेन शाह प्रधानमन्त्री बनेका छन् । पार्टी सभापति लामिछानेले भने पार्टी संगठन, नेता–कार्यकर्ता व्यवस्थापन र राजनीतिक अनुशासनको जिम्मेवारी सम्हालिरहेका छन् । सरकारको नेतृत्व र पार्टी नेतृत्व फरक भूमिकामा रहे पनि दुवैको राजनीतिक भविष्य जनताले दिएको जनमत र त्यसको कार्यान्वयनसँग जोडिएको छ ।

यस्तो अवस्थामा लामिछानेले कार्यकर्तालाई दिएको निर्देशनलाई पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनसँग जोडेर पनि हेर्न सकिन्छ । सरकारमा बालेनको कार्यशैली र पार्टीभित्र लामिछानेको संगठनात्मक नेतृत्वबीच समन्वय कायम राख्नु रास्वपाका लागि महत्त्वपूर्ण हुनेछ । जनताले परिवर्तनको अपेक्षासहित दिएको मतलाई पार्टीभित्रको पद, प्रतिष्ठा र पहुँचको प्रतिस्पर्धामा सीमित हुन नदिनु नेतृत्वको मुख्य चुनौती हो ।

लामिछानेले आफूहरू एउटा चुनाव जितेर आएको भन्दै अर्को चुनाव जित्ने गणितमा मात्रै राजनीति नगर्न कार्यकर्तालाई आग्रह गरे । पार्टी पूर्ण रूपमा निर्माण हुनुअघि नै ठूलो जनमत प्राप्त भएकाले संगठन निर्माणको जिम्मेवारी अझ गम्भीर भएको उनको तर्क थियो । अन्य राजनीतिक दलले लामो संघर्ष र संगठन विस्तारपछि चुनावी सफलता प्राप्त गरेको तर रास्वपाले पार्टी निर्माणकै क्रममा ठूलो जनमत पाएको उनले स्मरण गराए ।

वडाध्यक्ष बन्न कार्यकर्ता तयार छैनन्

लामिछानेले पार्टीभित्र देखिएको अर्को समस्या स्थानीय तहको जिम्मेवारी लिन कार्यकर्ताको अनिच्छा भएको बताए । स्थानीय निर्वाचन नजिकिँदै गर्दा वडाध्यक्ष बन्न आवेदन दिने कार्यकर्ता नभएको तर एकैपटक मेयर र सांसदको आकांक्षा राख्ने प्रवृत्ति देखिएको उनको गुनासो थियो ।

‘मैले त एप्लिकेसन वडाध्यक्षमा हालेको देखिनँ, एकैचोटि उहाँ मेयर रे ! अर्को उहाँ सांसदमा हाल्नुपर्छ, अब प्रदेशमा एकैचोटि माननीय ! कहाँ त्यस्तो वडा–सोडा कसले हेर्छ ? देशै बनाउने, यो वडा कसले बनाउने ?’ उनले प्रश्न गरे । उनले यसलाई पार्टीभित्र अवसरको राजनीति सुरु भएको संकेतका रूपमा व्याख्या गरे । पार्टी निर्माणका लागि गाउँ, वडा र टोलसम्म पुगेर काम गर्नुपर्ने कार्यकर्ता ठूला पदको आकांक्षामा केन्द्रित हुनु संगठनका लागि चुनौती भएको उनको भनाइ थियो ।

स्थानीय निर्वाचनका उम्मेदवार छनोटका लागि पार्टीले सञ्चालन गरिरहेको उम्मेदवार क्लबको प्रक्रिया पारदर्शी हुने दाबी पनि उनले गरे । व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नेतासँगको निकटता वा गुटगत सम्बन्धका आधारमा टिकट वितरण नहुने उनको भनाइ थियो । योग्यता परीक्षण, नेतृत्व विकास कार्यक्रम र प्राथमिक निर्वाचनलगायत प्रक्रियाबाट उम्मेदवार छनोट गरिने उनले बताए ।

पुराना दलको संघर्षबाट सिक्न आग्रह

लामिछानेले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरूले प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्षको प्रशंसासमेत गरे । कांग्रेस २०१५ सालमा सरकारमा पुगेपछि लामो समय सत्ताबाहिर रहँदा पनि नेताहरूले संघर्ष नछाडेको र कम्युनिस्ट नेताहरू भूमिगत तथा निर्वासित जीवन बिताउन बाध्य भएको उनले स्मरण गरे ।

टिकट नपाउँदा वा चुनाव हार्ने सम्भावना देखिँदा राजनीति छाड्ने प्रवृत्तिले राजनीतिक संगठन निर्माण हुन नसक्ने उनको तर्क थियो । विगतका नेताहरूको संघर्ष, धैर्य र निष्ठाबाट नयाँ पुस्ताका कार्यकर्ताले सिक्नुपर्ने उनले बताए । यसैबीच, स्थानीय निर्वाचन, अधिवेशन र उम्मेदवार छनोटलाई व्यवस्थित बनाउन रास्वपाले सातबुँदे निर्देशनसमेत जारी गरेको छ । पार्टी विधान र कार्यविधिअनुसार मात्र गतिविधि सञ्चालन गर्न, नातावाद, आर्थिक प्रभाव, गुटगत दबाब र व्यक्तिगत पहुँच प्रयोग नगर्न निर्देशन दिइएको छ । आर्थिक लेनदेन, भोजभतेर, धम्की, भ्रमपूर्ण प्रचार र पदको दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

लामिछानेको सम्बोधनको मूल सन्देश पार्टीभित्रको शक्ति अहंकार नियन्त्रण गर्नु र संगठनलाई तल्लो तहसम्म विस्तार गर्नु देखिन्छ । बालेन नेतृत्वको सरकारबाट जनताले राखेको अपेक्षा पूरा गर्ने जिम्मेवारीसँगै पार्टी संगठनलाई पनि अनुशासित र संस्थागत बनाउने चुनौती रास्वपाको सामु छ । दुईतिहाइको जनमतले दिएको राजनीतिक अवसरलाई उपलब्धिमा बदल्ने कि पद र शक्तिको प्रतिस्पर्धामा अल्झिने भन्ने प्रश्नको जवाफ अब नेतृत्व र कार्यकर्ताको व्यवहारबाटै खोजिनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  ०७:०२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता बिहीबार, कात्तिक १९, २०८३
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु बिहीबार, कात्तिक १९, २०८३
प्रहरी महानिरीक्षकमा डा मनोजकुमार केसी नियुक्त
प्रहरी महानिरीक्षकमा डा मनोजकुमार केसी नियुक्त बुधबार, कात्तिक १८, २०८३
१८ करोडको प्रश्नः गगन थापाले जवाफ दिनुपर्ने नैतिक र राजनीतिक दायित्व
१८ करोडको प्रश्नः गगन थापाले जवाफ दिनुपर्ने नैतिक र राजनीतिक दायित्व बुधबार, कात्तिक १८, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती सोमबार, कात्तिक ९, २०८३
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु
मन्त्रीपरिषद्को बैठकले गरेका निर्णयहरु शुक्रबार, असोज ३०, २०८३
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ?
जेनजी आन्दोलनका गम्भीर घटनाका मुद्दा फिर्ता लिनु गलत ? शुक्रबार, असोज ३०, २०८३
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ? 
ग्यासमा सेनालाई प्रवेश दिँदा, निजी क्षेत्रलाई के सन्देश ?  बुधबार, असोज २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' ले दिएको पुनर्जन्म
  • नंः २ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः ३ 'पिंक प्रमिस-आशाको आवाज' काे क्यान्सर सचेतना कार्यक्रम
  • नंः ४ राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
  • नंः ५ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
विचार
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्