Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मौसम कहिले खुल्छ? धनजनको क्षति कहाँ कति गरायो?
मौसम कहिले खुल्छ? धनजनको क्षति कहाँ कति गरायो?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ २७, २०७८
Api Himal

काठमाडौ । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ। अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ।  

मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरणअनुसार उक्त चार महिनामा मुलुकमा सरदर १ हजार ४०३ मिलिमिटर पानी पथ्र्यो तर अहिले १८ दिनअघि नै १ हजार ५२७ मिलिमिटर पानी परिसकेको छ। 

मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विष्लेषण गर्दा सरदर १ हजार २६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरणअनुसार २६९ मिलिमिटर बढी पानी परिसकेको छ। 

यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विष्लेषण गर्दा १२० दशमलव ४ प्रतिशत हो। उनका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ। काठमाडौँमा पनि यसपाली बढी वर्षा भइसकेको छ। विभागका अनुसार काठमाडौँमा आजसम्म सरदर १ हजार ७२ दशमलव ५ मिलिमिटर वर्षा हुनुपर्नेमा आजसम्म एक हजार ३५१ दशमलव २ मिलिमिटर पानी परिसकेको छ। 

Nepal Oil Corporation

मनसुनको अवधि (सेप्टेम्बर अन्तिम) सम्म एक हजार १७६ मिलिमिटर पर्नुलाई सरदर वर्षा मानिन्छ। अहिले नै वर्षा नाघिसकेको छ। काठमाडौँमा आजसम्मको तुलना गर्दा १२६ प्रतिशत पानी परिसकेको छ। चार महिनाको मनसुन अवधिको औसत निकाल्दा भने यो ११५ प्रतिशत हुन आउँछ। 

प्राप्त विवरण अनुसार जोमसोममा सबैभन्दा बढी वर्षा भएको छ। सरदर १३७ दशमलव १ मिमिमिटर पानी पर्नुपर्नेमा त्यहाँ ३३९ दशमलव ३ मिलिमिटर पानी परिसकेको छ। 

कँडेलका अनुसार यो सरदरको २५४ दशमलव ८ प्रतिशत हो। यसपाली दोस्रो बढी पानी पर्ने अर्को केन्द्र भैरहवा हो। त्यहाँ १४० दशमलव ७ प्रतिशत वर्षा भएको छ। उनका अनुसार आजसम्म १ हजार २४९ दशमलव ८ प्रतिशत सरदर वर्ष हुनुपर्नेमा १ हजार ९२५ मिलिमिटर पानी परिसकेको छ। 

मुलुकमा यसपाली औषधभन्दा बढी वर्षा हुने आँकलनकै बीच भारी वर्षापछिको बाढी, पहिरो र डुबानले ७१ जिल्लालाई नराम्ररी प्रभावित बनायो। मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पामा, कास्कीमा, दाङ, पर्वतलगायत एक दर्जन जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रताडित छ।

सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद् सङ्कटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरुउत्थानका कार्य अघि बढाइसकेको छ। मनसुनजन्य घटना (बाढीपहिरो र डुबान) का घटनामा मात्रै यसपाली मुलुकभर १३० को मृत्यु भयो भने अझै ४१ जना हराइरहेका छन्। सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ। उक्त जिल्ला गत वर्ष पनि विपद्का दृष्टिले सबैभन्दा बढी प्रभावित थियो।

जल तथा मौसम विज्ञान विभागले गत वैशाखमै मनसुन अवधिमा सुदुरपश्चिम, कर्णाली गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी (३५ देखि ६५ प्रतिशत) वर्षा हुने अनुमान गरेको थियो।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा हुने आँकलन गरिएको थियो। प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको थियो। 

विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनका आधारमा उक्त निष्कर्ष निकाल्ने गरिन्छ। 

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको अवस्था, जलवायु प्रारुपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि-मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी उक्त आँकलन तयार पारिन्छ।

यसपाली गएको वैशाखमै आँकलन गरिएको थियो। त्यसमा नेपाल, भारत, म्यान्मालगायत नौ देशका मौसमविद् सहभागी थिए। ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि विस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसुस गराएको छ। कर्णाली प्रदेशबाहेक आज धेरै ठाउँमा घाम लागिरहेको छ। 

के अब मौसम खुलेकै हो त? यसपालीको विपद् यति नै हो त? आम सर्वसाधारणमा प्रश्न खेलिरहेको छ। त्यही प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान गर्न अझै हतारो हुने प्रतिक्रिया प्राप्त भएको छ। उनीहरुका अनुसार अझै विपद् टरिसकेको छैन। 

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मी भन्छन्, “मनसुन नसकिँदासम्म जोखिम कायमै रहन्छ, खुलेको जस्तो देखिए पनि कुनै पनि बेला मनसुन एक्टिभ भएर भारी वर्षा हुनसक्छ, नियमित अपडेटमा रहनुपर्छ।”

यसपालीको मनसुनका समयमा मुलुकका धेरै जसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको थियो। सोहीअनुसार नै वर्षा भएको जनाइएको छ। नेपालमा यसपाली मनसुन दुई दिन ढिला गरी गएको जेठ २८ गते भित्रिएको थियो। आगामी असोज १७ को आसापास मनसुन बाहिरिनेछ। 

जेठ ३० गतेदेखि देशैभरि सक्रिय भयो। त्यसको अर्को दिनबाटै भारी वर्षा सुरु भई जनजीवन प्रभावित बनायो। सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो। 

असार १ र असार १६ गते पुनःभारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भयो। अघिल्लो हप्ता तराईका जिल्लामा भारी वर्षा हुँदा बाढी र डुबानको समस्या निम्तियो। 

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने २० बेपत्ता भएका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै २४७ घर बाढीले भत्काएको छ। 

कूल एक हजार ७०० रोपनीभन्दा बढी जमिन लगेको छ। जग्गामा मात्रै तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान छ। उता जिल्लाको हेलम्बु गाउँपालिकामा २२७ घर बग्यो। कूल दुई हजार १०० रोपनी बढी जग्गा लगेको विवरण प्राप्त छ। यस्तै पाल्पामा छ, कास्कीमा सात, दाङमा १० र पर्वतमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

यसपाली मनसुनजन्य विपद्का कारण ७१ जिल्ला प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वाधनुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ अहिले मुलुकभर मौसम सामान्य बदली रहे पनि कर्णाली प्रदेशमा छिटफुट वर्षा भइरहेको जानकारी दिए। 

“सोमबार पनि मौसम सामान्य नै छ, मङ्गलबार केही बदली हुनसक्छ”, श्रेष्ठले भने। उनले पनि तत्कालै भारी वर्षाको सम्भावना भने नदेखिएको बताए। यद्यपि मनसुन नबाहिरिँदासम्म कुनै पनि बेला बदली हुने श्रेष्ठको भनाइ छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता कूल एक हजार ७६२ विपद्का घटना भएको छ। ती घटनाबाट २३४ जनाको मृत्यु भएको छ। 

यसमा बाढीपहिरो र डुबान बाहेकका विपद्जन्य घटना समेत समावेश छ। तीन घटनामा ४१ जना हराइरहेका छन् भने ४६४ घाइते भए। कूल दुई हजार २७८ परिवार प्रभावित छन्। कूल सात अर्ब ७७ करोडको क्षति भएको अनुमान गरिएको छ। 

जसमा सबैभन्दा बढी ६७९ आगलागीका घटना भए। यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिराबाट ७७ ले ज्यान गुमाएका छन्। सबैभन्दा बढी बाढीमा परेर ३२ बेपत्ता भएका छन्। 

प्राप्त विवरणअनुसार आगलागीमा परी १४, पहिरामा ७७, बाढीबाट ३८, अविरल वर्षाका कारण १६, चट्याङबाट ४८, सर्पको टोकाइबाट १६, डढेलोबाट तीन, हावाहुरीका कारण एक र जनावरको आक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन्। 
 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १७:५३
##Monsoon
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्