बर्दिया । बर्दिया जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठन भएको छ।
ठाकुरबाबा नगरपालिका वडा नं १ भुरीगाउँको सभाकक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कोरोना भाईरस कोभिड - १९ ले चौतर्फि आक्रान्त बनाउँदै 'लकडाउनूको सामना गरिरहेको कठिन घडिमा स्वयंसेवी रक्तदाताहरू यो असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले यस ठाकुरबाबा नगरपालिका -१ , भुरीगाउँमा , बर्दिया लुम्बिनी प्रदेश नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लामा एक बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि बर्दिया जिल्ला शाखा गठन गरिएको हो।
आयोजित जिल्ला भेलाले स्वयंसेवी रक्तदाता प्रेम प्रसाद लम्सालको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखा गठन गरेको छ ।
त्यस्तैगरी उपाध्यक्षमा सन्तोष बास्तोला, सचिव श्यमलाल थारू, कोषाध्यक्ष हिमालय त्रिपाठी चयन भएका छन् भने सदस्यहरूमा क्रमशः यज्ञप्रसाद नेपाल,गोपाल निरौला,उमा कुमारी मल्ल, शंकर थारू,महमोद अलि मनिहार र भोजराज बराल सर्वसम्मतबाट चयन भएका छन्।
भेलामा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई फूलमाला पहराई बिशेष रूपमा सार्वजनिक सम्मान प्रदान गर्दै स्थानीय उत्पादन ढकिया मायाको चिनो स्वरूप प्रदान गरिएको थियो।

आयोजित कार्यक्रम समारोहमा प्रमुख अतिथि कर्माचार्यबाट नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता लिएका सदस्यहरूलाई आजीवन सदस्यता पत्र बितरण गरिएको थियो ।
सोही अवसरमा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको जन्मदिन समेत परेकोले उपस्थित सबैले सामुहिक शुभकामना प्रदान गरेका थिए।
नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य प्रेम प्रसाद लम्सालको सभापतित्वमा सञ्चालित कार्यक्रमको यज्ञप्रसाद नेपालले सञ्चालन गरेका थिए।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८ १२:१०