Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, साउन ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मनसुन बाहिरिन शुरु
मनसुन बाहिरिन शुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, असोज २३, २०७८

काठमाडौ । ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा ५ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ। 

मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८) मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो। 

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अबको केही दिनमा देशका बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिएका हुन्। 

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ। 

अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश नं १, २, बागमती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ। अब ठूलो वर्षाको सम्भावना भने कम छ।

ती भू–भागका एक–दुई स्थानमा हल्का वर्षा पनि भएको छ। राति मुलुकभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बङ्गालको खाडी आसपास विकसित भएको ९न्यून चापीय क्षेत्र०का कारण मुलुकको पूर्वी भेगबाट गएको जेठ २८ मा मनसुन (वर्षायाम) भित्रिएको थियो। 

उक्त दिन नेपालको प्रदेश  नं १, २ र बागमती प्रदेशमा भित्रिएकामा जेठ ३० मा मुलुकभर नै फैलिएको थियो। सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको नेपालमा सोहीअनुसार नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सामान्यतः विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो। यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो।

त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने ६ दिनपछि बहिर्गमन हुन थालेको छ। सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिनेछ।

कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने हुन्छ। यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ। यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गत वैशाखमा गरिएको थियो।

नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारुपको मनसुन अवधिको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी आकलन गर्ने गरिन्छ।

तर यो जलवायु प्रणाली विभिन्न ऋतुगत सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भू–उपयोग जस्ता कुरामा निर्भर हुने र जलवायु प्रारुपहरू यस्ता प्रणालीको ऋतुमा हुने परिवर्तनले विश्वसनीय पूर्वानुमान गर्न भने कठिन हुने विज्ञहरुको भनाइ छ।

यसपालिको मनसुनजन्य घटनाबाट मुलुकभर गरेर १३६ व्यक्तिको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्। 

कूल ८४५ घर पूर्ण र १६९ घरमा आंशिक क्षति पुगेको छ भने यस वर्ष सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ। उक्त जिल्लामा मनसुनको अवधिमा ५ जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन्।

सिन्धुपाल्चोकको पनि मेलम्ची र हेलम्बुलाई बाढी र पहिराले तहसनहस बनाएको छ। त्यस्तै भौतिक क्षतिका हिसाबले मनाङ जिल्लामा समेत ठूलो असर गरेको छ। 

यसपालि मनसुनजन्य घटनाबाट ७१ जिल्ला प्रभावित भएको छ।
 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाज
गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा बिहीबार, असार ३२, २०८३
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः ३ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ४ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ५ हरियो साउनको महिमा र यसको महत्व
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्