Top Navigation
Main Navigation
शुक्रबार, असार २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असार २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • उपत्यका छाड्नेको सङ्ख्यामा बृद्धि 
उपत्यका छाड्नेको सङ्ख्यामा बृद्धि 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज २४, २०७८

काठमाडौँ । महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ।

यही असोज १ गतेदेखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए। अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन्। प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन्।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दशै‌ बिदा शुरु भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए। 

Nepal Oil Corporation

“अहिलेसम्म सामान्यरुपमा बढिरहेको छ, आजदेखि भने बाहिरिने यात्रुको चाप बढ्छ”, महाशाखाका प्रमुख भट्टराईले भने, “यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौँ, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ।”

यही असोज १६ गतेसम्म यात्रु हाराहारीमा भित्रिने र बाहिरिने गरेका थिए। प्राप्त विवरणअनुसार १६ गते भित्रिने सङ्ख्या ४२ हजार २२६ थियो भने बाहिरिने सङ्ख्या ४१ हजार ४८४ थियो। 

त्यसपछि भने बाहिरिने यात्रुको चाप बढेको हो। असोज १६ गते भित्रिने ३८ हजार ७४९ रहेकामा बाहिरिने यात्रु बढेर ४३ हजार ४३९ पुगेका थिए। त्यसपछि क्रमशः बाहिरिने यात्रु बढ्न थालेका हुन्। 

यही असोज २१ गते ७ हजार २८० सवारी साधनमा ३४ हजार १४६ यात्रु भित्रिएकामा सोही दिन ७ हजार ८१४ सवारी साधनमा ४५ हजार ३६२ यात्रु बाहिरिए। 

महाशाखाले दिएको तथ्याङ्कअनुसार असोज २२ गते शुक्रबार ६ हजार ७७८ सवारीमा ३२ हजार ९८४ यात्रु भित्रिएका थिए। सोही दिन सात हजार ३१५ सवारीमा झण्डै ५२ हजार यात्रु बाहिरिएका छ। त्यसपछि बाहिरिनेक्रम झन् बढिरहेको महाशाखाले जनाएको छ।

असोज १ देखि २२ सम्ममा कूल १ लाख ४२ हजार २२७ सवारी साधनमा ७ लाख ७६ हजार ३७१ यात्रु भित्रिएका तथ्याङ्क छ। सोही अवधिमा कूल एक लाख ४३ हजार ७७३ सवारी साधनमा ८ लाख ७० हजार ४९६ यात्रु बाहिरिएका महाशाखाले जनाएको छ। प्राप्त विवरणमा अहिलेसम्म यात्रु भित्रिने र बाहिरिने सङ्ख्याका हिसाबले एक लाख बढी यात्रु बाहिरिएका छन्। 

यद्यपि रिजर्ब गरेर जाने यात्रुको सङ्ख्या यसपाली बढी छ। त्यसरी जानेको सङ्ख्या भने प्रहरीको अभिलेखमा रहँदैन। साथी वा आफ्नो परिवार मिलेर साना गाडी रिजर्ब गर्ने अनि घर जाने प्रचलन यसपाली बढी देखिएको महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए। 

यसपाली  असोज ११ गतेदेखि गाडीको अग्रिम टिकट बिक्री खुला गरिएको थियो। अहिले पनि अनलाइन वा प्रत्यक्ष भेटेर टिकट काट्ने यात्रुको चाप बढी छ। त्यस्ता काउन्टर तथा यात्रुको भिडभाड हुने क्षेत्रमा भिडभाड रोक्न प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ। 

प्रहरीले उपत्यकाका मुख्य चोकमा यात्रु सहायता कक्षा स्थापना गरी सेवा दिइरहेको छ। माइकिङ गरेर यात्रुलाई सचेत गराउने, सुरक्षित यात्राका लागि आग्रह गर्ने गरिरहेको छ। कोभिड–१९ का कारण उपत्यकामा विगतका वर्षमा भन्दा मानिस कम रहेका जनाइएको छ।

यद्यपि प्रहरीले चाडबाडका मौका छोपी चोरी तथा आपराधिक घटना घटाउनसक्ने हुनाले त्यसको निगरानीका लागि र शान्तिसुरक्षा कायम गर्न ७७ वटै जिल्लामा विशेष सुरक्षा योजना बनाएर लागू गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले साता पोशाकमा समेत प्रहरी परिचालन गरेर ठगी, कालोबजारी, चोरी आपराधिक क्रियाकलाप नियन्त्रण्मा प्रहरी खटाइएको जानकारी दिनुभएको छ।

चाडबाडका बेला आफैँ पनि सावधान हुन र केही समस्या घटना परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाज
बजार अनुगमनले लियाे तीव्र रूप
बजार अनुगमनले लियाे तीव्र रूप मंगलबार, असार १७, २०८२
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे सोमबार, असार १६, २०८२
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
खाडी मुलुकका उडान रद्द भएपछि विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले मंगलबार, असार १०, २०८२
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः २ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ३ बजार अनुगमनले लियाे तीव्र रूप
  • नंः ४ नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
  • नंः ५ सिडियो हुनु त यस्ताे पाे हाे त, मध्यराती बाढी नियन्त्रणमा जुटे
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्