Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दुई देवीको पूजा गर्नुपर्ने स्पष्ट नहुँदा भक्तजन अन्यौलमा
दुई देवीको पूजा गर्नुपर्ने स्पष्ट नहुँदा भक्तजन अन्यौलमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज २५, २०७८
Api Himal

काठमाडौँ । नवरात्र समेत भनिने बडादशै‌को पाँचौँ दिन दुई देवीको पूजा आराधना गर्नुपर्ने भए पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा स्पष्ट उल्लेख नहुँदा भक्तजनमा अन्याैल देखिएको छ।

आश्विन शुक्ल पञ्चमी र षष्ठी एकैदिन परेकाले यस्तो भएको समितिले जनाएको छ। यो वर्ष आश्विन शुक्ल षष्ठी तिथिमा सूर्योदय नभई तिथि टुटेको छ। 

बिहान ६ः३० बजेसम्म आज पञ्चमी तिथि थियो। आज बिहान ६ः३० बजेपछि षष्ठी तिथि लाग्यो। षष्ठी तिथि मङ्गलबार बिहान ४ः०७ बजेसम्म रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएका हुन्। 

“यस्तो अवस्थामा पञ्चमीमा गर्नुपर्ने नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा आराधना सकी षष्ठीमा गर्नुपर्ने कात्यायनी देवीको पूजा आराधना गर्नुपर्छ, बेलुकी आरती पनि दुवै देवीको गर्नुपर्छ, एक दुई वर्षमा यसरी तिथि टुट्ने गरेको छ, यसअघि पात्रोमा यस्तो कुरा उल्लेख नगरिने भएकाले राखिएन, आगामी दिनमा यस्ता विषयमा ध्यान दिइन्छ” अधिकारीले भने। 

Nepal Oil Corporation

यो वर्ष षष्ठी तिथिमा सूर्योदय नभएर टुटेको समितिले जनाएको छ। नवरात्रमा नौकोे महत्व हुन्छ। यस अवसरमा नौ देवीको पूजा आराधना गर्नुपर्छ। 

समितिका अध्यक्ष अधिकारीलाई आज बिहानैदेखि सयौँ मानिसले तिथि टुटेका बेला के के गर्ने भनी विभिन्न माध्यमबाट सम्पर्क गरे। बिहानै सम्पर्कमा आउनेलाई पहिले स्कन्दमाताको पूजा आराधना सकी कात्यायनी देवीको पूजा आराधना गर्न सुझाइएको उहाँले सुनाए।  

आज बेलुकी सम्पर्कमा आउनेलाई भने उपाय नभएकाले रोकिनुभन्दा भोलि गरे पनि हुन्छ भन्ने जवाफ दिइएको अध्यक्ष अधिकारीले सुनाए। 

यस्तो अवस्थामा गुरु पुरोहितले पनि जजमानलाई सम्झाउनुपर्ने समितिले जनाएको छ। यस्ता विषयमा जानकारी गराउन आगामी दिनमा विज्ञप्तिमार्फत समेत जानकारी गराउने तयारीमा समिति लागेको छ।  

अर्को वर्षदेखि यस्ता विषयमा पात्रोमा स्पष्ट पारिने जनाइएको छ। अर्को वर्षदेखि समितिले नै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत रहेर पात्रो निकाल्न लागेकाले सामान्य मानिसले पनि बुझ्ने गरी चाड पर्व, तिथि, मितिका विषय उल्लेख गर्ने तयारी शुरु भएको छ। 

तारकेश्वर नगरपालिका–९ का रणेन्द्र शर्मा पात्रोमा पञ्चमी र षष्ठी एकैदिन परेको देखिए पनि कुन दिन के कर्म गर्ने भन्ने स्पष्ट नभएकाले आफू अलमलिएको बताउँछन्। 

पहिले यस्ता विषयमा जानकारी दिने गुरु पुरोहित गाउँ टोलमै हुने गरे पनि अहिले त्यस्तो अवस्था नरहेकाले पात्रोमै स्पष्ट पारिदिए सजिलो हुने उहाँको भनाइ छ।

नवरात्रको पाँचौँ र छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ र छैटौँ देवी क्रमशः स्कन्दमाता र कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। 

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन्।

कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवीले कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन्। उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन्। 

यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पुराणमा उल्लेख छ। कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ। 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। यसवर्ष पनि देवी मन्दिरमा पहिलो दिनदेखि नै भक्तजनको भीड लागेको छ। भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिरमा भक्तजन गएको देखिन्छ।  

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठ मन्दिर जाने, खानपिन गरी दसैँ, तिहार जस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन्। कात्यायनी देवीको पूजा आराधना गर्नुअघि आज बिहान भक्तजनले स्कन्दमाताको पूजा आराधना गरेका थिए।
 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  २२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्