Top Navigation
Main Navigation
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • उच्चस्तरको इन्टरनेट सेवा शुरु
उच्चस्तरको इन्टरनेट सेवा शुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, पुस १, २०७८

काठमाडौ । नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ। 

नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को मार्न सक्ने बताइएको हो।  

विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ। वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ। 

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ। यसमा नोकिया बेकन ३।० राउटर प्रयोग हुने वल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए। 

यो सँगै वल्डलिंकको इन्टरनेट स्पिड अब कम्तिमा पनि १५० एमबिपीएस गतिको हुने उनले बताए। उनी भन्छन्, ‘‘उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबिपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन्।’’ 

वल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयाशरत रहेको उल्लेख गर्दै वल्डलिंकका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप नयाँ योजना सार्वजनिक गरेको बताए। 

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० अर्थात मासिक १ हजार २०० मा १५० एमबिपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन्। १ सय ५० एमबिपीएससहित २२५ र ३०० एमबिपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ। 

उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइनको कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवाल बताउँछन्। वल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुनसक्ने तर यसका लागि डुअल व्याण्ड भएको राउटर आवश्यक पर्नेछ। 

यो योजनाले इन्टरनेट सेवाग्राहीको वाई फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने कम्पनीको विश्वास रहेको छ। उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताए। 

हाल ५ लाख ६५ हजार परिवारलाई इन्टरनेटसँग जोडेको वल्डलिंकले तीन वर्षभित्र देशभरका पालिकाका ९५ प्रतिशत वडास्तरमा पुग्ने लक्ष्य रहेको बताउँदै सरकारले विपन्न गरिबको पहिचान हुने परिचय पत्र प्रदान गरेको अवस्थामा उनीहरुसम्म इन्टरनेट पहुँच पु¥याउन कम्पनी तयार रहेको छ भने। 

उनका अनुसार हाल देशका ७५ जिल्लामा वल्डलिंकमार्फत इन्टरनेट सेवा पुगेको र कर्णालीका प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ। देशका विभिन्न १५ हजार स्थानमा निःशुल्क ‘फ्री वाई–फाई’ सेवा सञ्चालन गरिएको बताउँदै उनले यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरी विपन्न समुदायमा इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिए।  

सरकारको डिजिटल नेपालको अवधारणालाई सफल तुल्याउन पनि गुणस्तरीय इन्टरनेट सेवालाई देशभर विस्तार गर्नु आवश्यक रहेको  निर्देशक अग्रवालले बताए। 

उनले भने। ‘‘हाल धेरै इन्टरनेट सेवा प्रदायकहरुले घरघरमा फाइबर जडान गरेका छन् तथा ठूला शहरहरुमा मात्र फिक्ड ब्रोडब्यान्ड सेवाहरु सीमित रहेको अवस्थामा हामीहरु गाउँगाउँमा पुगेर सेवा विस्तार गरिरहेका छौँ।’’ 

वल्डलिंकले आफ्नो सद्भावना दूतमा ८ हजारभन्दा अग्ला विश्वका १४ वटै हिमाल सात महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न सफल निर्मल पूर्जालाई नियुक्त गरेको छ। 

राजधानीमा आयोजित कार्यक्रममा वल्डलिंकले पूर्जालाई सद्भावना दूत नियुक्त गरेको हो। पूर्जाको हिमाल आरोहणसम्बन्धी कथामा आधारित वृत्तचित्र ‘फोर्टिन पिक्स नथिङ इन इम्पोसिबल’ केही दिनअघि नेटफ्लिक्समार्फत विश्वभर प्रशारण भएको थियो। 
 

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी
उदयपुरमा फलफूल खेतीबाट वार्षिक रुपमा ८४ करोडबढी आम्दानी सोमबार, वैशाख १४, २०८३
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति
६ वर्षमा आगलागीबाट उदयपुरमा ५ को मृत्यु, ३६ करोडभन्दा बढी क्षति बुधबार, वैशाख ९, २०८३
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने आइतबार, चैत १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ३ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ४ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
  • नंः ५ सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
विचार
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान NamiNews- नामीन्यूज
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्