Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • तालिम मात्र होइन, आय आर्जनका लागि प्रोत्साहन आवश्यक : उपमेयर अर्याल
तालिम मात्र होइन, आय आर्जनका लागि प्रोत्साहन आवश्यक : उपमेयर अर्याल
निशान बुढाथाेकी
निशान बुढाथाेकी आइतबार, पुस ४, २०७८

कपिलवस्तु बाणगङगा नगरपालिका-४ का नगर उपमेयर चक्रमणि अर्याल शालिन व्यक्तित्वका धनि हुनुहुन्छ, जनप्रेमी, विकासप्रेमी, उदार स्वभाव, हरेक सर्वसाधारणलाई साथमा लिएर विकास निर्माणका काम गर्दा हरेक समस्याको समाधान निस्किने बताउने उनै उपमेयर अर्यालसंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप । 

यस वडामा योजना अनुसार कतिको काम भएको पाउनु भएको छ ?

वास्तवमा भन्ने हो भने निर्वाचित हुनु अघि विभिन्न किसिमका घोषणा पत्र जारी गरेर निर्वाचनमा गएका थियौं। जुन घोषणा पत्रमा गरिएका प्रतिबद्धता अनुसार हामीले सत् प्रतिशत काम गरिसकेका छौं। हामीले ४ नम्बर वडाको प्रतिनिधित्व गर्ने क्रममा हामी निर्वाचित भएर आइसकेपछि विकास निर्माणका कामहरु प्रशस्त मात्रामा भएका छन्। 

पाँच वर्षको अवधिमा काम गर्दै जादा स्थानिय बासिन्दाको सहयोग कत्तिको पाउनु भएको छ ?

Nepal Oil Corporation

स्थानिय बासिन्दाको सहयोग विना हामी कुनै पनि काम सम्पन्न गर्न सक्दैनौं। विकास निर्माणको काम भनेको मेरो आफ्नो लागि होइन, स्थानिय बासिन्दाको लागि हो। त्यो विकास आफ्नो घर आँगन अगाडि आउँदा खुशी नहुने कुरै हुँदैन। त्यसैले आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु।

यो अवधिमा प्रशस्त मात्रामा विकास निर्माणका कामहरु भएका छन्, महिलाको क्षेत्रमा कसरी काम गर्दै आईरहनु भएको छ ?

महिलाको क्षेत्रमा पनि हामीले काम गर्दै आइरहेका छौं। महिलाहरुको लागि धेरै तालिमहरु दिदै आएका छौं। साबुन बनाउने, स्विटर बनाउने, डल बनाउने, सिलाइबुनाई, ब्युटीपार्लर, बेकरी, जस्ता धेरै तालिमहरु संचालन भएका छन्। तालिम मात्र होइन अब आय आर्जनका काम पनि गर्नु पर्छ भनेर हामी अगाडि बढ्रिहेका छौं। तालिम मात्र दिने होइन यसबाट आय आर्जनको लागि प्रोत्साहन पनि गर्दै आएका छौं। यसमा चाँहि हरेक समुहका महिलाहरु पर्नु हुन्छ। 

काम गर्दा कस्ता खालका चुनौतीहरुको सामना गर्नुपर्छ ? 

चुनौतीहरु धेरै आउँछन्, काममा चुनौती नभए कामको मज्जा पनि आउँदैन। अर्को कुरा यो जमाना भनेको स्वार्थीहरुको जमाना भन्दा पनि फरक नपर्ला। विकास निर्माणका कामहरु गर्दा मापदण्ड अनुसार कानुनी प्रकृया पुर्याएर गर्नुपर्ने हुन्छ। त्यसमा पनि हामी सम्झाई, बुझाई गरेर मापदण्ड अपनाएर काम गर्दै अघि बढ्दै छौं। 

स्थानीयलाई सन्तुष्ट बनाउन स्थानीय सरकारले कसरी काम गर्नु सक्नु पर्छ जस्तो लाग्छ ?

जनताको इच्छा र चाहना अनुसार काम गर्न सबैभन्दा जनप्रतिनिधिले निर्वाचनमा जादा जुन प्रतिबद्धता गरेका थिए, ती प्रतिबद्धता अनुसार जानुपर्छ। सामान्यतया मानिसको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य, बाटो घाटो खानेपानी, वातावरण लगायतका आवश्यकताहरु जुन बढी महत्वपूर्ण छ त्यसमा ध्यान दिनुपर्छ। कुरा काम गर्दा जहिले पनि व्यक्तिगत निर्णय भन्दा सामुहिक निर्णयबाट काम गर्न सकियो भने विवादरहित ढंगबाट काम गर्न सकिन्छ र जनताले पनि हाम्रो प्रतिनिधित्व, जनप्रतिनिधिले गरेको छ भन्ने अनुभव गर्न सक्छन्। उदाहरणको लागि नगरपालिकाको हकमा नगर परिषद् हुन्छ भने वडामा पनि वडा परिषद् गरेर बजेटको व्यवस्थापन गर्नुपर्ने हुन्छ। हुन त केही वडाहरुले ऐन र नियमको परिधिभित्र रहेर स्थानिय सरकारको अवधारणा अनुसार काम गरिरहेका छन्। यसरी प्राथमिकताको आधारमा वडा परिषद गरेर जनताको बीचबाट कार्ययोजना लान सकियो भने जनताले त्यो अनुभूति पक्कै गर्न सक्छन्। 

– नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्