Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • तालिम मात्र होइन, आय आर्जनका लागि प्रोत्साहन आवश्यक : उपमेयर अर्याल
तालिम मात्र होइन, आय आर्जनका लागि प्रोत्साहन आवश्यक : उपमेयर अर्याल
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, पुस ४, २०७८

कपिलवस्तु बाणगङगा नगरपालिका-४ का नगर उपमेयर चक्रमणि अर्याल शालिन व्यक्तित्वका धनि हुनुहुन्छ, जनप्रेमी, विकासप्रेमी, उदार स्वभाव, हरेक सर्वसाधारणलाई साथमा लिएर विकास निर्माणका काम गर्दा हरेक समस्याको समाधान निस्किने बताउने उनै उपमेयर अर्यालसंग नामी साप्ताहिकका लागि निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप । 

यस वडामा योजना अनुसार कतिको काम भएको पाउनु भएको छ ?

वास्तवमा भन्ने हो भने निर्वाचित हुनु अघि विभिन्न किसिमका घोषणा पत्र जारी गरेर निर्वाचनमा गएका थियौं। जुन घोषणा पत्रमा गरिएका प्रतिबद्धता अनुसार हामीले सत् प्रतिशत काम गरिसकेका छौं। हामीले ४ नम्बर वडाको प्रतिनिधित्व गर्ने क्रममा हामी निर्वाचित भएर आइसकेपछि विकास निर्माणका कामहरु प्रशस्त मात्रामा भएका छन्। 

पाँच वर्षको अवधिमा काम गर्दै जादा स्थानिय बासिन्दाको सहयोग कत्तिको पाउनु भएको छ ?

स्थानिय बासिन्दाको सहयोग विना हामी कुनै पनि काम सम्पन्न गर्न सक्दैनौं। विकास निर्माणको काम भनेको मेरो आफ्नो लागि होइन, स्थानिय बासिन्दाको लागि हो। त्यो विकास आफ्नो घर आँगन अगाडि आउँदा खुशी नहुने कुरै हुँदैन। त्यसैले आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु।

यो अवधिमा प्रशस्त मात्रामा विकास निर्माणका कामहरु भएका छन्, महिलाको क्षेत्रमा कसरी काम गर्दै आईरहनु भएको छ ?

महिलाको क्षेत्रमा पनि हामीले काम गर्दै आइरहेका छौं। महिलाहरुको लागि धेरै तालिमहरु दिदै आएका छौं। साबुन बनाउने, स्विटर बनाउने, डल बनाउने, सिलाइबुनाई, ब्युटीपार्लर, बेकरी, जस्ता धेरै तालिमहरु संचालन भएका छन्। तालिम मात्र होइन अब आय आर्जनका काम पनि गर्नु पर्छ भनेर हामी अगाडि बढ्रिहेका छौं। तालिम मात्र दिने होइन यसबाट आय आर्जनको लागि प्रोत्साहन पनि गर्दै आएका छौं। यसमा चाँहि हरेक समुहका महिलाहरु पर्नु हुन्छ। 

काम गर्दा कस्ता खालका चुनौतीहरुको सामना गर्नुपर्छ ? 

चुनौतीहरु धेरै आउँछन्, काममा चुनौती नभए कामको मज्जा पनि आउँदैन। अर्को कुरा यो जमाना भनेको स्वार्थीहरुको जमाना भन्दा पनि फरक नपर्ला। विकास निर्माणका कामहरु गर्दा मापदण्ड अनुसार कानुनी प्रकृया पुर्याएर गर्नुपर्ने हुन्छ। त्यसमा पनि हामी सम्झाई, बुझाई गरेर मापदण्ड अपनाएर काम गर्दै अघि बढ्दै छौं। 

स्थानीयलाई सन्तुष्ट बनाउन स्थानीय सरकारले कसरी काम गर्नु सक्नु पर्छ जस्तो लाग्छ ?

जनताको इच्छा र चाहना अनुसार काम गर्न सबैभन्दा जनप्रतिनिधिले निर्वाचनमा जादा जुन प्रतिबद्धता गरेका थिए, ती प्रतिबद्धता अनुसार जानुपर्छ। सामान्यतया मानिसको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य, बाटो घाटो खानेपानी, वातावरण लगायतका आवश्यकताहरु जुन बढी महत्वपूर्ण छ त्यसमा ध्यान दिनुपर्छ। कुरा काम गर्दा जहिले पनि व्यक्तिगत निर्णय भन्दा सामुहिक निर्णयबाट काम गर्न सकियो भने विवादरहित ढंगबाट काम गर्न सकिन्छ र जनताले पनि हाम्रो प्रतिनिधित्व, जनप्रतिनिधिले गरेको छ भन्ने अनुभव गर्न सक्छन्। उदाहरणको लागि नगरपालिकाको हकमा नगर परिषद् हुन्छ भने वडामा पनि वडा परिषद् गरेर बजेटको व्यवस्थापन गर्नुपर्ने हुन्छ। हुन त केही वडाहरुले ऐन र नियमको परिधिभित्र रहेर स्थानिय सरकारको अवधारणा अनुसार काम गरिरहेका छन्। यसरी प्राथमिकताको आधारमा वडा परिषद गरेर जनताको बीचबाट कार्ययोजना लान सकियो भने जनताले त्यो अनुभूति पक्कै गर्न सक्छन्। 

– नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्