Top Navigation
Main Navigation
शनिबार, फागुन ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • अमरावती बलामी महर्जन : यदि विगत तितो नहुने हो भने वर्तमान मिठो कहाँ हुन्थ्यो र ?  
अमरावती बलामी महर्जन : यदि विगत तितो नहुने हो भने वर्तमान मिठो कहाँ हुन्थ्यो र ?  
दिनेश महर्जन
दिनेश महर्जन आइतबार, पुस ४, २०७८

काठमाडौं । जीवन घाम छायाँ हो। जीवन संघर्ष हो । निरन्तरको संघर्षले जीवनमा सफलता प्राप्त हुन्छ। पृथ्वी गोलो छ । धैर्य गर्न सक्नुपर्छ, अनुशासित भएर काम गर्नुपर्छ, सफलता कतै जादैन। जीवनमा उतार चढाव कसको आउँदैन र? तर त्यही कुरालाई कमजोरीको रुपमा लिइयो भने त्यो अभिशाप बन्छ भने त्यही कुरालाई सही तरिकाले लिन सकियो भने त्यो वरदान सावित हुन्छ। 

लजालु स्वभाव, हँसिलो मुहार आज उपासना महिला बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको अध्यक्ष जस्तो गरिमामय पदमा छिन्।  विगत १३ वर्षदेखि संस्था संचालन गर्दै आएकी छिन्। सहकारीको जगतमा अमरावती बलामी महर्जन नाम चिरपरिचित नाम हो। 

करिब १० वर्ष अरु नै सहकारीमा काम गरेर प्रशस्त अनुभव बटुल्न सफल अमरावतीले जीवनको २३ वर्ष यही क्षेत्रमा बिताइसकेकी छिन्। आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने मान्यता राख्ने अमरावती स्कूले जिवनदेखि नै काम गर्दै पढ्थिन्। जब लामो समय जाडो बिदा हुन्थ्यो तब त्यही समयमा काम गर्ने र कमाएको पैसा वचत गरेर बिद्यालयको फि तिरेको कुरा आज पनि झलझली याद आउने गरेको बताउँछिन्। उनी भन्छिन्–विगतबाट नै पाठ सिक्ने हो। यदि विगत तितो नहुने हो भने वर्तमान मिठो कहाँ हुन्थ्यो र?  

परिवारमा ६ जना दिदी-बहिनीहरु २ जना दाजु–भाइ अभाव र गरिबीले भरिएको जीवन, तर बुबाको अनुहार कस्तो थियो भन्ने याद नै छैन भन्छिन्। आमाको संघर्षले बिद्यालय र कलेज पढ्नु पढ्दै आज यहाँसम्म आएको बताउँछिन्। ३ जना दिदीहरु जसले बिद्यालय टेक्नै पाउनु भएन। यदि बुबा भइदिएको भए शायद त्यस्तो अवस्था आउने थिएन होला उनी भन्छिन्। विगत सम्झिएर बेला बेला भक्कानिने उनी आफ्नो बाल्यकाल दुःखदायी नै बितेको बताउँछिन्। 

तालिम लिन जब पहिलो पटक काठमाडौंबाट भारतको नयाँ दिल्ली पुगिन्। उनलाई लाग्यो जीवनमा काम गर्न धेरै बाँकी रहेछ। काठमाडौंबाट पहिलो पटक दिल्ली पुगेकी अमरावती लिडरसिपको १० दिनको तालिम लिन पुगिन्, त्यसमा भरपुर श्रीमानको साथ र सहयोग मिलेको पनि बताउँछिन्। सहकारीमा काम गर्दै जाँदा साथीहरु मिलेर अब महिला सहकारी संचालन गर्ने सोच आएको र सोही अनुरुप पहिलो पटक जम्मा २९ जना महिला दिदी बहिनीहरु मिलेर ५ लाख रुपैयाँ जम्मा गरेर उपासना महिला बचत तथा क्रृण सहकारी संस्था संचालन गरेको बताउँछिन्। 

विसं. २०६६ साल साउन ६ गते दर्ता गरी विधिवत रुपमा संचालन भएको बताउँछिन्। यस संस्था स्थापना हुनुको मुख्य उद्धेश्य भनेको नै हिंसा अन्त्य गर्नु हो उनी भन्छिन्,–यदि महिला होस् वा पुरुष दुवै जना आर्थिक रुपमा सशक्त छन् भने त्यहाँ कुनै पनि किसिमको हिंसा हुँदैन। आजको अवस्थामा आइपुग्दा ५ हजार ७ सय जना सदस्यहरु हाम्रो संस्थामा आबद्ध हुनुहुन्छ। वास्तवमा सहकारी भनेको पैसा किनेर पैसा बेच्ने काम भन्छन्,  सहकारीको सिद्धान्त, मूल्य मान्यता अनुसार काम गर्दै गएका पनि छौं। सहकारी १३ वर्षको अवधिमा सहकारीमा  धेरै परिवर्तन भएका छन्, यस परिवर्तनमा संस्थाका प्रत्येक सदस्य सन्तुष्त भएका छन्। 

त्यसो त २०७१ सालमा काठमाडौंकै उत्कृष्ट सहकारीको अवार्ड समेत हात पार्न सफल भएको छ। उनी भन्छिन्–यस संस्थाको सदस्यता किन त? विभिन्न खालका सेवा र सुविधाहरु प्राप्त गर्न सकिने यस संस्थामा महिला सदस्य सुत्केरी हुँदा स्याहार खर्च वापत भत्ता पाउन सकिने, त्यसै गरी संस्थाले आयोजना गर्ने विभिन्न खालका तालिम तथा अवलोकन भ्रमणमा सहभागी हुन पाउने जस्ता विभिन्न सुविधा भएको बताउँछिन्। 

– नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा  बुधबार, फागुन २७, २०८२
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक मंगलबार, फागुन २६, २०८२
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ 
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ  मंगलबार, फागुन ५, २०८२
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना
नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो पृथक विशेषतासहितको नारी सुरक्षा जीवन बीमा योजना मंगलबार, फागुन ५, २०८२
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास
 खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि निगमले नै दिन थाल्यो ग्यास बिहीबार, माघ ३०, २०८२
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक
अन्नपूर्ण क्षेत्रमा साँढे दुई दशकमा भित्रिए २६ लाख विदेशी पर्यटक सोमबार, माघ २७, २०८२
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’ शुक्रबार, माघ २४, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
  • नंः २ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः ३ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः ४ शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
  • नंः ५ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्